दोलखा, बैशाख ६/छ वर्षघि बनेको संविधानसभा निर्वाचनको परिणाम अनुपयुक्त भएकोले संविधान बन्न नसकेको जिकिर गर्दै नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले आगामी संविधानसभाबाट संविधान बनाउनका लागि लोकतान्त्रिक शक्तिहरुको दर्ुइ तिहाइ बहुमतसहितको हुनुपर्ने बताउनुभएको छ ।
नेकपा एमाले दोलखाको आठौँ जिल्ला अधिवेशनलाई संबोधन गर्दै नेता ओलीले आगामी संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्नका लागि नेकपा एमालेको बहुमत सहित लोकतन्त्रवादीहरुको सहकार्यबाट दर्ुइ तिहाइ बहुमत हुनुपर्ने धारणा राख्नुभएको हो ।
नेता ओलीले अघिल्लो संविधानसभाबाट संविधान नबन्नुमा माओवादीको उग्रवामपन्थ दोषी भएको आरोप लगाउनुभएको छ । नेता ओलीले भन्नुभयो, 'ड्यास र क्यास माओवादीहरुका कारण, माओवादीको सत्ता कव्जाको रणनीतिका कारण, लुटपाट र आतंक मच्चाउन खोज्ने माओवादीको सोचका कारण संविधान बनेन ।'
नेता ओलीले कार्यकर्ताहरुलाई आगामी निर्वाचनमा गुण्डागर्दी, बुथ कव्जा र आतंककारी प्रवृत्तिलाई परास्त निर्देशन दिनभयो । उहाँले भन्नुभयो, 'अतिवादीहरुले पैसाका बलमा, गुण्डाका बलमा, हतियारका बलमा चुनावको नाटक मञ्चन गरेर फेरि पनि पहिले जस्तै एमालेका उम्मेदवार र कार्यकर्ताहरुलाई गाउँ जान नदिएर, उत्पात मच्चाएर आतंकको छायाँमा चुनाव जितिन्छ भन्ने ठानेको भए ती दिन गए । अव त्यो चल्नेवाला छैन ।'
देशको विकास गर्न सक्षम नेता एमालेमा मात्रै भएको दावी गर्दै नेता ओलीले भन्नुभयो, 'केही देश बनाउने कुरा सिक्नु छ भने एमालेमा जानूस्, लुट्न सिक्ने भए माओवादीकोमा जानूस्, गफ गर्न सिक्ने भए कांग्रेसकोमा जानूस् ।'
नेता ओलीले आफ्नो आधा घण्टाको भाषणमा करिब आधा समय एमालेको प्रशंसामा र आधा समय एमाओवादी र कांग्रेसलाई गाली गर्नमा खर्चनुभएको थियो ।
नेकपा एमाले दोलखाका अध्यक्ष पार्वत गुरुङको अध्यक्षतामा भएको समारोहमा युवा संघ नेपालका अध्यक्ष महेश वस्नेत, एमाले केन्द्रिय सदस्य मोहम्मद आलम लगायतले सम्बोधन गर्नुभएको थियो ।
दर्ुइ दिन चल्ने अधिवेशनमा करिब छसय प्रतिनिधिहरु सम्मिलित छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
No comments:
Post a Comment