Saturday, December 21, 2013

'संकट टरोस्' भन्दै दोलखा भीमेश्वरसम्म विपरीत सवारी

दोलखा, ६ पुस/मुलुकमा संकट टरोस् भन्ने कामना गर्दै पशुपति नाथको जल दोलखा भीमेश्वरमा चढाउन ट्याक्सी चालकले काठमाडौँदेखि चरिकोटसम्मको विपरीत सवारी यात्रा पूरा गरेका छन् ।
हिजो विहान करिब ७ बजे काठमाडौँ पशुपति नाथबाट सुरु गरेको विपरीततर्फो यात्रा आज विहान करिब ९ बजे चरिकोटमा आइपुगेर यात्रा पूरा गरेका हुन् । दोलखा भीमेश्वरलाई पसिना आएपछि मुलुकमा कुनै विपत्ति आइपर्ने जनविश्वास रहेका छ भने सो विपत्ति टरोस् भन्ने कामना गर्दै यसरी विपरीत तर्फो सवारी यात्रा गरिएको ट्याक्सी चालक तेजबहादुर थापा

Thursday, December 19, 2013

भीमेश्वरमा क्षमापूजा, पूर्वराजाले पनि पठाए

दोलखा, पुस ४/दोलखा भीमेश्वरलाई पसिना आएपछि मुलुकमा संकट हुने जनविश्वासले आज क्षमापूजा गरिएको छ ।
राष्ट्रपतिले गृहमन्त्रालय मार्फ क्षमापूजाका लागि पूजासामान पठाएपछि दोलखा जिल्ला प्रशासन र भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिले आज विहान क्षमापूजा गरेको हो । गृहमन्त्रालयको प्रतिनिधिका रुपमा प्रमुख जिल्ला अधिकारी प्रहृलाद पोखरेल र भीमेश्वर पूजा व्यवस्थापन समितिले कालो बोकासहित पूजा गरेका हुन् । गृहमन्त्रालय मार्फ प्राप्त दर्ुइवटा कालो बोका, भक्तजनहरुको सामुहिक दर्ुइवटा बोका र भीमेश्वरलाई पसिना आएको देख्ने पहिलो व्यक्ति टहलुवा काशीनारायण श्रेष्ठले एउटा गरी पाँचवटा बोका बलि दिई क्षमापूजा गरिएको हो ।
एक शिला विविध अवतारको रुपमा पूजा गरिने भीमेश्वरलाई बलि दिई क्षमापूजा गर्ने बेला देवीको रुपमा पूजाआराधना गरिएको छ । भीमेश्वरको शिलामा दायाँपट्ट िविष्णु, वायाँपट्ट िब्रहृमा र शिरमा महेश्वर रहेको विश्वास गरिन्छ । आमरुपमा भीमश्वरको रुपमा पूजा गरिने शिलालाई बलि दिँदा देवीको रुपमा पूजा गरिन्छ ।
क्षमापूजाका लागि राष्ट्रपतिले २५ सय भेटी र फूलपाती पठाउनुभएको थियो भने गृहमन्त्रालयले २ हजार भेटी पठाएको थियो

Monday, December 16, 2013

भीमेश्वरको पसिना पुछेको कपासको माग बढ्यो, पसिना आउँदा कहिले के भयो ?

पसिना पुछेको कपास लिन प्रयास गर्दै स्थानीय
दोलखा, पुस १/भीमेश्वरको शिलामा पसिना आउनु अनिष्टको संकेत भए पनि पसिना पुछिएको कपास भने शुभ भएको विश्वास गरिन्छ । भीमेश्वरको शिलामा आएको पसिना पुछेको कपास साथमा राख्दा भलो हुने जनविश्वासका कारण त्यसको माग बढेको छ ।
दोलखा भीमेश्वरको शिलामा हिजो पसिना आएपछि पसिना पुछिएको कपासको माग बढेको हो । भीमेश्वरको पसिना पुछिएको कपास साथमा राख्दा कार्य सफल हुने र लिएर हिँड्दा यात्रा सफल हुने जनविश्वासका कारण कपासको माग बढेको

Sunday, December 15, 2013

भीमेश्वरलाई पसिना, दोलखावासी भयभीत


दोलखा, मंसिर ३०/दोलखा भीमेश्वरको शिलामा आइतवार दिउँसो करिब दर्ुइ घण्टासम्म पसिना आएको छ । भीमेश्वरलाई पसिना आउनुलाई देशमा कुनै अनिष्ट हुने संकेत मानिन्छ भने स्थानीयहरु भयभीत पनि भएका छन् ।
आइतवार दिउँसो करिब ३ बजे राजपूजा सकिनासाथ भीमेश्वरको शिलामा पसिना आएको गुठियार लक्ष्मीनारायण श्रेष्ठले बताए । सुरुमा लक्ष्मीनारायण श्रेष्ठ, टहलवा काशीनारायण श्रेष्ठ र पुजारी डेभिड जोशीले पसिना आएको देखेका थिए । दैनिक दिउँसो करिब २ बजे राजपूजा गर्ने प्रचलन छ । उनीहरुले शिलामा पसिना आएको देखेपछि घण्टा, नगरा बजाएर सबैलाई जानकारी गराएका थिए ।
शिलालाई पसिना आएपछि परम्परा अनुसार मन्दिर परिसरमा रहेको घण्टा, नगरा बजाई सबैलाई जानकारी गराएपछि पसिना आएको हर्ेन मानिसहरुको भीड बढेको स्थानीय भरतनारायण प्रधानले बताए । यसरी परम्पराअनुसार घण्टा, नगरा बजाएपछि
स्थानीय, अरु पूजारी तथा तान्त्रिकहरु मन्दिरमा आउने
र विधिपर्ूवक पूजाआजा गर्ने प्रचलन छ । तान्त्रिकले गोकुल धूप बालेर, चमर हम्किएर पसिना आउञ्जेल पूजा गर्नुपर्ने र घण्टा,  नगरा निरन्तर बजाउनुपर्ने प्रचलन रहेको भीमेश्वर गुठीका अध्यक्ष जीवन श्रेष्ठले बताए ।

Tuesday, December 3, 2013

Thursday, November 28, 2013

प्रत्यक्ष र समानुपातिक गरी कसलाई कति सिट, तालिकासहित

अर्को संविधानसभामा दलहरुले प्रत्यक्ष र समानुपातिकमा प्राप्त गरेको कूल सिट,

अर्को संविधानसभा निवार्वचन २०७० मा कुन दललाई कति मत ?

समानुपातिक निर्वाचनको मत गणनाको परिणाम
गणना भएको निर्वाचन क्षेत्र संख्या : २४०
गणना भएको जम्मा सदर मत : ९४५७८४४

१ नेपाली काँग्रेस  २४२१२५२
२ नेपाल कम्यूनिष्ट पार्टी ९ए। मा। ले० २२४३४७७
३ एकीकृत नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० १४३८६६६

Wednesday, October 23, 2013

मृतकको स्मृतिमा श्रद्धाञ्जली, घाइतेको उपचारमा चासो दिन माग

दोलखा, ६ कात्तिक/हिन्दूहरुको महान चाड बडादशैँको सुरु दिन बस दर्ुघटनामा परी दिवंगत हुनेहरुको स्मृतिमा बुद्धवार दोलखा बजारमा श्रद्धाञ्जली सभा गरिएको छ घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।।
असोज २५ गते फूलपातीको दिन दोलखा बजारका यात्रुहरु बोकेर आउँदै गरेका बस जिल्लाको लाँकुरीडाँडा गाविसको झिँगानेमा दर्ुघटना हुँदा चालकसहित १० जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २० महिनाको बालकदेखि ७३ वषर्ीया बृद्धासमेत थिए । दर्ुघटनाका कारण दोलखा

Tuesday, October 15, 2013

दोलखामा शोकका बीच खड्ग जात्रा सम्पन्न

दोलखा २९, कात्तिक/बडा दशैँको शुरुमै दोलखाबासी चढेको बस दर्ुघटनामा परी केही स्थानीयको मृत्यु र केही गम्भीर घाइते भई दोलखा बजार शोकमा डुबे पनि परम्परागत रुपमा मनाइँदै आएको खड्ग जात्रा भने सम्पन्न भएको छ ।
फूलपातीको दिन दोलखाबासीले रिजर्भ गरेको बस दोलखाको लाकुरीडाँडामा दर्ुघटना भई चालक र स्थानीय नौ जनाको मृत्यु र ३७ जना घाइते भए पनि परम्परागत रुपमा मनाइँदै आएको खड्ग जात्रा

Monday, August 26, 2013

सम्झनामा भीम दाइका नेपाली लिपि

नेपाली राजनीतिका आदर्श पुरुष स्व. भीमबहादुर तामाङको अङ्ग्रेजी लिपि यसअघि मैले यसै blog मा post गरेको थिएँ । उनका ती रहरलाग्दा अक्षर र आदर्श विचारका पाठक निकै पाएको थिएँ । त्यसले मलाई उत्साही बनायो र यो पटक उनै आदर्श पुरुषको नेपाली लिपिको पत्र post गर्न मन लाग्यो, गरेँ । उनको नेपाली लिपि पनि उत्तिकै आकर्षक र ओजपर्ूण्ा विचारले भरिएको पाएँ । पढिदिन सबैलाई आग्रह ।

Monday, July 22, 2013

एकै परिवारका ५ जना पहिरोमा पुरिए

दोलखा, ७ साउन/अविरल वषर्ाका कारण दोलखाको उत्तरी दर्ुगम मार्वु गाविसमा गएको पहिरोले एकै परिवारका पाँच जना बेपत्ता भएका छन् ।
जिल्लाको मार्वु गाविस वडा नं. १ मा सोमवार बिहान करिब साढे ४ बजे गएको पहिरोले एकै परिवारका पाँचजना पुरेको हो । प्रहरीका अनुसार मार्वु १ का ८२ वषर्ीय पाले थामी, उनकी पत्नी ७५ वषर्ीय शिवलक्ष्मी, छोरी ४३ वर्षी जमुना थामी, जमुनाकी छोरी ११ वर्षी सञ्जु र जमुनाकी दिदीको छोरा विनोद बेपत्ता भएका छन् ।

सम्झनामा भीम दाइका अंग्रेजी लिपि

नेपाली राजनीतिका आदर्श पुरुष स्व. भीमबहादुर तामाङ सम्झनामा ताजै छन् । उनैले विसं २०१२ मा आफ्ना साथीलाई लेखेको पत्र मलाई प्राप्त भएको छ । पत्र हर्ेदा लाग्छ, उनको राजनीति मात्रै हैन व्यवहार पनि आदर्शवादी थियो र उनको अंग्रेजी अक्षर झनै झनै पछ्याइराखुँ जस्तो ........

Wednesday, July 17, 2013

जुँगाको लडाइँ


@ शम्भु गौतम
गौरवनाथलाई आफ्नो जुँगाप्रति ठुलै गर्व थियो । हुन पनि सरकारी सेवा, नेपाली सेनाबाट निवृत्त उनको जुँगा हर्ेन लायकको थियो । सेनामा रहँदा पनि जुँगाको समेत भत्ता खाएको कथा गाउँमा मात्रै हैन निक्कै परपरसम्म फैलिएको थियो ।
उनी गाउँका भद्रभलादमी पनि थिए, बुद्धिजीवी पनि थिए । सबैका न्यायकर्ता पनि थिए । सबैले मान्ने पनि गर्थे । यी सबैसँग उनलाई जुँगाको नाता गाँस्न मन लाग्थ्यो ।

Monday, July 8, 2013

माथिल्लो तामाकोशी आयोजना समयमै सपन्न हुने दावी

दोलखा, २४ असार/ऊर्जा मन्त्री उमाकान्त झाले स्वदेशी लगानीको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको समग्र प्रगतिबाट आफू उत्साही भएको बताएका छन् । उनले आयोजना समयमै र निर्धारित लागतमै सम्पन्न हुने दावी पनि गरेका छन् ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आकस्मिक निरीक्षण गरी फर्केका मन्त्री झाले सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गर्दै समग्रमा आयोजना उत्साहपर्ूण्ा ढंगले अगाडि बढको बताएका हुन् ।

Sunday, July 7, 2013

माथिल्लो तामाकोशी आयोजना तीन महिना ढिलो हुने

दोलखा, २३ असार/राष्ट्रिय प्राथमिकता प्राप्त माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कामको गुणस्तर र अनियमितताका बारेमा प्रश्न उठेपछि ऊर्जा मन्त्री उमाकान्त झाले आयोजनाको आकस्मिक निरीक्षण गरेका छन् ।
विद्युत गृहको सुरुङ चर्किएको र आयोजनामा अनियमितता भएको समाचार प्रकाशन प्रशारण भएपछि मन्त्री झाले आयोजनाको आकस्मिक निरीक्षण गरेका हुन् । सो क्रममा आयोजना निमित्त प्रमुख विज्ञानप्रसाद श्रेष्ठले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत गृहको सुरुङ चर्किएपछि आयोजना कम्तीमा तीन महिना ढिलो हुने

Saturday, July 6, 2013

लोक नाट्य उत्सव सम्पन्न

कैलालीको मसुरिया कचरी नाट्य समूहको झाँकी
दोलखा, २२ असार/नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा दोलखा सदरमुकाम चरिकोटमा सञ्चालन भएको दर्ुइ दिने राष्ट्रिय लोक नाट्य उत्सव शनिवार सम्पन्न भएको छ ।
शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गरको लोक नाट्य उत्सवमा नेपालका विभिन्न जिल्लाका ६ वटा लोक नाटकहरु प्रस्तुत गरिएको थियो ।

जोसुकै व्यक्ति पत्रकार बन्नुहुँदैन ः मन्त्री श्रेष्ठ

दोलखा, २२ असार/संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले नेपालमा जो पनि पत्रकार बन्ने क्रम चलेको जिकिर गर्दै जोसुकै व्यक्ति पत्रकार बन्नु नहुने बताएका छन् ।
नेपाल पत्रकार महासंघ दोलखाले आयोजना गरेको इन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पत्रकारिताको क्षेत्र व्यापक भएको र अन्य क्षेत्रमा जस्तै पत्रकारिता क्षेत्रमा पनि खराब प्रवृत्ति मौलाएको बताए । उनले पत्रकारहरु जिम्मेवार र अध्ययनशील हुनुपर्ने बताए ।

Friday, July 5, 2013

'चुनावको अवसर कहिल्यै नआउन सक्छ' - मन्त्री श्रेष्ठ

दोलखा, २१ असार/संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले चुनाव बहिस्कार गर्ने दलहरुलाई चनावमा आउन आउन आग्रह गरेका छन् । उनले अहिले संविधानसभाको निर्वाचन हुन नसके कहिल्यै हुन /
नसक्ने संकेत समेत गरेका छन् ।
नेपाल संगीत तथा नाट्य उत्सवको दोलखा सदरमुकाम चरिकोटमा उद्धाटन गर्दै मन्त्री श्रेष्ठले दलहरुलाई आगामी संविधानसभा निर्वाचनमा आउन आग्रह गरेका हुन् । मन्त्री श्रेष्ठले भने, 'नेपालमा चुनाव गर्ने अवसरको समस्या छ । चुनाव गर्ने यो अवसरलाई हामीले गुमायौँ भने फेरि चुनाव गर्ने अवसर कहिले आउँछ भन्न सकिन्न ।'

Tuesday, July 2, 2013

स्थानीयको उजुरीपछि भुक्तानी रोक्का

दोलखा, १७ असार/गाउँको विकासे काममा अनियमिताका भएको उजुरी स्थानीयले गरेपछि दोलखाका दुइवटा योजनाको भुक्तानी रोकिएको छ । स्थानीयको उजुरीपछि प्रमुख जिल्ला अधिकारीले भुक्तानी रोक्ने आदेश दिएपछि राती अवेरसम्म भएपनि चेक काट्ने योजना समेत विफल भएको छ ।

खुला दिसामुक्त अभियानपछि विरामी घटे

दोलखा/दोलखाका गाउँहरुमा खुला दिसामुक्त गर्ने अभियानपछि ग्रामीण जनताको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । खुला दिसामुक्त भएपछि दोलखाको लाकुरीडाँडा गाविसमा विरामीको संख्यामा ९० प्रतिशतले कमी आएको छ ।
पछिल्लोपटक दोलखको लाकुरीडाँडालाई खुला दिसामुक्त गाविस घोषणा गर्ने कार्यक्रममा सहभागी लाकुरीडाँडा ८ का दर्ुर्गे श्रेष्ठले भने, 'खुला दिसामुक्त गर्ने अभियानपछि टोलमा विरामी हुनेको संख्यामा कमी आएको छ ।  झाडापखाला, टाइफाइड, रुघाखोकीबाट धेरै विरामी हुन्थे, अहिले त्यसरी विरामी हुनेको संख्या ९० प्रतिशतले घटेको छ ।' यसअघि खुला रुपमा दिसा गर्दा

Monday, July 1, 2013

दोलखाको लादुक गाविसको भोर्लेमा पर्ने सुन्दर झरना, चरिकोट लामावगर सडकमै झर्ने यो झरनाले यात्रु र बटुवालाई रोमाञ्चित बनाउँछ ।

संरक्षण क्षेत्र नजिकै तस्करीका सामान

दोलखा/वन पैदावार र जंगली पशुपन्छी संरक्षणको जिम्मा पाएको गौरीशंकर संरक्षण क्षेत्रको कार्यालय नजिकै तस्करीका सामान भण्डारण गरिएको पाइएको छ । संकलन र निकासीका लागि प्रतिबन्ध गरिएका वन पैदावार संरक्षण क्षेत्रको कार्यालय नजिकै भण्डारण गरिनुमा कार्यालयकै संलग्नता रहेको स्थानीयको आरोप छ ।
संरक्षण क्षेत्रको प्रधान कार्यालय सिँगटीको करिब एक सय मिटर उत्तरतर्फजंगलबाट अबैध रुपमा संकलन गरी ल्याएका धुपी सल्लाको चोइटा र झयाउ भण्डारण गरी राखिएको छ । धुपी काठ र चोइटा लगायतका पैदावार सिन्धुपाल्चोक हुँदै निकासी हुन थालेपछि मन्त्रालयस्तरबाट समेत पटकपटक बैठक बसी सुरक्षा संयन्त्र परिचालन हुँदै आएको थियो । तर पछिल्लो समयमा संरक्षण क्षेत्र कार्यालयबाटै चोरी निकासी भइरहेको रहस्य खुलेको हो । संक्रमण कालको फाइदा उठाउँदै चोरी तस्करी हुनु र सरकारीस्तरबाट नियन्त्रण हुन नसक्नु संरक्षण क्षेत्रको अकर्मण्य भएको स्थानीको

Wednesday, June 26, 2013

लटरम्म कटहरः

दोलखाको भिरकोट गाविसमा पाक्न लागको कटहर । तामाकोशी किनार नजिकका सबै बस्तीहरुमा अहिले कटहर
पाक्न थालेको छ । दोलखाको कटहर जिल्ला र काठमाडौँमा समेत बिक्री हुने गरेको छ ।

राष्ट्रिय लोकनाट्य महोत्सवको तयारी तीव्र

असार १७, दोलखा । नाट्य विधाको माध्यमबाट कला संस्कृतिको समेत विकास र संरक्षण गर्ने उद्देश्यले दोलखा समरमुकाम चरिकोटमा राष्ट्रिय लोकनाट्य महोत्सव गर्ने तय भएको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आगामी असार २१ र २२ मा महोत्सव गर्ने निश्चित भएको हो । सो उत्सवमा विभिन्न छ जातजातिको धार्मिक, साँस्कृतिक र रितिरिवाज झल्किने छवटा नाटकहरु समावेश हुने प्राज्ञ एवम लोकनाटक विभाग प्रम्ाुख तर्ीथ थापाले जानकारी दिए  ।

Tuesday, June 11, 2013

दोलखामा २६ प्रतिशत विद्यार्थी मात्रै उत्तर्ीण्ा

दोलखा २८ जेठ/यस वर्षो एसएलसी परीक्षामा दोलखाका २६ प्रतिशत विद्यार्थी मात्रै उत्तर्ीण्ा भएका छन् ।  
दोलखा जिल्लाबाट यस वर्ष३ हजार ७ सय ३६ जना विद्यार्थीले एसएलसी परीक्षा दिएकोमा जम्मा ९ सय ८४ विद्यार्थी मात्रै उत्तर्ीण्ा भएका छन् ।

Monday, June 10, 2013

आगलागीमा डेढ करोडको क्षति, डेढ लाख राहत संकलन

दोलखा २७ जेठ/दोलखाको सदरमुकाम चरिकोटको बसपार्कमा आइतवार राती आगलागी हुँदा एउटा पक्की घरसहित १० वटा पसल जलेर नष्ट भएको छ भने करिब डेढ करोड रुपैयाँबराबरको क्षति भएको छ ।
आगलागीबाट एउटा तीन तले पक्की घर र ६ वटा टहरा जलेर नष्ट भएका छन् । आगलागीबाट १ करोड ३० लाख बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ  । अगलागीको कारण भने खुल्न सकेको छैन ।
'ग्याँस  सिलिण्डर ७ वटा पड्किएका छन्, त्यसैले पनि आगो नियन्त्रण गर्न कठिन भयो ।' प्रहरी नायव उपरिक्षक ओमप्रसाद अधिकारीले बताए । 'लगाइएको लुगा बाहेक सम्पर्ूण्ा सामान जलेर नष्ट

Monday, June 3, 2013

सहमतीपछि दोलखा बन्द फिर्ता, जनजीवन सामान्य बन्दै

दोलखा २० जेठ/वाईसीएल-तरुण दलबीच आइतवार भएको झडपका कारण दोलखा कांग्रेसले घोषणा गरेको 'दोलखा बन्द' कांग्रेस-एमाओवादीबीच भएको सहमतीपछि सोमवार फिर्ता भएको छ ।
दोलखाका नागरिक समाज, उद्योग वाणिज्य संघ लगायतको आग्रहपछि नेपाली कांग्रेस र तरुण दलले सोमवार दिउँसो बन्द फिर्ताको घोषणा गरेका थिए ।
बन्दका कारण यातायात, बजार र शिक्षण संस्थाहरु ठप्प हुँदा जनजीवन प्रभावित भएको थियो । बन्द फिर्तापछि नेपाली कांग्रेस, एमाओवादी र उनीहरुको भातृ संगठन गरी दर्ुइ पक्षबीच स्थानीय प्रशासनले वार्ता गराएको छ ।

Sunday, May 19, 2013

एकीकृत सुरक्षा योजनाको गृहकार्य हुँदै



दोलखा ५ जेठ/दोस्रो संविधानसभाको निर्वाचनका लागि सरकारले एकीकृत सुरक्षा योजनाको तयारी गरिरहेको प्रहरी महानिरीक्षक कुबेर सिंह रानाले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाको नवनिर्मित भवनको उद्घाटन गर्न सदरमुकाम चरिकोट पुगेका महानिरीक्षक रानाले आज आयोजित पत्रकार सम्मेलनमा आगामी संविधानसभाको निर्वाचनलाई प्रभावकारी ढंगले सम्पन्न गर्नका लागि सरकारले एकीकृत सुरक्षा योजना तयारीको गृहकार्य गरिरहेको बताए ।

Saturday, May 18, 2013

प्रहरी महानिरीक्षक कठघरामा, दलहरु प्रश्नकर्ता !



दोलखा ४ जेठ/सधैँ देखिने दृश्य हुन्थ्यो - दलहरु पत्रकार सम्मेलन गर्ने र पत्रकारहरु उनीहरुलाई प्रश्न सोध्ने, तर आज दृश्य अलि फरक थियो । दलहरु प्रश्न गरिरहेका थिए र उत्तर दिन कठघरामा थिए - प्रहरी महानिरीक्षक कुबेरसिंह राना ।

कार्यक्रम थियो, दोलखा प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनको । औपचारिक कार्यक्रम सकियो । प्रहरी महानिरीक्षक राना पत्रकारहरुसँग केही समय बिताउन चाहन्थे । कार्यक्रमपछि पत्रकार सम्मेलनको योजना थियो । तर पत्रकारहरुले उद्घाटन कार्यक्रमलगत्तै पत्रकार सम्मेलनको खासै अर्थ नहुने भनेपछि पत्रकार सम्मेलन भोलिपल्टका लागि सर्‍यो ।

संविधासभामा केन्द्रित हुन प्रहरीलाई निर्देशन

जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक कुबेरसिंह राना ।

दोलखा ४ जेठ/मुलुक संविधानसभाको निर्वाचनको सँघारमा उभिएको वर्तमान परिस्थितिमा शान्त, सभ्य र निश्पक्ष तवरले निर्वाचन सम्पन्न गरी स्थायी शान्ति स्थापना गर्ने प्रमुख दायित्व नेपाल प्रहरीको भएकोले 'प|mन्टलाइन एजेन्सी'का रुपमा उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले सम्पर्ूण्ा प्रहरीलाई निर्देश गरेका छन्

Monday, May 13, 2013

तीनदिनदेखि विजुली अवरुद्ध, जनवीवन प्रभावित


दोलखा ३० बैशाख/गत शनिवार राती आएको हावाहुरीका कारण विजुली अवरुद्ध हुँदा दोलखाको जनजीवन प्रभावित भएको छ ।
तीन दिनदेखि विजुली बन्द हुँदा जिल्लाको व्यापार व्यवसाय, बैकिङ क्षेत्र प्रभावित भएको छ । मोबाइल टेलिफोन अधिकांश बन्द भएपछि सञ्चार सम्बन्ध पनि विच्छेद भएको छ । चार वटा एफएम रेडियो भएको दोलखाको जिरीमा सञ्चालित रेडियो हिमाली बन्द भएको छ भने अरु बन्द हुने अवस्थामा पुगेका छन् । कक्षा ११ को परीक्षा सुरु हुन लागेका बेला विजुली बन्द हुँदा विद्याार्थीहरुको पठनपाठन कार्यमा बाधा परेको छ ।
शनिवार राती आएको हावाहुरीका कारण सिन्धुपाल्चोक जिल्लाको ठुलोपाखरमा विद्युत लाइनमा रुप परेपछि ७ वटा पोल भाँचिएका छन् । त्यसैगरी भीमेश्वर नगरपालिकाको जिलूमा चारवटा र माटी क्षेत्रमा एउटा पोल भाँचिएको विद्युत प्राधिकरण दोलखाका प्रमुख गोपालचन्द्र खतिवडाले ले जानकारी दिए । कतिपय सदरमुकाम वरपर कैयौँ ठाउँमा विजुलीको पोल ढालेको छ ।
भाँचिएका पोलहरु फर्ेर्ने काम भैरहेको र मंगलवारसम्म विद्युत आपर्ूर्ति हुनसक्ने प्राधिकरणका प्रमुख खतिवडाले बताए । जिल्लाका सबै क्षेत्रमा विद्युत आपर्ूर्ति सहज हुन एक साता लाग्ने पनि उनले जानकारी दिए ।

पेनस्टक सुरुङका लागि रेजबोरिङको काम सुरु

माथिल्लो तामाकोसी आयोजनाको निर्माणाधिन पेनस्टक साफ्ट सुरुङ खन्दै रेजबोरिङ मेसिन

शम्भु गौतम/दोलखा ३० / बैशाख/माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा रेजबोरिङ मेसिनबाट पेनस्टक साफ्ट सुरुङ खन्ने सुरु भएको छ । तीन महिना तातोपानी भन्सारमा रोकिएको मेसिन आएपछि शुक्रबारबाट पेनस्टक सुरुङ निर्माण सुरु भएको हो ।
रेजबोरिङ मेसिन भन्सारमा रोकिँदा माथिल्लो तामाकोसीको पेनस्टक सुरुङ निर्माणको काम ५ महिनादेखि रोकिएको थियो । पेनस्टक अडिट सुरुङ पूरा भएको लामो समय विते पनि मेसिन नहुँदा पेनस्टकको ठाडो सुरुङ निर्माणको काम रोकिएको हो ।

घण्टी लाउँदै पढाउँदै परिचारिका

कक्षा ४ का विद्यार्थीहरुलाई अङग्रेजी पढाउँदै सीता ।

शम्भु गौतम/दोलखा, ३० वैशाख/दोलखाका विद्यालयहरुको शिक्षक दरबन्दी काट्ने तयारी जिल्ला शिक्षा कार्यालयले गरिरहेको छ तर त्यस्तै एउटा विद्यालयमा शिक्षकको कमीका कारण परिचारिकाले कक्षा लिइरहेकी छन् ।
नेपाली राजनीतिका आदर्श नेता भीमबहादुर तामाङको पहलमा २०१६ सालमा खुलेको झुलेको जनप्रभात माविमा शिक्षक कमीका कारण परिचारिकाले कक्षा लिनुपरेको प्रधानाध्यापक अरुण कुमार साहले बताए ।

Thursday, May 9, 2013

चर्नावतीको उत्पादन सुरु, लागत बढ्यो


शम्भु गौतम, दोलखा/दोलखाको भीमेश्वर नगरपालिकामा निर्मित चर्नावती जलविद्युत आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ ।
करिब तीन वर्षघि निर्माण सुरु भएको आयोजना लक्ष्यअनुसारको समयमा निर्माण सम्पन्न हुन नसकेपछि यसको लागत समेत बढेको छ । जडित क्षमता ३ हजार ५ सय २० किलोवाट रहेको आयोजनाको प्रस्तावित लागत ५५ करोड भएकोमा विविध कारणले लागत बृद्धि भई ६७ करोड पुगेको आयोजना प्रबन्धक प्रवीण श्रेष्ठले बताउनुभयो । परीक्षण उत्पादनको क्रममा अहिले ८ सय देखि १

सत्यश्वर उमाविमा चारवटा छात्रवृत्ति

छात्रवृत्ति पाएका विद्यार्थीहरु बीचमा र छेउछेउमा डा. आचार्यद्वय सामुहित तस्विर खिचाउँदै ।

शम्भु गौतम/दोलखा, बैशाख/दोलखाको पवटीस्थित सत्यश्वर उच्च माविमा अध्ययन गर्ने चारजना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
जन्मथलो छाडेको करिब २५ वर्षछि आफ्नो जन्मस्थान र आफू पढेको विद्यालयलाई माया र सम्मान गर्दै डा. शंकर प्रसाद आचार्यले छात्रवृत्ति प्रदान गर्नुभएको हो । उहाँले आफ्ना बाबुआमा तथा दिवंगत हजुरबा हजुरआमाको नाममा चारवटा छात्रवृत्ति प्रदान गर्नुभएको हो ।

करेन्ट लगाएर माछा मार्दै

दोलखाको भीमेश्वर नगरपालिकाको सिमानामा पर्ने चरनावती खोलामा करेन्ट लगाएर माछा मार्दै स्थानीय ।  दोलखाका चरनावती, तामाकोशी लगायतका खोला नदीहरुमा स्थानीयले यसरी नै करेन्ट लगाएर माछा मार्ने गरेका छन् । यसबाट ती खोलाहरुमा माछा लगायत कतिपय जीवजन्तुहरु लोप हुने अवस्थामा पुगेका छन् ।

Monday, May 6, 2013

मिर्गे हत्याकाण्डका दुई दोषीलाई जन्मकैद


शम्भु गौतम, दोलखा, २३ बैशाख/
करिब तीनवर्षअघि दोलखाको एउटा विद्यालय व्यवस्थापन समिति गठनको विषयमा झडप हुँदा एकजनाको मृत्यु भएकोमा त्यसका दर्ुइजना दोषीहरुलाई दोलखा जिल्ला अदालतले जन्मकैदको फैसाला गरेको छ ।
जिल्लाको मिर्गे गाविसस्थित कालिढुङ्गा माध्यमिक विद्यालय व्यवस्थापन समिति गठनको विषयमा भएको झडपमा मिर्गे गाविस ८ का दीपक दाहालको हत्या भएको थियो ।

शिक्षा कार्यालयमा सबैभन्दा बढी बेरुजु


दोलखा, २३ बैशाख/दोलखाका सरकारी कार्यालयहरुमध्ये सबैभन्दा बढी बेरुजु जिल्ला शिक्षा कार्यालय दोलखामा देखिएको छ ।
राष्ट्रिय र्सतर्कता केन्द्रले गरेको अनुगमनका क्रममा जिल्ला शिक्षा कार्यालय दोलखाको बेरुजु ९ करोड २२ लाख ३८ हजार देखिएको हो ।

प्रमुख नहुँदा भीमेश्वर नगरपालिकाको योजना ठप्प


दोलखा, २२ बैशाख/भीमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत ३ हप्तादेखि नहुँदा नगरपालिकाको कामकाज र योजनासमेत ठप्प भएकोे छ ।

Friday, May 3, 2013

वर्षाको महिमा गाउँदै मच्छिन्द्र जात्रा समापन


मच्छिन्द्रको मर्ूर्तिलाई रथबाट ओराली थन्क्याउन लैजाने क्रममा ।
शम्भु गौतम/दोलखा, २० बैशाख/पौराणिक सहर दोलखामा प्रत्येक वर्षदेखाइने मच्छिन्द्रनाथको रथयात्रा सातदिनसम्म विभिन्न टोलहरुमा परिक्रमा गर्राई एक वर्षा लागि थन्क्याइएको छ ।
शुक्रवार विधिपर्ूवक पूजाआजा गरी मच्छिन्द्रको मर्ूर्तिलाई पिङ्गल टोमा रहेको रथबाट ओरालेर बाजागाजासहित डोकलुङ्गा टोलमा लगी थन्क्याइएको हो । यसरी मच्छिन्द्रको मर्ूर्ति थन्क्याउनका लागि डोकलुङ्गा टोलबाट जोशीहरु पिङ्गल टोलसम्म जाने र पुजारी, गुठियार, स्थानीयवासीसमेत

Tuesday, April 30, 2013

मच्छिन्द्रको रथले किचेर घाइते

दोलखा, १७ बैशाख/पौराणिक सहर दोलखामा मच्छिन्द्रनाथको रथ तान्ने क्रममा रथको पाङ्ग्राले किचेर एकजना गम्भीर घाइते भएका छन् ।

Sunday, April 28, 2013

प्रहरी चौकीका लागि जग्गादान

जग्गाको लालपर्ुजा प्रहरी नायव उरीक्षक ओम प्रसाद
अधिकारीलाई उपलव्ध गराउँदै गैरीमुदीका पदमबहादुर तामाङ ।

शम्भु गौतम/दोलखा, १५ बैशाख/गाउँगाउँमा प्रहरी चौकीहरु स्थापना र पुनर्स्थापनासँगै चौकी स्थापनाका लागि प्रहरीलाई जग्गा दिने क्रम पनि बढ्दै गएको छ । पछिल्लोपटक दोलखाको गैरीमुदीका पदम बहादुर तामाङले चौकी राख्नका लागि आफ्नो जग्गा प्रहरीलाई उपलव्ध गराउनुभएको छ ।
गाउँमा शान्ति सुरक्षाका लागि प्रहरी आवश्यक देखेपछि स्थानीय बृद्ध पदमबहादुर तामाङले अस्थायी प्रहरीचौकी स्थापनाका लागि जग्गा उपलव्ध गराउनुभएको हो ।
गैरीमुदी गाउँ विकास समिति ७ का ७९ वषर्ीय तामाङले सोही गाउँमा अस्थायी प्रहरी पोष्ट स्थापनाका लागि

Saturday, April 27, 2013

वषर्ा र शान्तिको कामनासहित मच्छिन्द्र जात्रा प्रारम्भ

शम्भु गौतम/दोलखा, १४ बैशाख/ देशमा खडेरी नपरोस्, देश र जनतामा कुनै विपत्ति नपरोस् भन्ने कामना सहित दोलखा जिल्लाको ऐतिहासिक सहर दोलखामा यस वर्षो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा सुरु भएको छ ।

अभयपुरको नाममा कुनै बेला छुट्टै राज्यको अस्तित्व बोकेको दोलखा सहरमा परम्परागत रुपमा मनाईँदै आएको मच्छिन्द्रनाथको रथयात्रा चैत पूणिर्माको दिन मच्छिन्द्रको मर्ूर्तिलाई दूधले नुहाएपछि सुरु भएको मानिन्छ । बिहीवार मच्छिन्द्रको मर्ूर्तिलाई दूधले नुहाएर जात्रा सुरु भएको हो । शुक्रवार मच्छिन्द्रको मर्ूर्तिलाई रथारोहण गरी शनिवारदेखि रथ तान्न सुरु गरिएको छ ।  
परम्पराअनुसार देशमा खडेरी नपरोस्, अनिकाल नपरोस्, देश र जनतालाई कुनै विपत्ति नपरोस् भन्ने कामना गर्दै आर्याबलोकेश्वर अथवा लोकेश्वर करुणामयको आराधनास्वरुप रथलाई एक सातासम्म सहरको विभिन्न भागको परिक्रमा गराउने प्रचलन छ । मल्लकालीन राजा जयवसुदेवले प्रचलनमा ल्याएको मानिने सो जात्रा नेपाल संवत्

Thursday, April 25, 2013

राजनीतिमा दोलखाका शिक्षक


शम्भु गौतम/दोलखा, ११ बैशाख/दोलखा जिल्लामा क्रियाशील दलहरुमा शिक्षकहरुको संख्या, सक्रियता र वर्चश्व हर्ेदा दोलखको राजनीति शिक्षकहरुले नै धानेका छन् झै लाग्छ ।
केही दिनअघि मात्रै सम्पन्न दोलखा एमालेको अधिवेशनले १२ जना शिक्षकलाई जिल्ला कमिटीमा भित्र्याएको छ । एमाले जिल्ला कमिटीको पदाधिकारीसहित ५५ पर्ूण्ा सदस्यमध्ये १२ जना शिक्षकबाट छाएकिा छन् । जिल्ला कमिटीमा छानिने शिक्षकहरुमा जिवसराज खड्का, शान्त केसी, कालिका पाठक, आशा उप्रेती, अम्बिकाकुमारी कार्की, उर्मिला थामी, गोमा केसी, सुशीला शर्मा, कुमार गुरुङ, शुव शर्ेपा, घनश्याम सेढाइ तथा स्रोतव्यक्ति कृष्णबहादुर कार्की छन् । त्यसो त मित्रबहादुर जिरेल तथा माधवलाल कायस्थ सरकारी कर्मचारीलाई पनि एमाले पार्टर्ीी जिल्ला कमिटीमा स्थान दिएको छ ।

हाम्रो प्रकृति

कति राम्रो पुतली

दोलखामा मच्छिन्द्र जात्राको सुरु

पौराणिक सहर दोलखामा आज मच्छिन्द्र जात्राको पहिलो दिन । मच्छिन्द्रको मर्ूर्तिलाई दूधमा नुहाएर तयार गरिन्छ । दोस्रो दिन रथारोहण गरी तेस्रो दिनबाट नवौँ दिनसम्म विभिन्न टोलहरुमा घुमाइन्छ ।

Tuesday, April 23, 2013

दोलखाका निजी बनको काठबाट ३८ लाख राजश्व संकलन


दोलखा, १० बैशाख/वनक्षेत्रको अवस्था राम्रो भएको दोलखामा निजी बनको अवस्था पनि राम्रो पाइएको छ । दोलखाका निजी बनका काठबाट मात्रै यस वर्ष३८ लाख बढी राजश्व संकलन भएको छ ।
यस आर्थिक वर्षो दोस्रो चौमासिकसम्म एक लाख ९८ हजार दर्ुइ सय छ क्युविक फिट काठबाट ३८ लाख २० हजार ४ सय ४४ रुपैयाँ राजश्व संकलन भएको जिल्ला बन अधिकृत रामकुमार भण्डारीले जानकारी दिए ।

Monday, April 22, 2013

२८ बुँदे प्रस्तावसँगै एमाले अधिवेशन समाप्त


दोलखा, ९ बैशाख/दोलखा एमालेको आठौँ जिल्ला अधिवेशन २८ बुँदे प्रस्ताव पारित गर्दै समाप्त भएको छ ।
दर्ुइ दिनमा सम्पन्न गर्ने भनिएको अधिवेशन तेस्रो दिन राति अबेर मात्रै र्सवसम्मत जिल्ला कार्यसमिति चयन गर्दै समापन भएको हो । जिल्ला अधिवेशनलर्ेर् इश्वरचन्द्र पोखरेलको अध्यक्षतामा ६९ सदस्यीय जिल्ला कमिटीको चयन गरेको छ । नवनिर्वाचित जिल्ला कमिटीले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा अधिवेशनबाट २८ बुँदे प्रस्ताव पारित गरिएको जानकारी नवनिर्वाचित अध्यक्ष पोखरेलले गराउनुभएको थियो ।

Sunday, April 21, 2013

आर्थिक महत्व बृद्धिसँगै दोलखामा सीमा विवाद


प्रशिद्ध कालिन्चोक मन्दिरको आधार शिबिर कुरी क्षेत्र 
शम्भु गौतम/दोलखा, ८ बैशाख/दोलखाका विभिन्न क्षेत्रहरुमा आर्थिक गतिविधि बढ्न थालेसँगै सीमा विवाद पनि बढ्न थालेको छ ।
पछिल्लोपटक जिल्लाको प्रसिद्ध कालिञ्चोक मन्दिरको आधार शिविर कुरीमा पर्यटन बृद्धिसँगै सबैभन्दा बढ्ता सीमा विवाद देखिएको छ । मन्दिरमा जानेहरुको संख्या बृद्धि भएपछि त्यहाँ होटलपसलहरु धेरै खुल्न थालेका कारण सीमा विवदा चर्किएको हो ।

एमाले दोलखा अध्यक्षमा इश्वर पोखरेल

इश्वरचन्द्र पोखरेल 

दोलखा, ८ बैशाख/नेकपा एमाले दोलखाको आठौँ जिल्ला अधिवेशनलर्ेर् इश्वरचन्द्र पोखरेलको अध्यक्षतामा र्सवसम्मत नयाँ कार्यसमितिको चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा नरबहादुर श्रेष्ठ, सचिवमा भरत दुलाल र उपसचिवमा डबल पाण्डे र्सवसम्मत चयन हुनुभएको हो । महिला, दलित, जनजाति, भूगोल, इलाका गरी कूल ५५ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचन प्रक्रियामा पदाधिकारीहरुको चयन भएको हो । अन्य सदस्यहरुको पनि र्सवसम्मत चयनको प्रक्रिया जारी रहेको र आज रातिसम्ममा सबै सदस्यहरुको चयन भैसक्ने निर्वाचन कमिटीका प्रमुख वसन्तराज कार्कीले जानकारी दिनुभएको छ । पर्ूण्ासदस्य बाहेक अन्य १३ जना वैकल्पिक सदस्यको पनि यससँगै चयन हुनेछ ।
शुक्रवार एमाले नेता केपी ओलीले उद्घाटन गरेको अधिवेशनको बन्द सत्र शनिवार दिनभर र राति अबेरसम्म पनि चलेको थियो । आइतबार अबेर मात्र सबै पदहरुमा सर्बसम्मत चयन भएको थियो 

दोलखाका सहकारी एमाले प्रचारमा

एमाले दोलखाको आठौँ जिल्ला अधिवेशनमा जिल्लाका विभिन्न सहकारीहरुले एमालेको खुलरै प्रचारप्रसार गरेका छन् । अधिवेशनको सफलताको शुभकामना दिने बहानामा जिल्ला सहकारी संघ, जनसचेतन बचत तथा ऋण सहकारी संस्था, शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था, जनमुखी बचत तथा ऋण सहाकारी संस्था, शैलुङ सञ्चार सहकारी संस्था लगायतले

Friday, April 19, 2013

क्लिकक्लिक

फोटो खिच्न खिचाउन सोखिन एमाले प्रभावशाली नेता केपी शर्मा जनताको तस्विर उतार्दै । नेकपा एमाले वरिष्ठ नेता केपी शर्मा ओली एमाले दोलखाको आठौँ जिल्ला अधिवेशनमा उपस्थित जनताको तस्विर आइ फोनबाट उतार्दै गरेका हुन् ।

दोलखा एमाले चुनावमा होमियो


दोलखा, बैशाख ६/संविधानसभा निर्वाचनको तिथिमितिको टुङ्गो नलागे पनि दोलखा एमाले भने आगामी संविधानसभा निर्वाचनमा होमिएको छ ।
आठौँ जिल्ला अधिवेशन भनिए पनि समारोह चुनावी सभा जस्तै देखिन्थ्यो । र्‍यालीका नारादेखि नेताका भाषण सबै चुनाव केन्द्रित थिए । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले पनि अधिवेशन उद्घाटन गर्दै आफ्नो भाषण चुनाव केन्द्रित नै गर्नुभएको थियो ।

ड्यास र क्यास माओवादीहरुका कारण संविधान बनेन


दोलखा, बैशाख ६/छ वर्षघि बनेको संविधानसभा निर्वाचनको परिणाम अनुपयुक्त भएकोले संविधान बन्न नसकेको जिकिर गर्दै नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले आगामी संविधानसभाबाट संविधान बनाउनका लागि लोकतान्त्रिक शक्तिहरुको दर्ुइ तिहाइ बहुमतसहितको हुनुपर्ने बताउनुभएको छ ।
नेकपा एमाले दोलखाको आठौँ जिल्ला अधिवेशनलाई संबोधन गर्दै नेता ओलीले आगामी संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्नका लागि नेकपा एमालेको बहुमत सहित लोकतन्त्रवादीहरुको सहकार्यबाट दर्ुइ तिहाइ बहुमत हुनुपर्ने धारणा राख्नुभएको हो ।

Tuesday, April 16, 2013

दृष्टिबिहिन गीताले दर्शकलाई खुशीसँगै भावुक बनाइन्


दोलखा, बैशाख ३/दोलखा सुनखानीकी दृष्टिबिहिन गीतालक्ष्मी शिवाकोटीको एकल साङ्गीतिक कार्यक्रमले दर्शकहरुलाई खुशी सँगसँगै भावविहृवल पनि बनायो ।
सदरमुकाम चरिकोट सातदोबाटोमा सडकै ढाक्ने गरी जम्मा भएका दर्शकहरु गीतालक्ष्मीले कार्यक्रमको पहिलो प्रस्तुती 'शिव स्तुति' गाइरहँदा उनको विलक्षण स्वर र गायनले भावुक भएका थिए । उनले गाएका सबै गीतहरुमा उनकै जीवनका भोगाइहरु समेटिएकाले दर्शकहरुलाई भावुक बनाएको हो ।

Tuesday, April 9, 2013

वितरक आफैँ दिन्छन् म्याद नाघेको सामान


दोलखा, चैत्र २०/व्यापारीहरुले म्याद नाघेका सामग्रीहरु बेच्नु त सामान्य जस्तै भएको छ तर दोलखा सदरमुकाम चरिकोटमा वितरकले नै व्यापारीहरुलाई म्याद नाघेका सामान दिएको खुलासा भएको छ ।
स्थानीय प्रशासनले सदरमुकामका किराना पसल तथा होटलहरुमा अनुगमन गर्ने क्रममा वितरकले नै म्याद नाघेका सामान दिेने गरेको खुलासा भएको हो ।

कोमलसँगै नाचे दर्शक (फोटो फिचर)

दोलखा, चैत २३ /'बाँझो खेतमा, छड्के सलाम छ मायालाई पहिलो भेटमा'  गीत कोमल वलीले गाइरहँदा चउरमा खचाखच दर्शकहरु आआफ्नो ठाउँमा उठेर नाचेका थिए ।









झन कोमल दर्शकहरुबीचमै गएर गीत गाउँदा दर्शकहरु नाचमै झुमेका थिए । त्यस्तै जितु नेपाल 'मुन्द्रे' को प्रहसनले दर्शकलाई पेट मिचीमिची हाँस्न बाध्य बनाएको थियो ।







रवि डंगोल बेमान, पर्ूण्ा थापाको प्रहसन पनि उत्तिकै रोचक र घोचक थियो । पत्रकार महासंघको भवन निर्माण सहयोगार्थ रुस्लान हास्यव्यङ्ग्य यात्रा २०६९ लाई महासंघ दोलखाले आयोजना गरेको हो । कालिन्चोक उच्च मावि र निम्फा दोलखाले कार्यक्रमलाई सहयोग गरेका थिए ।

दुर्घटनामा पव्लिक क्याम्पस प्राध्यापक संघ अध्यक्ष घाइते


दोलखा, चैत्र २४/सवारी दर्ुघटनामा पव्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष भीमप्रसाद दाहाल गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि आजै हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।

रामेछापको बेतालीबाट काठमाडौँ जाँदै गरेको अरनिको यातायातको बा २ ख ६२०५ नं को बसले सदरमुकाम चरिकोटबाट काब्रे गाविस, मैनापोखरीतर्फजाँदै गरेको बा ५४ प ६६३ नं. को मोटरसाइकललाई नाम्दु गाविस डाँडागाउँमा ठक्कर दिँदा अध्यक्ष दाहाल घाइते भएको प्रहरीले जनाएको छ ।

चरिकोटका अधिकांश पसलमा म्याद नाघेका सामान


दोलखा, चैत्र १९/दोलखा सदरमुकाम चरिकोटका अधिकांश पसलहरुमा म्याद नाघेका सामान बिक्रीमा राखेको पाइएको छ ।
स्थानीय प्रशासनले सोमवार गरेको अनुगमनका क्रममा सदरमुकाम चरिकोटका किराना पसलमा म्याद नाघेका सामान भेटिएको हो । अनुगमनका क्रममा पसलहरुबाट म्याद नाघेका चाउचाउ, रियल जुस, भुजिया, विस्कुट, मसला अगायतका खाद्यसामग्रीहरु बरामद गरिएको छ । अनुगमन टोली प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद अधिकारीले भन्नुभयो, 'अनुगमन गरिएका सबै पसलहरुबाट कुनै न कुनै सामान म्याद नाघेको पाइयो ।'

पत्रकार महासंघलाई जग्गादान


जग्गाको लालपुर्जा महासंघलाई हस्तान्तरण गर्दै  बिरध्वज
शम्भु गौतम
दोलखा, २४ चैत्र/नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखा सूचना पार्क सहितको आफ्नै भवन निर्माण अभियानमा जुटिरहेका बेला समाजसेवी वीरध्वज शिवाकोटीले भवन निर्माणको सहयोगार्थ जग्गा दान गरेका छन् ।
सुस्पाक्षमावती गाविसको एक लाख १५ हजार रुपैयाँ मूल्य पर्ने रुखहरु सहित करिब दर्ुइ सय वर्गमिटर जग्गा ८६ वषर्ीय शिवाकोटीले महासंघलाई हस्तान्तरण गरेका हुन् ।