Thursday, April 25, 2013

राजनीतिमा दोलखाका शिक्षक


शम्भु गौतम/दोलखा, ११ बैशाख/दोलखा जिल्लामा क्रियाशील दलहरुमा शिक्षकहरुको संख्या, सक्रियता र वर्चश्व हर्ेदा दोलखको राजनीति शिक्षकहरुले नै धानेका छन् झै लाग्छ ।
केही दिनअघि मात्रै सम्पन्न दोलखा एमालेको अधिवेशनले १२ जना शिक्षकलाई जिल्ला कमिटीमा भित्र्याएको छ । एमाले जिल्ला कमिटीको पदाधिकारीसहित ५५ पर्ूण्ा सदस्यमध्ये १२ जना शिक्षकबाट छाएकिा छन् । जिल्ला कमिटीमा छानिने शिक्षकहरुमा जिवसराज खड्का, शान्त केसी, कालिका पाठक, आशा उप्रेती, अम्बिकाकुमारी कार्की, उर्मिला थामी, गोमा केसी, सुशीला शर्मा, कुमार गुरुङ, शुव शर्ेपा, घनश्याम सेढाइ तथा स्रोतव्यक्ति कृष्णबहादुर कार्की छन् । त्यसो त मित्रबहादुर जिरेल तथा माधवलाल कायस्थ सरकारी कर्मचारीलाई पनि एमाले पार्टर्ीी जिल्ला कमिटीमा स्थान दिएको छ ।

पार्टर्ीीे जिल्ला कमिटी मात्रै  होइन एमाले भातृ संगठन युवा संघ नेपाल दोलखाको जिल्ला कमिटी पनि शिक्षकहरुले नै धानेका छन् । जिल्ला कमिटीको उपाध्यक्ष धीरज सुवेदी, सचिव अर्जुन थापा, कोषाध्यक्ष लक्ष्मी भुजेल, सदस्यहरु सुरेशराज शिवाकोटी र सोफिया खड्का पनि शिक्षक नै हुन् । पार्टर्ीीे जिल्ला कमिटी सदस्य समेत रहेकी उर्मिला थामी अखिल नेपाल महिला संघको अध्यक्ष पनि हुन् । अधिवेशनले पत्रकारहरुलाई पनि जिल्ला कमिटीमा राख्न भ्याएको छ । प्रवीण प्रधान र डोल्मा लामा जिल्ला कमिटी सदस्य हुन् भने पत्रकार महासंघ दोलखाका सदस्य पनि हुन् ।
एमाले पार्टर्ीीदाधिकारीमा भने पर्ूव शिक्षकहरुको बाहुल्य छ । अध्यक्ष इश्वरचन्द्र पोखरेल, सचिव भरत दुलाल, उपसचिव डबल पाण्डे पर्ूव शिक्षक हुन् भने अघिल्लो कार्यकालमा पनि सचिव नै रहेका दुलालले आफू सचिव भएपछि शिक्षकबाट राजीनामा दिएका थिए ।
बहालवाला शिक्षकहरुलाई पार्टर्ीी जिल्ला कमिटीमा भित्र्याउने काम एमाले दोलखाले मात्रै गरेको छैन । एमाओवादी पार्टर्ीीे पछिल्लोपटक गठित जिल्ला सम्मेलन आयोजक कमिटीमा ११ जना बहालवाला शिक्षकहरु समावेश छन् । जिल्ला सम्मेलन आयोजक कमिटीको एक सय ५५ सदस्यमध्ये विश्वमणि चौलागाई, बद्री चौलागाईँ, ढालबहादुर खड्का, रामबहादुर खड्का, रविचन्द्र आचार्य, सावित्रा खड्का, अनिता खड्का, शान्ता कार्की, यज्ञबहादुर खत्री, नारायण बुढाथोकी तथा स्रोतव्यक्ति राम चिमरिया पनि सदस्यहरु हुन् ।
त्यसैगरी नेपाली कांग्रेस पार्टर्ीी पनि बहालवाला शिक्षकहरुलाई जिल्ला समितिमा भित्र्याउन कञ्जुस्याइँ गरेको छैन । पार्टर्ीी कार्यसमितिमा दर्ुगा काफ्ले, भगवान बस्नेत, अमित सेवा नेपाली र महासमिति सदस्यहरुमा सिर्जना सुवेदी र राजेन्द्रलक्ष्मी शिवाकोटी समावेश गराएको छ ।
शिक्षक प्रत्यक्ष पार्टर्ीीाजनीतिमा लाग्ने कार्यलाई शिक्षकहरुका पेशागत संस्थाका प्रमुखहरुले पनि उपयुक्त मानेका छैनन् । शिक्षकहरु प्रत्यक्ष राजनीतिमा लाग्नु गलत भएको धारणा नेपाल शिक्षक संघका अध्यक्ष रामजी चौलागाईँको छ । 'शिक्षकहरु टेड युनियन अधिकारका लाग्न सक्छन्', अध्यक्ष चौलागाईँले भने, 'त्यसका लागि पेशागत संघसंगठनहरु छँदैछन् ।' सरकारले कानुनलाई कार्यान्वयन नगराउनु सरकारको लाचारीपन भएको उनको धारणा थियो ।
अखिल नेपाल राष्टिय संगठनका उपाध्यक्ष विश्वमणि चौलागाईँले पनि शिक्षकहरु प्रत्यक्ष राजनीतिमा संलग्न हुनु उपयुक्त नभएको विचार व्यक्त गरे । राजनीतिक आस्था राख्न पाउने भए पनि विद्यालय समयमा अन्य राजनीति गतिविधि गर्नु राम्रो नभएको धारणा छ उनको । उनी आफैँ एमाओवादी जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य पनि हुन् ।
नेपाल शिक्षक युनियनका अध्यक्ष शंकरलाल श्रेष्ठले नियमावलीले शिक्षकहरुलाई राजनीतिमा संलग्न हुन छुट दिएको दावी गरे । तर उनले पनि शिक्षकहरु प्रत्यक्ष राजनीतिमा लाग्नु राम्रो नभएको टिप्पणी गरे । 'नियमावलीले छुट दिएको भए पनि शिक्षकहरु नैतिक रुपले पनि प्रत्यक्ष राजनीतिमा लाग्नु हुँदैन', अध्यक्ष श्रेष्ठले भने, 'राजनीति गर्नका लागि पेशागत संघसंस्थाहरु नै छँदैछन् नि ।'
शिक्षणकार्यलाई र विद्यालयलाई बाधा नपर्ने गरी शिक्षकहरु राजनीतिमा संलग्न हुनुपर्ने धारणा राजनीतिक दलहरुको छ । एमालेका नवनिर्वाचित अध्यक्षर् इश्वरचन्द्र पोखरेलले शिक्षकहरु पार्टर्ीीे जिल्ला कमिटीमा भए वापत विद्यालयलाई र विद्यार्थीहरुको पढाइलाई कुनै हानी नहुने प्रतिबद्धता व्यक्त गरे ।
जिल्ला शिक्षा अधिकारी शिवकुमार सापकोटाले शिक्षक नियमावलीको आचारसंहिता महलले शिक्षकहरुलाई प्रत्यक्ष राजनीतिमा लाग्न निषेध गरेको बताए । नैतिक र कानुनी दुवै हिसाबले शिक्षकहरुले राजनीतिमा संलग्न हुन नहुने उनले बताए । शिक्षकहरुलाई प्रत्यक्ष राजनीतिमा लाग्नबाट रोक्न दलहरुसँग छलफल अघि बढाइसकिएको उनले बताए । अव शिक्षकहरुका पेशागत संघसंगठनहरु र विद्यालयका प्रधानाध्यापकहरुसँग अर्को चरणको छलफल चलाउने तयारी भएको उनको जिकिर थियो ।

No comments:

Post a Comment