Thursday, December 31, 2015

फिल्म सिटी दोलखामै बनाउन स्थानीय आन्दोलित

दोलखा, पुस १६/दोलखाको लाकुरीडाँडास्थित डाङडुङे डाँडामा निर्माण गर्न लागिएको फिल्म सिटी प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तै लैजान लागेको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् ।
बिहिवार फिल्म सिटी निर्माण हुने गाविस लाकुरीडाँडा र त्यहाँका स्थानीय संस्थाहरुले विरोध र्‍यालीको आयोजना गरेका छन् । लाकुरीडाँडा गाविसभरिका मानिसहरु जम्मा भई गरेको र्‍यालीमा नेपाली कांग्रेस दोलखा र दोलखा उद्योग वाणिज्य संघले पनि ऐक्यवद्धता जनाएका थिए ।

Tuesday, December 29, 2015

प्रधानमन्त्री विरुद्ध दोलखालीः सर्न्दर्भ चलचित्र नगरी

दोलखा, पुस १४/प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखाको लाकुरीडाँडास्थित डाँङ्डुङे डाँडामा निर्माण हुन लागेको नेपालकै पहिलो चलचित्र नगरी गोरखा लान लागेको भन्दै दोलखाबासी आन्दोलनमा उत्रिएका छन् ।
बुधवार दिउँसो नेपाली कांग्रेस दोलखाले चलचित्र नगरी गोरखा लैजान दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । सो क्रममा कोणसभाको आयोजना गरी हरेक हिसावले उपयुक्त रहेको डाँङ्डुङे डाँडामा नै चलचित्र नगरी निर्माण गर्न दवाव पनि दिइएको छ ।

Friday, June 5, 2015

राष्ट्रपतिसँग पनि दोलखालीको उही गुनासो

दोलखा, जेठ २२/विनासकारी भूकम्पले विध्वंस मच्चाएको झण्डै ६ सातापछि शुक्रवार राष्ट्रपति रामवरण यादवले क्षति ग्रस्त दोलखाको निरीक्षणका गरेका छन् ।
निरीक्षणका क्रममा दोलखा सदरमुकाम चरिकोट आएका राष्ट्रपति यादवसँग पनि स्थानीय प्रशासन र  दलहरुका स्थानीय प्रमुखहरुले उही गुनासो गरेका छन् जुन गुनासो यसअघि प्रधानमन्त्री लगायतलाई गर्ने गरेका थिए ।

Thursday, June 4, 2015

दोलखामा अझै १९ बेपत्ता, दुइ कंकालको सनाखत भएन

दोलखा, जेठ २१ । गत बैशाख २९ गतेको विनासकारी भूकम्पमा परी बेपत्ता भएका १९ जनाको अझै पत्तो लाग्न सकेको छैन भने त्यसको करिब दुइ सातापछि पहिरोबाट झिकिएका दुइ शवको सनाखत नै हुन सकेको छैन ।
बैशाख २९ को भूकम्पमा दोलखाको उत्तरी क्षेत्रको सिँगटी, सोरुङ, भोर्ले लगायतकेा क्षेत्रमा गएको सुख्खा पहिरोमा धेरै मानिसहरु पुरिएको स्थानीयले बताउँदै आए पनि जिल्ला प्रहरी कार्यालय दोलखामा १९ जना मात्रै हराएको उजुरी परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तकुमार लामाले बताए ।

Wednesday, June 3, 2015

उत्तरी दोलखाका अधिकांश विद्यालय खुलेनन्

दोलखा, जेठ १७/विनासकारी भूकम्पले दोलखाको उत्तरी क्षेत्रको यातायात सेवा अवरुद्ध हुँदा ती क्षेत्रका अधिकांश विद्यालयहरु खुल्न सकेनन् ।
सरकारले भूकम्पबाट अति प्रभावित जिल्लाहरुमा आइतवारदेखि विद्यालय सञ्चालन गर्न भने पनि यातायात र भौतिक पर्ूवाधारको अभावमा दोलखाको उत्तरी ९ गाविसका अधिकांश विद्यालय खुल्न नसकेको हो ।

सडक खोल्न र शव उठाउन निजीकै भएपनि साधन लिन मन्त्री निधिको आदेश

चरिकोट बीचबजार सडकको भग्नावशेष हटाउँदै मन्त्री निधि र उनको टोली । 
दोलखा, जेठ १५ । विनासकारी भूकम्पले अवरुद्ध भएको दोलखा जिल्लाभरको सडक सञ्चालन गर्न र जिल्लाको खासगरी उत्तरी क्षेत्रको पहिरोमा परी हराइरहेकाहरुको शव उत्खनन् गर्न जवरजस्ती भए पनि निजी क्षेत्रको हेभी इक्वीपमेन्ट उठाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले दोलखा प्रशासनलाई निर्देश गरेका छन् ।

दोलखामा भूकम्पपछि पहिरोको त्रास

पहिरोको जोखिममा रहेको सिँगटीमा झरेको सुख्खा पहिरो
दोलखा, जेठ १०। पटकपटकको महाभूकम्पले दोलखावासी घरवारबिहिन त बने नै, त्यसमाथि पनि आउँदो वर्षासँगै बाढी पहिरोको जोखिमको त्रासले समेत उनीहरुलाई सताउन थालेको छ ।
दोलखाको उत्तरी क्षेत्रका नदी किनारका वासिन्दाहरुलाई अहिले पनि सुख्खा पहिरोले सताइरहेको छ, त्यसैले पनि उनीहरु वर्षामा थप बाढी पहिरोको जोखिम हुने त्रासले उनीहरुलाई सताएको हो । उत्तरका दुर्गम १८ गाविस लगायत अन्य केही गाविसहरु समेत पहिरोको उच्च जोखिममा रहेकोले उनीहरु राति राम्रोसँग सुत्ने अवस्था नभएको बताउँछन् ।

अस्थाई आवास निर्माणमा नेता कार्यकर्ताहरु

भूकम्पले क्षतिग्रस्त भएको विद्यालय भवन भत्काउँदै
एमाओवादी नेता नारायणकाजी श्रेष्ठ र टोली
दोलखा जेठ ९/तीन पटकसम्म गएको शक्तिशाली भुकम्पले दोलखा जिल्लाका सबैजसो घरहरु क्षति भएपछि उनीहरु अहिले पालमा आश्रय लिइरहेका छन् । वर्षा लाग्दैगर्दा पालमा आश्रति उनीहरुलाई अस्थायी वास निर्माणमा विभिन्न दलका नेता कार्यकर्ताहरु सक्रिय भएका छन् ।
विनासकारी भूकम्पले क्षति ग्रस्त दोलखाका निजी घर तथा विद्यालयका कक्षाकोठा निर्माणमा उनीहरु अहिले लागिपरेका छन् । अस्थायी आवास निर्माणका साथै उनीहरुले गाउँलेहरुको

पालबाटै रेडियो प्रसारण, पत्रिका अझै बन्द

पालबाट प्रसारण गर्दै रेडियो भीमेश्वर
दोलखा, जेठ ८/महाभुकम्पले भवन र उपकरणमा क्षती पुर्‍याएपछि जिल्लाका सामुदायिक एफएमहरुले पालबाटै रेडियोको प्रसारण गरिरहका छन् ।
गत बैशाख १२ गतेको महाभुकम्प र २९ गतेको शक्तिशाली पराकम्पनले सदरमुकाम चरिकोटका ४ ओटै सामुदायिक रेडियोका भवनहरुमा क्षती पुगेपछि रेडियोहरुले पालबाट कठिन तरिकाले प्रसारण थालेका हुन् । जिल्लाबाट प्रकाशन हुने पत्रपत्रिकाले

छिमेकीको उद्धार

सदरमुकाम चरिकोट नजिकैको गौतमटोलमा एकल जेष्ठ महिलाको घर महाभूकम्पले ध्वस्त बनाएपछि स्थानीय युवाहरु उनको घरको भग्नावशेषबाट पुरिएका सामान निकाल्ने प्रयास गर्दै । 

निजी बैंक खुलेनन्, सरकारी प्यासेजमा

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु प्यासेजमै बैंकिङ कारोबार गर्दै
दोलखा, जेठ ६/महाभूकम्पले भवनहरु क्षत्रि्रस्त भएपछि बन्द भएको दोलखाको बैंकिङ सेवा करिब चार सातापछि बुधवारबाट पुनः सचालनमा आएको छ ।
सदरमुकामस्थित चरिकोट सातदोबाटोमा रहेको राष्ट्रिय वाणिज्य बैंकले बुधवारबाट कार्यालय भवनको प्यासेजमा बसेर कारोवार सुरु गरेको छ । यस्तै नेपाल बैंक लिमिटेड चरिकोट शाखाले कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रांगणमा बसेर कारोबार शुरु गरेको छ ।

हप्तौँदेखि बैंक बन्द, हातमा चेक छ, चिया पिउने पैसा छैन

बैशाख २९ को भूकम्पले ढलेको अरनिको विकास बैंक
दोलखा, जेठ ४/तीनपटकसम्म गएको विनासकारी भूकम्पका कारण दोलखा सदरमुकाम चरिकोटका अधिकांश भवनहरु क्षति ग्रस्त भएपछि बजारसँगै बैंकहरु पनि बन्द भएका छन् । निजी बैंकसँगै सरकारी बैंकहरु पनि बन्द भएपछि मानिसहरु चरम आर्थिक संकटमा परेका छन् ।
गत बैशाख १२ र १३ गते गएको भूकम्पपछि जनजीवन सामान्य बन्न थालेकै बेला अर्को विनासकारी भूकम्पले दोलखा सदरमुकाम चरिकोटलाई झनै अस्तव्यस्त बनायो ।

भवन क्षति भएपछि सडकमै उपचार

सातदोबाटो चोकमा च्छोरोल्पा जनरल अस्पताल सेवा दिँदै
ट्रमा र झाडापखालाका विरामी बढे 
दोलखा, ३ जेठ/तीनपटकसम्म गएको विनासकारी भूकम्पका कारण अस्पताल र स्वास्थ्य संस्थाहरुको भवन बस्न नमिल्ने गरी क्षति भएपछि उनीहरुले सडकमै स्वास्थ्य उपचार सेवा दिँदै आएका छन् ।
सदरमुकामस्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन क्षति भएपछि प्राङ्गणमै पाल टाँगेर स्वास्थ्य सेवा प्रदान गरिरहेकेा छ ।

तेस्रो भूकम्पपछिको सुनसान सिँगटी :

विनासकारी भूकम्पले सिँगटी भग्नावशेषमा परिणत भएपछि 
शवको सनाखत गर्ने मानिस पनि छैनन् 
दोलखा, २ जेठ/कुनै बेला ठुलै चहलपहल हुने गरेको दोलखाको उत्तरी क्षेत्रको व्यापारिक केन्द्र सिँगटी बजार यतिबेला निर्जन मात्रै बनेको छैन, उद्धार टोलीले खनेर निकालेको शव बुझने मानिस समेत छैनन्
उत्तरका १८ गाविसको केन्द्र सिँगटी बजारका घरहरु भत्किएर र पहिरो आएर कैयौँ मानिसलाई पुरेको छ

तराइको निम्तो लिएर दोलखा आए लक्ष्मण

लक्ष्मण ठाकुर
दोलखा, जेठ १  
पहाडमा जाडो बढे तराइले सेक्नुपर्छ
आँधी आए तराइमा पहाडले छेक्नुपर्छ ।
साँच्चि नै पटकपटकको भूकम्पबाट घरवार विहिन भएका पहाडी समुदायको चोट र पीडामा मलम लगाउन पहाड आएका छन् तराइवासी । गत बैशाख १२ गतेदेखि तीनपटक गएको विनासकारी भूकम्पले विस्थापित सबै दोलखावासीलाई आश्रयको निम्तो लिएर आएका हुन् तराइवासी लक्ष्मण ठाकुर । यसले तराइ र पहाडबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गरेको छ ।

भूकम्पका कारण चरिकोटका अधिकांश घरहरु धरासायी

बैशाख २९ को भूकम्पका कारण चरिघ्याङ क्षेत्रका होटलहरु
भत्किएको र ढल्किएको अवस्थामा
दोलखा, १ जेठ/बैशाख २९ गतेको शक्तिशाली भुकम्पपछि दोलखाका ९९ प्रतिशत घरहरु क्षति भएका छन् भने सदरमुकाम चरिकोटका ९० प्रतिशत ध्वस्त भएका छन् ।
भूकम्पबाट सदरमुकाम चरिकोटका पक्कीघरहरु मध्य एक दर्जन घरहरु पूर्ण रुपमा ध्वस्त भएका छन् भने बाहिरबाट हेर्दा ठाडो देखिएका अधिकांश घरहरु पनि बस्न नहुने अवस्थामा पुगेका छन् । बैशाख २९ गते गएको तेस्रो पटकको शक्तिशाली भूकम्पपछि अहिले सदरमुकाम चरिकोट सुनसान भएको छ ।

Monday, June 1, 2015

दोलखामा तेस्रो भूकम्पबाट मर्नेको संख्या ७६ पुग्यो

होटल प्याराडाइज भत्किएर पुरिएकी १९ वर्षकी एन्जिला पौडेलको शव निकाल्नै नेपाली सेना
दोलखा, बैशाख ३१/बैशाख २९ गते तेस्रो पटक गएको विनासकारी भूकम्पबाट मर्नेको संख्या ७६ पुगेको छ भने तीनसय बढी घाइते भएका छन् । तर प्रहरीले ५६ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
दोलखाको उत्तरी क्षेत्रको सिँगटीबाट साङवा जाने बाटोमा पहिरोमा बस र ट्रक परेको र सिँगटी बजारलाई समेत पहिरोले पुरेका कारण मृतकको

महाभूकम्पको तीन सातापछि प्रधानमन्त्री र शीर्षनेताहरु दोलखामा

चरिकोटको चरिघ्याङस्थित भत्किएका र ढल्किएका भवनहरुको
अवलोकन गर्दै प्रधानमन्त्री सुशील कोइराला, प्रमुख प्रतिपक्षी दलका नेता
पुष्पकमल दाहाल तथा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका
विजयकुमार गच्छेदार लगायत
 दोलखा, ३१ बैशाख/महाभूकम्प गएको तीन सातापछि प्रधानमन्त्री लगायत शीर्ष नेताहरुले महाभूकम्पले तहसनहस बनाएको दोलखाको निरीक्षण गरेका छन् ।
तेस्रो पटक विनासकारी भूकम्प गएको तीन दिनपछि बल्ल प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र वामदेव गौतम, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल, मधेशी जनअधिकारी फोरम लोकतान्त्रिकका विजयकुमार गच्छेदारले भूकम्पले तहसनहस बनाएको दोलखा जिल्लाको एकसाथ अवलोकन गरेका हुन् ।

दोलखामा मर्नेको संख्या ६१ पुग्यो, अढाइ सय बढी घाइते


बैशाख २९ को भूकम्पले ढलेको अरनिको विकास बैंक रहेको भवन
दोलखा, ३० बैशाख/मंगलवार गएको भूकम्पमा परी दोलखामा ६१ जनाको ज्यान गएको छ भने अढाइ सय बढी घाइते भएका छन् ।
मंगलवार मध्यदिन गएको भूकम्पले दोलखा सदरमुकाम चरिकोटका अधिकांश पक्की भवनहरुसमेत भत्किएका कारण सदरमुकाममा मात्रै एक दर्जन बढी मानिसहरुको ज्यान गएको हो । भूकम्पले साँढे दुइ सय मानिसहरु घाइते भएका छन् भने

दोलखामा ३४ जनाको मृत्यु, एक सय बढी घाइते

बैशाख २९ को भूकम्पमा परी घाइते भएकालाइ उद्धार गरी अस्पताल लग्दै विदेशी नागरिक

 दोलखा, २९ बैशाख/मंगलवार गएको भूकम्पमा परी दोलखामा ३४ जनाको ज्यान गएको छ भने मृतकको संख्या बढ्न सक्ने जिल्ला दैवी प्रकोप उद्धार समितिले बताएको छ ।
मंगलवार मध्यदिन गएको भूकम्पले दोलखा सदरमुकाम चरिकोटका अधिकांश पक्की भवनहरुसमेत भत्किएका कारण सदरमुकाममा मात्रै

एकीकृत पुनर्वासका लागि एक ढिक्का हुन भट्र्टाईको आग्रह


दोलखा, २८ बैशाख । पूर्व प्रधानमन्त्री एवम् एकीकृत माओवादीका बरिष्ठ उपाध्यक्ष बाबुराम भट्र्राईले महाभुकम्पका पीडितहरुलाई तत्काल पुनर्वासको ब्यबस्था गर्न सबै राजनीतिक दल एक हुनुपर्ने बताएका छन् ।
महाभूकम्पपछि दोलखाको अवस्था बुझ्न आएका पूर्वप्रधानमन्त्री भट्टर्राईले महाभुकम्पका बेला सबै एकजुट भएर पीडितहरुको पुनर्वासको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

दोलखामा महाभूकम्पबाट मर्नेको संख्या ७५ पुग्यो

दोलखा, २३ बैशाख/गत शनिवार गएको महाभूकम्प र त्यसपछि गएका विभिन्न पराकम्पमा परी दोलखामा बुधवारसम्म ७५ जनाको ज्यान गएको छ ।
बुधवार विहान गएको भूकम्पमा परी विगु गाविस २ का ५६ वषर्ीय विर्खबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । गत शनिवारको महाभूकम्पले क्षति भएको आफ्नै घरमा बसेका नेपालीलाई बुधवार विहान गएको भूकम्पले ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तकुमार लामाले जानकारी दिए ।

दोलखाका अधिकांश विद्यालय ध्वस्त, आपतकालीन शिक्षा योजना


दोलखा सहर स्थित राजकुलेश्वर निमाविको क्षति ग्रस्त भवन ।
दोलखा, २२ बैशाख/विनासकारी भूकम्पले दोलखाका अधिकांश विद्यालयहरुको भौतिक संरचना ध्वस्त बनाएपछि ५७ हजार भन्दा बढी विद्यार्थीहरुको पढाइ प्रभावित भएको छ । उनीहरुको पढाइलाई व्यवस्थित गर्न जिल्ला शिक्षा कार्यालयले आपतकालीन शिक्षाको योजना अघि सारेको छ ।
दोलखा जिल्लाका ग्रामीण भेगका ९० प्रतिशत विद्यालय भवनका साथै त्यहाँ रहेका शौचालय, खानेपानी लगायतका सुविधाहरु नष्ट भएको प्रारम्भिक अनुमान जिल्ला शिक्षा कार्यालयले

१० दिनपछि ३ को शव निकालियो

अमेरिकी स्काइ भ्यान ओस्प्रेले राहत सामग्री झार्दै ।
दोलखा, बैशाख २१ । महाभुकम्पका कारण आएको पहिरोमा परेका उद्धार हुन नसकेका ५ जना मध्ये ३ को शव १० दिनपछि निकालिएको छ । लामाबगर-२ को भोटेकोसी नदी पहिरोमा परेका मध्ये नेपाली सेनाले निकालेको शवहरुमा विराटनगरका युवराज बस्नेत, काभ्रपलाञ्चोकका विनोद पौडेल र दोलखा बजारका शान्तकृष्ण जोशी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी अजय केसीले जानकारी दिए ।

पाल नपाएको भन्दै नगरपालिकामा तालाबन्दी, सबै ठाउँ राहत पुगको दावी


दोलखा, २० बैशाख/विनासकारी भूकम्पले विचल्ली बनाएको आठौँ दिन बितिसक्दा पनि पाल नपाएको भन्दै भीमश्वर नगरवासीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
नगरका हरेक वडाहरुलाई १४ वटाका दरले पाल आएकोमा बाँडफाँड गर्दा आफूहरुले नपाएको भन्दै वडा नंं १ का वासिन्दाहरुले आइतवार कार्यालयमा तालाबन्दी गरेका हुन् । भीमेश्वर नगरको वडा नं. १ का विभिन्न

Sunday, May 31, 2015

दुर्गममा आठौँ दिनमा राहत, शव ल्याउन अझै सकिएन


दोलखा, १९ बैशाख/विनासकारी भूकम्पले अधिकांशको घरवास उठाएको आठौँ दिन दोलखा जिल्ला दैवी प्रकोप उद्धार समितिले दोलखाको दर्ुगम गाउँहरुमा राहत पठाएको छ ।
शनिवार नेपाली सेना र भारतीय वायुसेनाको हेलिकप्टरले दोलखाका विभिन्न दुर्गम गाउँहरुमा पाल, चामल, विस्कुट, चाउचाउ लगायतका राहत सामग्री पठाएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।
राहत साम्रग्रीको अभावमा खुला आकाशमा भोकै बस्न बाध्य भएका उत्तरी दुर्गमका आलम्पु, विगु, सिमीगाउँ, ओराङ, लादुक, चङ्खु, मार्बु, खोपाचागु, खारे र दक्षिणका दूधपोखरी, डाँडाखर्कका पीडितहरुका लागि शनिवार राहत सामग्री पठाइएको हो ।

आफ्नो उद्धार आफैँ गरे नेत्रहिन यज्ञले, अव गुजाराको समस्या


दोलखा, १९ बैशाख/अघिल्लो शनिवारको महाभूकम्पमा परी कैयौँ सबलाङ्गहरुले ज्यान गुमाउन बाध्य भए तर दोलखा भीमेश्वर नगरपालिका २ का नेत्रहिन यज्ञले चाहिँ आफ्नो ज्यान आफैँले जोगाउन सफल भएका छन् ।
भीमेश्वर नगरपालिका २ तिखातलका ३४ वर्षीय यज्ञबहादुर श्रेष्ठ महाभूकम्प आउँदा घरमै थिए । घर धेरै हल्लिन थालेपछि उनलाई निक्कै डर लाग्यो र जसोतसो भागेर बाहिर निस्किन सफल

दोलखा भीमेश्वर जोगियो, पुराना गुम्बा ध्वस्त


दोलखा, १८ बैशाख/प्रलयकारी भूकम्पमा परी दोलखाका महत्वपूर्ण ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरु ध्वस्त भएका छन् भने दोलखा भीमेश्वरको मन्दिर भने जोगिएको छ ।
महाभूकम्पले ठुलो जनधनको क्षति गरेका बेला प्रसिद्ध दोलखा भीमेश्वरको मन्दिरलाई भने कुनै क्षति भएको छैन । मन्दिर अगाडि करिब ३० फिट अग्लो शिलास्तम्भ र त्यसमाथि सिंहमूर्ति रहेकोमा त्यसलाई कुनै क्षति नपुगेको भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठले बताए । मन्दिर र त्यसको परिसरमा समेत कुनै चिरा परेको छैन ।
दोलखा भीमेश्वर मन्दिर नजिकै रहेको त्रिपुरा सुन्दरी मन्दिरमा समेत केही क्षति पुगेको छ । मन्दिरलाई जीर्णोद्धार गर्दा मर्मत गरेको गारो केही भत्किएको स्थानीय श्यामकृष्ण प्रधानले बताए । मन्दिरको गारो केही ठाउँमा चर्किर्एको, झ्यालसँगैको गारो खसेको पनि उनले बताए ।
नेपालकै पुरानो र आनीहरु पढाउने पूर्वी नेपालको एकमात्र विगु गुम्बाका नामले चिनिने टसी छिमेगछल गुम्बा पनि ध्वस्त भएको स्थानीय श्याम बुढाथोकीले बताए । उनका अनुसार गुम्बाभन्दा माथिको पहाड भत्किएर गुम्बालाई ध्वस्त बनाएको हो । गुम्बाका आनीहरु सामान्य घाइते भए पनि कुनै अप्रिय घटना नभएको उनले बताए ।
त्यसैगरी विगु गुम्बाभन्दा पनि पुरानो मानिएको दोलखाको लामाबगरस्थित लप्ची गुम्बा पनि क्षतविक्षत भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अजय केसीका अनुसार गुम्बाभन्दा माथिको पहाडबाट लडेर आएको ढुङ्गाहरुले गुम्बालाई क्षत्रि्रस्त बनाएको हो । सो गुम्बामा हरेक १२ वर्षो फागुन महिनाभरि विश्वभरिका बौद्धधर्मावलम्बीहरु जम्मा भई ठुलो चाड मनाउने गर्दथे ।
पछिल्लो समय प्रशस्त पर्यटकहरु जाने गरेको प्रसिद्ध कालिन्चोक भगवती भन्दिर पनि क्षत्रि्रस्त भएको छ । ३ हजार ८ सय ४२ मिटरको उचाइको टाकुरोमा रहेको मन्दिर सो टाकुरामा ठुला ठुला धजा फाटेर क्षत्रि्रस्त भएको भूकम्प गएकै दिन मन्दिर पुगेका शोभा केसीले जानकारी दिइन् । मन्दिरमा जानका लागि टाकुरोको पश्चिमीपटि्ट रहेको अर्को टाकुरोबाट फलामको भर्‍याङ चढेर जानुपर्नेमा ती दुइ टाकुरा फाटेपछि भर्‍याङबाट जाने बाटो बन्द भएको उनले बताइन् । पछिल्लो समय नयाँ गन्तव्यको रुपमा विकास हुँदै गरेको कालिन्चोकमा दैनिक सर्यौको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु जान थालेका थिए ।
ऐतिहासिक सहर दोलखामा रहेको नेपालको पहिलो टक्सार घर भने सामान्य क्षति भएको छ । घरको अघिल्लो भागमा सानासाना चिरा देखिएको छ भने भवनको माथिल्लो भागका केही इँटाहरु खसेका छन् । दोलखा सहरमा रहेका ६ वटा मल्लकालीन भवनहरु मध्ये ड्वाकुलुङ्गामा रहेको तीनवटा भवन भत्किएको छ । त्यसैगरी तल्लो टोलमा रहेको ड्वाकुडाकस छेँ पनि भत्किएको छ । दोलखा सहरका ९९ प्रतिशत घरहरु बस्न नमिल्नेगरी क्षति भएका छन् ।
दोलखा जिल्लामा सयौँको संख्यामा मन्दिरहरु, ५० भन्दा बढी गुम्बाहरु रहेको भए पनि सबै मन्दिर तथा गुम्बाहरुको अवस्थाबारे जानकारी प्राप्त भैसकेको भने छैन ।

दोलखामा राहत वितरण सुरु


दोलखा, १७ बैशाख/महाभूकम्पले वितण्डा मच्चाएको ६ दिनबाट दोलखामा राहत वितरण कार्य सुरु भएको छ ।
विहिवार जिल्ला दैवी प्रकोप उद्धार समितिले दोलखाका विभिन्न २८ गाविस र दुइ वटा नगरपालिकामा आर्थिक राहत वितरण गर्न कर्मचारीहरुलाई खटाएको छ ।

Tuesday, May 5, 2015

राहत नपाएको भन्दै जिल्ला प्रशासनमा तोडफोड

दोलखा, १६ बैशाख/महाभूकम्पमा परेको ५ दिन बितिसक्दा समेत राहत नपाएको भन्दै स्थानीय आक्रोशित समूहले जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति कार्यालय तोडफोड गरेका छन् । आक्रोशित समूहले जिल्ला प्रशासन कार्यालयभित्र पसी कुर्सी र टेबुलहरु बाहिर निकालेर आगजानी समेत गरेका छन् ।
शनिबार र आइतबारको भुकम्पमा परी दोलखाको ९५ प्रतिशत घरहरु ध्वस्त भएका कारण नागरिकहरु ५ दिनदेखि खुल्ला आकाशमुनि रात विताउन बाध्य छन् । त्यसमाथि पटक पटकको झरी र चट्याङ पर्न थालेपछि नागरिकहरुको बिजोग बढ्दै गएको छ ।

दोलखामा ५५ को मृत्यु, ९५ प्रतिशत घरमा क्षति

दोलखा, १५ बैशाख/तीन दिन अघिको महाभूकम्पमा परी दोलखाका ५५ जनाले ज्यान गुमाएका छन् भने एक सय बढी घाइते भएका छन् ।
मंगलवार दिउँसोसम्म ५५ जनाको शव फेला परेको भनिए पनि मृतकहरुको संख्या बढ्न सक्ने बताइएको छ । सबैभन्दा बढी जफे गाविसमा ११ जनाको ज्यान गएको छ भने भीमेश्वर नगरपालिकामा ९ जनाको ज्यान लिएको छ । दोलखाको उत्तरी क्षेत्रको लामाबगर क्षेत्रमा करिब ७ सय जना अलपत्र परेकाहरुको उद्धार हुन सकेको छैन ।

त्यसैगरी उत्तरी क्षेत्रको लामाबगर, ओराङ लगायतका गाविसको लेकमा यार्सागुम्बा संकलनका लागि गएका ३ सय बढी मानिसहरु सर्म्पर्कमा छैनन् । यार्सागुम्बा संकलनका लागि ३ हजार भन्दा बढी मानिसहरु ती क्षेत्रहरुमा गएको बताइएको छ ।

Thursday, April 23, 2015

दुइ सातादेखि दुइवटा जलविद्युत् आयोजना ठप्प

दोलखा, १० बैशाख/दोलखाको उत्तरपूर्वी क्षेत्रमा निर्माण हुँदै गरेको दुइवटा जलविद्युत आयोजना दुइ सातादेखि बन्द भएका छन् ।
मार्बु गाविस ७ मा निर्माण हुँदै गरेको ४० मेगावाटको खानी खोला १ जलविद्युत आयोजना र सोही स्थानमा निर्माण भैरहेको ३० मेगावाटको खानीखोला जलविद्युत आयोजनामा स्थानीयले प्रिm शेयर, १० प्रतिशत लगानी शेयर, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसारको काम र रोजगारीको माग गर्दै बन्द गराएको हुन् ।

Monday, April 20, 2015

एमाओवादीको घर माओवादीद्वारा कव्जा

दोलखा, ७ बैशाख/एमाओवादीका नेता जितवीर लामाको घर नेकपा माओवादी विप्लव समूहले कव्जा गरेको छ । 
दोलखाको लादुक गाविस ८ सिँगटीस्थित लामाको घर नेकपा माओवादीको विप्लव समूहले आज कव्जा गरेको हो । नेकपा माओवादी विप्लव समूहका सेक्रेटरी संजीव नेपालीले आज प्रेस विज्ञप्ति प्रकाशित गरी लामाको घर कव्जा गरेको जानकारी दिएका हुन् । 

Sunday, April 12, 2015

छलिमायालाइ छल्यो भाग्यले................

दोलखा, चैत्र २९ । मिर्गे ५ चिलाउनेखर्ककी छलिमाया दाहाल जिल्ला प्रशासन कार्यलयमा निन्याउरो अनुहार लिएर बसिरहेकी थिइन् । उनी जिल्ला प्रशासन आउनुको कारण अरु केही नभएर श्रीमान्लाई प्रहरीद्वारा नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नु थियो । श्रीमान्ले गाँउमा छिमेकीहरुलाई दुख दिन लागेपछि उनी चरिकोट आएकी थिइन् । सबै कुरा सुनिसकेपछि प्रमुख जिल्ला अधिकारीले श्रीमान्लाई पक्राउ गर्न नसकिने बताए । 'गाँउलेहरु मैसँग कराउँछन्, यहाँ हुँदैन भन्छन् । कस्तो आपत आइलाग्यो', जिल्ला प्रशासन कार्यालयबाट बाहिरिँदै गर्दा उनले भनिन् ।

Sunday, April 5, 2015

दोलखामा मच्छिन्द्रनाथको रथ आजदेखि तानिने


दोलखा, चैत २३/ देशमा खडेरी नपरोस्, देश र जनतामा कुनै विपत्ति नपरोस् भन्ने कामना सहित दोलखा जिल्लाको ऐतिहासिक दोलखा सहरमा यस वर्षो मच्छिन्द्रनाथको रथजात्रा सुरु भएको छ ।

अभयपुरको नाममा कुनै बेला छुट्टै राज्यको अस्तित्व बोकेको दोलखा सहरमा परम्परागत रुपमा मनाईँदै आएको मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ । 

Tuesday, March 31, 2015

२०७२ सालका सरकारी विदाहरु

नेपाल सरकारले विसं २०७२ साल बैशाख १ गतेदेखि २०७२ चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालयलाई देहाय बमोजिमको सार्वजनिक, पर्व तथा सट्टा विदा र कार्यालय समय निर्धारण गरेको छ। (विदाको सूचिसहित, हेर्नुहोस् ........)

Monday, March 30, 2015

तामाकोशीको शेयर दोलखाका १४८६ कर्मचारीबाट ३३ करोड संकलन

दोलखा, चैत १७ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका लागि कर्मचारी सञ्चय कोषका दोलखा जिल्लामा कार्यरत १४ सय ८६ सञ्चयकर्ताहरुबाट करिब ३३ करोड रुपैयाँ संकलन भएको कुरा राष्ट्रिय बाणिज्य बैंक, चरिकोट शाखाले र्सार्वजनिक गरेको छ ।
शेयर संकलन गर्ने मिति सकिएपछि बैंकले र्सार्वजनिक गरेको जानकारी अनुसार दोलखाका १४ सय ८६ सञ्चयकर्ताहरुले ३२ करोड ९६ लाख ८८ हजार रुपैयाँ बराबरको शेयर माग गरेका छन् ।

चट्याङबाट दुइको मृत्यु

दोलखा, चैत १६/सोमवार दिनभरको अविरल वर्षापछि परेको चट्याङका कारण दोलखाको मागापौवा गाविका एकै परिवारका दुइजनाको मृत्यु भएको छ ।

तामाकोशीमा सुल्झियो समस्या

दोलखा, चैत १६/माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कामदारहरुले शेयरको माग गर्दै काममा अवरोध गरेपछि सिर्जित समस्या सोमवारबाट सुल्भिmएको छ र सबै कामदारहरु काममा फर्किएका छन् ।
१७ दिनदेखि आयोजनामा कार्यरत कामदारहरुले आफूहरुलाई पनि आयोजनामा शेयरको हक हुनुपर्ने दावी गर्दै आयोजनाको काम ठप्प पारेपछि उनीहरुसँग पटकपटक वार्ता भएको

Sunday, March 29, 2015

तामाकोशीको शेयर चरिकोटमा मात्र २८ करोड सङ्कलन

दोलखा, चैत १५ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका लागि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुबाट शेयर संकलन गर्ने अन्तिम दिन रकम जम्मा गर्नेहरुको संख्या दोलखामा निकै देखिएको छ । अन्तिम दिनसम्म दोलखा जिल्लाबाट करिब १५ सय कर्मचारीहरुले झण्डै २८ करोड रुपैयाँ जम्मा गरेका छन् ।

Wednesday, March 25, 2015

माथिल्लो तामाकोशीमा आन्दोलन सकियो ! मजदुरहरु विभाजित

दोलखा, चैत ११/माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कामदारहरुले शेयरको माग गर्दै झण्डै दुइ सातादेखि ठप्प पारको काम बिहिवारदेखि पुनः सुरु हुने भएको छ ।
आन्दोलनरत कामदार र आयोजनाका अधिकारीहरुबीच बुधवार काठमाडौँमा भएको वार्ताले बिहिवारदेखि काम पुनः सुरु गर्ने सहभती गरेको हो । आयोजनाको काठमाडौँ कार्यालयमा बुधवार भएको वार्ताले मजदुरहरुलाई शेयर दिने विधि तय गर्न सात दिनभित्र विशेषज्ञ सहितको अधिकारसम्पन्न कार्यदल गठन गर्ने र

Monday, March 23, 2015

दोलखामा मच्छिन्द्रजात्रासँगै सांस्कृतिक महोत्सव

दोलखा, चैत १०/पौराणिक तथा सांस्कृतिक सहर दोलखामा पराम्परागत रुपमा मनाइँदै आएको मच्छिन्द्रनाथको रथयात्रासँगै दोलखा सांस्कृति महोत्सव पनि मनाइने भएको छ ।
प्राचीन सहर दोलखामा आगामी चैत शुक्ल पूणिर्माका दिनदेखि मच्छिन्द्रनाथको रथयात्रासँगै दोलखा सहरमा वर्षरि देखाइने विभिन्न मौलिक

माथिल्लो तामाकोशीका मजदुरसँग वार्ता आज

दोलखा, चैत १०/स्वेदेशी लगानीमा निर्माण हुँदै गरेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा शेयरको माग गर्दै ११ दिनदेखि आन्दोलनरत मजदुरहरुसँग आज वार्ता हुने भएको छ।
आजको वार्ताका लागि संयुक्त संघर्ष समितिको वार्ता टोली र आयोजनाका अधिकारीहरु हिजो नै काठमाडौँका लागि गएका छन् । आज माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको

दोलखालाई पोखराको निम्तो



दोलखा, चैत ९ । १२ औं फेवा नववर्षमहोत्सव २०७२ को 'जाऊँ है पोखरा' प्रचार अभियान लिएर पोखरेली पर्यटन व्यवसायी टोली दोलखा आइपुगेको छ । पोखरामा आन्तरिक पर्यटन पर््रवर्द्धनका लागि थालिएको 'जाऊँ है पोखरा' अभियान  लिएर सोमबार प्रचारका लागि टोली दोलखा आइपुगेको हो ।

पश्चिमाञ्चल होटल संघ, सञ्चारकर्मी, पर्यटन व्यवसायी मिश्रति टोलीलाई क्षेत्रीय होटल संघ दोलखाले भव्य स्वागत गरेको थियो ।

Monday, March 9, 2015

मच्छिन्द्रनाथको रथको नयाँ चक्का निर्माण (तस्विरसहित)

मच्छिन्द्रनाथको रथको नयाँ चक्का निर्माण गर्दै, आगामी चैत २१ गते मच्छिन्द्रको मूर्तिलाइ दूधमा डुबाई त्यसको भोलिपल्ट रथारोहण गरी पर्सिपल्टबाट रथयात्रा निकालिन्छ ।

Monday, February 16, 2015

माथिल्लो तामाकोशीको सेयरमा आयोजना नै धितो बसिदिने, सङ्कलन चैत १ बाट

दोलखा, फागुन ४ । बहुचर्चित स्वदेशी लगानीको माथिल्लो तामाकोशी जलविद्युत आयोवजनामा दोलखाका आर्थिक रुपले विपन्न सबै जनताले शेयर हाल्न पाउने निश्चित भएको छ । विपन्न दोलखालीहरुका लागि शेयर हाल्न आयोजना नै धितो बसिदिने भएपछि सबै दोलखालीले सेयर हाल्न पाउने निश्चित भएको हो ।
सेयर बाँडफाँड

Wednesday, February 11, 2015

अन्तर जिल्ला फुटबलको उद्घाटन खेलमा दोलखाको जित

दोलखा, माघ २८ । नेपाल तरुण दल, दोलखाले आयोजना गरेको नारायणध्वज स्मृति अन्तर जिल्ला फुटबल प्रतियोगिता दोलखाको सदरमुकाम चरिकोटको टुँडिखेलमा आजबाट सुरु भएको छ ।
खेलको उद्घाटन नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष एवं पूर्व मन्त्री बालकृष्ण खाँड गर्नुभएको छ ।

Sunday, February 8, 2015

'झोला'बाट उठेको रकम गरिब र जेहेन्दार विद्यार्थीलाई

दोलखा /सामुदायिक विद्यालयमा अध्ययन गर्दैगरेका विद्यार्थीहरुको अध्ययन सहयोगका लागि कृष्ण धरावासीको चर्चित कथामा आधारित झोला चलचित्र दोलखा सदरमुकाम चरिकोटमा देखाइने भएको छ ।
सदरमुकाम चरिकोटस्थित अल्पाइन पव्लिक स्कुलका विद्यार्थीहरुको संस्था अल्पाइन चिल्ड्रेन्स क्लबको आयोजनामा

माथिल्लो तामाकोशीमा सबै दोलखालीलाई समान शेयर

दोलखा, माघ २५ । स्वदेशी लगानीमा निर्माण हुँदै गरेको नेपालको सबैभन्दा ठुलो माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखावासीलाई दिने भनिएको शेयर सबै दोलखालीलाई समान रुपमा वितरण गर्ने निर्णय भएको छ ।
आयोजनाले दोलखावासीका लागि छुट्याएको १० प्रतिशत शेयर सबै दोलखावासीलाई

Saturday, January 31, 2015

जन्ती बोकेको बस पल्टिँदा बालिकाको मृत्यु

दोलखा, माघ १७ । दोलखाको मिर्गेबाट रामेछापतर्फर्फकँदै गरेको बिहेको बस पल्टँदा एक बालिकाको मृत्यु भएको छ भने १९ जना जन्ती घाइते भएका छन् ।

Saturday, January 24, 2015

शिकार खेल्न गएका युवक आफैँ शिकार

दोलखा, माघ १० । दोलखाको मिर्गे गाविसमा गए राति शिकार खेल्न गएका एक युवकको गोली लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाको अनुसार मिर्गे-९, यार्सर्ाा २५ वषर्ीय चन्द्रबहादुर खत्रीको भरुवा बन्दुकले पड्किएर मृत्यु भएको हो । कालिज मार्न भनी घर नजिकैको जंगलमा गएका खत्री राती अबेरसम्म नफर्किए पछि परिवार र स्थानीयले खोजी गर्दा गोली लागेर रुखको फेदमा मृत अवस्थामा भेटिएका थिए ।

Wednesday, January 21, 2015

तल्लो पेनस्टक सुरुङको ब्रेकथ्रुसँगै माथिल्लो तामाकोशीलाई सफलता

दोलखा, माघ ७/स्वदेशी लगानीमा निर्माणाधीन सबैभन्दा ठुलो माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा कठिन तल्लो पेनस्टक साफ्ट सुरुङको ब्रेक थ्रु गरिएको छ ।
यसअघि अत्याधुनिक मेसिन रेजबोरिङबाट ६ पटकसम्म प्रयास गर्दा पनि सफलता प्राप्त गर्न नसकेको सो ठाडो सुरुङ मंगलवार ब्रेक थ्रु गरिएपछि

Monday, January 19, 2015

दोलखाको जिरीमा विमोचन भो 'जिरी सन्देश'

दोलखा, माघ ५ /पर्यटकीय नगरी जिरीका पत्रकारहरुको प्रयासमा प्रकाशित जिरी सन्देश साप्ताहिकको विमोचन नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव र जिरीका समाजसेवी लीलाबहादुर कार्कीले संयुक्त रुपमा गर्नुभएको छ ।
पत्रिका विमोचन गर्दै प्रमुख अतिथि नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले नवगठित जिरी नगरपालिकाले प्रशस्त सम्भावना बोकेकाले जिरी सन्देश साप्ताहिकको भविष्य उज्ज्वल रहेको बताउनुभयो ।

Friday, January 9, 2015

जिरीका नौ सहकारी एकीकरण

दोलखा पुस २४/भर्खरै गठन भएको दोलखा जिल्लाको जिरी नगरपालिकामा भएका नौवटा सहकारी एकीकरण भएका छन् ।
सहकारी मापदण्ड २०६८ लाई पछ्याउँदै जिरीका विभिन्न उद्देश्य बोकेका नौ सहकारी एकीकरण भएका हुन् । सहकारी मापदण्ड २०६८ मा एउटै जिल्लाका एउटै उद्देश्य भएका सहकारीहरुमा कुनै व्यक्तिले एउटामा

Tuesday, January 6, 2015

स्थानीय पत्रिकालाई सहयोग गर्न समाज र युनियनको माग

दोलखा पुस २२/दोलखा जिल्लामा दर्ता भै बेलाबखत प्रकाशन हुँदै आएका पत्रपत्रिकाहरुलाई नियमित प्रकाशनका लागि सघाउ पुर्‍याउन सहयोग अनुरोध गर्दै लोकतान्त्रिक सम्पादक प्रकाशक समाज, दोलखा र नेपाल प्रेस युनियन दोलखा जिल्ला शाखाले जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गरेको छ