Wednesday, August 6, 2014

पहिरोले पावरहाउस बगाएपछि गाउैँ अन्धकार

दोलखा, २१ साउन/गए रातीको अविरल वर्षा कारण आएको पहिरोले जिल्लाको उत्तरी मार्बू गाविसको एउटा माइक्रोहाइड्रो बगाउँदा गाउँ नै अन्धकार भएको छ ।
मार्बु गाविस वडा नं. ४ मा रहेको कोरुङ घट्टेखोला लघु जलविद्युत आयोजनाको पावर हाउस बगाउँदा मार्बु गाविस अन्धकारमय भएको हो । ३० किलोवाट क्षमताको सो आयोजनाको पावरहाउस पहिरोले पुरेपछि मार्बूका २ सय ७० घर अन्धकारमा बस्न बाध्य भएका छन् ।
नेपाल सरकार, गाविस र जिविस सहित स्थानीयहरुको श्रमदानमा ४ वर्षघिदेखि आयोजना सञ्चालित थियो । आयोजनाबाट मार्बूका वडा नं. ३ देखि ९ सम्मका सम्पर्ूण्ा घरधुरीमा विद्युतीकरण भएको थियो । राती गएको पहिरो पावरहाउस र पाइपहरु बगाएको स्थानीय कोरुङ खोला लघु जलविद्युत आयोजनाका अध्यक्ष मिङ्मा शर्ेपाले जानकारी दिनुभयो । आयोजनाको पावरहाउस बगाएपछि पूरै गाउँ अन्धकार भएको उहाँले बताउनुभयो । आयोजनामा १ करोड ५ लाख बराबर क्षति भएको सामाजिक परिचालक लिलाबहादुर तामाङले बताउनुभयो ।
पहिरो र घट्टेखोलामा आएको बाढीले मार्बू ६ मा खानी खोला १ जलविद्युत आयोजनाले बनाएको बेलिब्रिज समेत बगाएको छ । सोही ठाउँमा निर्माणाधीन पक्की पुलका लागि तयार गरिएको दुवैतिरका जिप समेत बगाएको स्थानीय मिङ्गुर शर्ेपाले बताए । यसरी बेलिब्रिज बगाउँदा त्यसमाथि निर्माणाधीन दर्ुइवटा हाइड्रोपावर समेत प्रभावित भएका छन् । त्यसमाथि ३५ मेगावाटको खानीखोला जलविद्युत् आयोजना र ३४ मेगावाटको सासा जलविद्युत् आयोजना निर्माणाधीन छ । ती आयोजनामा करिब ४ सय मानिस कार्यरत छन् भने मार्बु गाविसका ३ वटा वडाका जनताको लागि समेत सडक बन्द भएको छ । खोनी खोला जलविद्युत आयोजनाका लागि प्रवेश मार्गको रुपमा सूरीको भोलर्ेर्ेेखि मार्बूको हनर्बूसम्मको ३२ किलोमिटर सडक ठाउँ ठाउँमा क्षतविक्षत भएपछि दर्ुइ तीन करोड बराबरको क्षति भएको स्थानीय मिङ्गुर शर्ेपाले बताउनुभयो ।