Saturday, July 6, 2013

जोसुकै व्यक्ति पत्रकार बन्नुहुँदैन ः मन्त्री श्रेष्ठ

दोलखा, २२ असार/संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले नेपालमा जो पनि पत्रकार बन्ने क्रम चलेको जिकिर गर्दै जोसुकै व्यक्ति पत्रकार बन्नु नहुने बताएका छन् ।
नेपाल पत्रकार महासंघ दोलखाले आयोजना गरेको इन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पत्रकारिताको क्षेत्र व्यापक भएको र अन्य क्षेत्रमा जस्तै पत्रकारिता क्षेत्रमा पनि खराब प्रवृत्ति मौलाएको बताए । उनले पत्रकारहरु जिम्मेवार र अध्ययनशील हुनुपर्ने बताए ।

मन्त्री श्रेष्ठले प्रहरी, निजामती, नेता, संघसंस्था सबै क्षेत्रमा असल र खराब दुइटै पक्ष रहेको बताए । ती क्षेत्रमा भएको खराब पक्षभन्दा पत्रकारिता क्षेत्रमा भएको खराब पक्ष धेरै डरलाग्दो हुने उनले बताए । अरु पक्षले थोरै क्षेत्रलाई प्रभाव पारे पनि पत्रकारिता क्षेत्रको खराबीले ठुलो क्षेत्रलाई प्रभाव पार्ने उनले बताए । उनले भने, 'पत्रकारहरुले अलिकति धर्म छाड्यो भने, बेइमानी गर्‍यो भने, पैसामा बिक्ने भयो राजनीतिक रुपमा एकपक्षीय भएर गयो भने त्यो सबै भन्दा डरलाग्दो हुन्छ ।'
समाजसेवी माधवमणि राजभण्डारीले आफ्ना बाबु इन्द्रमणि राजभण्डारीको स्मृतिमा स्थापना गरेको इन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार २०६९ कारोवार दैनिकका दोलखा संवाददाता दिलबहादुर केसीलाई प्रदान गरिएको छ । मन्त्री श्रेष्ठले सो पुरस्कार केसीलाई प्रदान गरेका थिए । १० हजार रुपैयाँ राशिको सो पुरस्कारका लागि राजभण्डारीले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । पुरस्कृत पत्रकार दिलबहादुर केसीले आफूले पाएको पुरस्कार पत्रकार महासंघ दोलखाको भवन निर्माणका लागि हस्तान्तरण गरेका छन् ।
दोलखा भीमेश्वरमा सीसी क्यामेरा
नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको पहल र नेपा इन्टरनेसनल पुतलीसडक काठमाडौँको सहयोगमा दोलखा भीमेश्वर मन्दिरमा सीसी क्यामेरा जडान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्रेष्ठले भीमेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठलाई सीसी क्यामेरा र त्यसका लागि आवश्यक पर्ने उपकरणहरु हस्तान्तरण गरेका छन् । मन्त्री श्रेष्ठले हस्तान्तरण गरेको सीसी क्यामेरा र सम्बन्धित उपकरणहरु शनिवार नै मन्दिर र परिसरमा जडान गरिएको छ । मन्दिरभित्र दर्ुइवटा र मन्दिरबाहिर ३ वटा गरी पाँचवटा क्यामेरा जडान गरिएको छ ।
भीमेश्वर मन्दिरको भेटीलाई दुरुपयोग र हिनामिना हुनबाट रोक्नका लागि सीसी क्यामेरा जडान गरिएको हो । यसका साथै भीमेश्वर मन्दिरको सुरुक्षाका लागि पनि सीसी क्यामेरा महत्वपर्ूण्ा हुने व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठले विश्वास व्यक्त गरे ।
शनिवार नै जिल्लाका करिब ४० जना पत्रकारहरुले ऐतिहासिक, पौराणिक र धार्मिक महत्वको दोलखा सहरको विभिन्न ठाउँमा अन्तक्रिर्या कार्यक्रम समेत गरेका छन् ।

No comments:

Post a Comment