Thursday, December 19, 2013

भीमेश्वरमा क्षमापूजा, पूर्वराजाले पनि पठाए

दोलखा, पुस ४/दोलखा भीमेश्वरलाई पसिना आएपछि मुलुकमा संकट हुने जनविश्वासले आज क्षमापूजा गरिएको छ ।
राष्ट्रपतिले गृहमन्त्रालय मार्फ क्षमापूजाका लागि पूजासामान पठाएपछि दोलखा जिल्ला प्रशासन र भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिले आज विहान क्षमापूजा गरेको हो । गृहमन्त्रालयको प्रतिनिधिका रुपमा प्रमुख जिल्ला अधिकारी प्रहृलाद पोखरेल र भीमेश्वर पूजा व्यवस्थापन समितिले कालो बोकासहित पूजा गरेका हुन् । गृहमन्त्रालय मार्फ प्राप्त दर्ुइवटा कालो बोका, भक्तजनहरुको सामुहिक दर्ुइवटा बोका र भीमेश्वरलाई पसिना आएको देख्ने पहिलो व्यक्ति टहलुवा काशीनारायण श्रेष्ठले एउटा गरी पाँचवटा बोका बलि दिई क्षमापूजा गरिएको हो ।
एक शिला विविध अवतारको रुपमा पूजा गरिने भीमेश्वरलाई बलि दिई क्षमापूजा गर्ने बेला देवीको रुपमा पूजाआराधना गरिएको छ । भीमेश्वरको शिलामा दायाँपट्ट िविष्णु, वायाँपट्ट िब्रहृमा र शिरमा महेश्वर रहेको विश्वास गरिन्छ । आमरुपमा भीमश्वरको रुपमा पूजा गरिने शिलालाई बलि दिँदा देवीको रुपमा पूजा गरिन्छ ।
क्षमापूजाका लागि राष्ट्रपतिले २५ सय भेटी र फूलपाती पठाउनुभएको थियो भने गृहमन्त्रालयले २ हजार भेटी पठाएको थियो
। त्यसैगरी पाइलट बाबाले समेत संकटमोचनका लागि भीमेश्वरलाई क्षमापूजाका सामान पठाएका थिए ।


पूर्व राजाको तर्फबाट पनि क्षमापूजा
यसैगरी पूर्व राजा ज्ञानेन्द्रले पनि दोलखा भीमेश्वरलाई क्षमापूजा पठाएका छन् । उनका आफन्त मधुसुदन अधिकारी सहित चारजनाको टोलीले पूर्व राजाको तर्फाट पूजासामान र १ हजार भेटी दिएको भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो ।
भीमश्वरलाई पसिना आएपछि राजदरवार पठाउने प्रचलन रहेकोमा राजतन्त्रको समाप्तिपछि राष्ट्राध्यक्षकोमा पठाउने गरिएको छ ।

No comments:

Post a Comment