Wednesday, June 26, 2013

लटरम्म कटहरः

दोलखाको भिरकोट गाविसमा पाक्न लागको कटहर । तामाकोशी किनार नजिकका सबै बस्तीहरुमा अहिले कटहर
पाक्न थालेको छ । दोलखाको कटहर जिल्ला र काठमाडौँमा समेत बिक्री हुने गरेको छ ।

राष्ट्रिय लोकनाट्य महोत्सवको तयारी तीव्र

असार १७, दोलखा । नाट्य विधाको माध्यमबाट कला संस्कृतिको समेत विकास र संरक्षण गर्ने उद्देश्यले दोलखा समरमुकाम चरिकोटमा राष्ट्रिय लोकनाट्य महोत्सव गर्ने तय भएको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आगामी असार २१ र २२ मा महोत्सव गर्ने निश्चित भएको हो । सो उत्सवमा विभिन्न छ जातजातिको धार्मिक, साँस्कृतिक र रितिरिवाज झल्किने छवटा नाटकहरु समावेश हुने प्राज्ञ एवम लोकनाटक विभाग प्रम्ाुख तर्ीथ थापाले जानकारी दिए  ।

Tuesday, June 11, 2013

दोलखामा २६ प्रतिशत विद्यार्थी मात्रै उत्तर्ीण्ा

दोलखा २८ जेठ/यस वर्षो एसएलसी परीक्षामा दोलखाका २६ प्रतिशत विद्यार्थी मात्रै उत्तर्ीण्ा भएका छन् ।  
दोलखा जिल्लाबाट यस वर्ष३ हजार ७ सय ३६ जना विद्यार्थीले एसएलसी परीक्षा दिएकोमा जम्मा ९ सय ८४ विद्यार्थी मात्रै उत्तर्ीण्ा भएका छन् ।

Monday, June 10, 2013

आगलागीमा डेढ करोडको क्षति, डेढ लाख राहत संकलन

दोलखा २७ जेठ/दोलखाको सदरमुकाम चरिकोटको बसपार्कमा आइतवार राती आगलागी हुँदा एउटा पक्की घरसहित १० वटा पसल जलेर नष्ट भएको छ भने करिब डेढ करोड रुपैयाँबराबरको क्षति भएको छ ।
आगलागीबाट एउटा तीन तले पक्की घर र ६ वटा टहरा जलेर नष्ट भएका छन् । आगलागीबाट १ करोड ३० लाख बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ  । अगलागीको कारण भने खुल्न सकेको छैन ।
'ग्याँस  सिलिण्डर ७ वटा पड्किएका छन्, त्यसैले पनि आगो नियन्त्रण गर्न कठिन भयो ।' प्रहरी नायव उपरिक्षक ओमप्रसाद अधिकारीले बताए । 'लगाइएको लुगा बाहेक सम्पर्ूण्ा सामान जलेर नष्ट

Monday, June 3, 2013

सहमतीपछि दोलखा बन्द फिर्ता, जनजीवन सामान्य बन्दै

दोलखा २० जेठ/वाईसीएल-तरुण दलबीच आइतवार भएको झडपका कारण दोलखा कांग्रेसले घोषणा गरेको 'दोलखा बन्द' कांग्रेस-एमाओवादीबीच भएको सहमतीपछि सोमवार फिर्ता भएको छ ।
दोलखाका नागरिक समाज, उद्योग वाणिज्य संघ लगायतको आग्रहपछि नेपाली कांग्रेस र तरुण दलले सोमवार दिउँसो बन्द फिर्ताको घोषणा गरेका थिए ।
बन्दका कारण यातायात, बजार र शिक्षण संस्थाहरु ठप्प हुँदा जनजीवन प्रभावित भएको थियो । बन्द फिर्तापछि नेपाली कांग्रेस, एमाओवादी र उनीहरुको भातृ संगठन गरी दर्ुइ पक्षबीच स्थानीय प्रशासनले वार्ता गराएको छ ।