Monday, April 20, 2015

एमाओवादीको घर माओवादीद्वारा कव्जा

दोलखा, ७ बैशाख/एमाओवादीका नेता जितवीर लामाको घर नेकपा माओवादी विप्लव समूहले कव्जा गरेको छ । 
दोलखाको लादुक गाविस ८ सिँगटीस्थित लामाको घर नेकपा माओवादीको विप्लव समूहले आज कव्जा गरेको हो । नेकपा माओवादी विप्लव समूहका सेक्रेटरी संजीव नेपालीले आज प्रेस विज्ञप्ति प्रकाशित गरी लामाको घर कव्जा गरेको जानकारी दिएका हुन् । 

जितवीर लामाले २०५८ सालमा बाबारे गाविसका डम्बर बहादुर बुढाथोकीलाई ६० हजार रुपैयाँमा घर बेच्ने सहमती गरी ५५ हजार १ सय ४० रुपैयाँ लिएर पनि घर पास नगरिदिएको भन्दै उनीहरुले घर कव्जा गरेका हुन् । बुढाथोकीले बारम्बार घर पास गर्न लामालाई आग्रह गर्दा वेवास्ता गरी उल्टै लामा र उनका छोरा हेमलाल लामाले गाली गलौज र हातपातमा उत्रिएको भन्दै बुढाथोकीलाई घर पास् नगरिदिएसम्मका लागि पार्टीले घर कव्जा गरेको विज्ञप्तिमा उल्लेख छ । 
जितवीर लामा २०४८ सालमा तत्कालीन मालेका तर्फाट सभासद भएका थिए भने हाल एमाओवादीका नेता छन् । 
त्यसैगरी सो समूहले लामीडाँडा गाविस ६ स्थित सिँगटी बजारको सामुदायिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका नाम रहेको जग्गा व्यक्तिले विक्री गरेको भन्दै सो जग्गा कव्जामा लिएको घोषणा गरिएको छ । सामुदायिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको नाम रहेको १६९६ वर्गमिटर जग्गामध्ये लादुक ७ का प्रकाश कुमार केसी र लामाबगर ७ का कुमार खड्काले १२०० वर्गमिटर जग्गा विक्री गरेको भन्दै सो जग्गा संस्थाको नाममा फिर्ता नगरेसम्मका लागि कव्ज गरिएको विज्ञप्तिमा उल्लेख छ । 

1 comment:

  1. संस्थाको नाम र जग्गासंग जोडिएको मान्छे कुमार र प्रकासको संस्थागत हैसियत र जिम्मेवारी अध्यक्ष र सचिबको भएकोले यस संरचनाको संरक्षण र व्यवस्थापन गर्न संस्थाको निर्णयानुसार गरिएको कार्य प्रति उठेको जिज्ञासाको स्वागत गरिन्छ । यसको दुरपयोगबाट अनुचित लाभको लागि हैन समय सापेक्ष संस्थाको बृहत्तर हितको लागि प्रचलित बिधि बमोजिम नै संस्थाको आगामी योजनाबाट नै यसको उचित जबाफ मिल्ने छ ।

    ReplyDelete