दोलखा, बैशाख ६/संविधानसभा निर्वाचनको तिथिमितिको टुङ्गो नलागे पनि दोलखा एमाले भने आगामी संविधानसभा निर्वाचनमा होमिएको छ ।
आठौँ जिल्ला अधिवेशन भनिए पनि समारोह चुनावी सभा जस्तै देखिन्थ्यो । र्यालीका नारादेखि नेताका भाषण सबै चुनाव केन्द्रित थिए । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले पनि अधिवेशन उद्घाटन गर्दै आफ्नो भाषण चुनाव केन्द्रित नै गर्नुभएको थियो ।
नेता ओलीले आगामी संविधानसभा निर्वाचनमा एमालेले बहुमत ल्याउने जिकिर गर्नुभएको थियो । आफ्नो भाषणको अधिकांश समय विपक्षीलाई गाली गर्न र एमाले पार्टी प्रशंसामा खर्चनुभएको थियो ।
एमाले दोलखाले आफ्नो शक्ति पर््रदर्शन गर्न गाउँगाउँबाट जनता ओसारेको थियो । जनता सदरमुकाममा उतार्न उसले ७२ वटा भन्दा बढी यात्रुबाहक बसको प्रयोग गरेको बताइएको छ । ती बसहरुले नपुगेर मालबाहक ट्रकहरु पनि मानिस ओर्सार्न प्रयोग गर्नुपरेको एक जिल्ला नेताले जानकारी दिनुभएको छ । चुनावमा होमिएको एमाले दोलखाको अधिवेशन खर्च भने महंगो परेको बताइएको छ । उद्घाटन सत्रसम्मको संस्थापन खर्च मात्रै करिब २५ लाख भएको जिल्ला नेता तथा कार्यकर्ताहरुले बताएका छन् ।
दोलखा एमालेले अधिवेशनको प्रचारप्रसारमा पनि राम्रै खर्च गरेको छ । व्यानर, फ्लेक्स, पोस्टर आदिले सदरमुकाम झपक्पै भएको छ । करिब तीन महिना अघि एमाओवादीको अधिवेशनमा जम्मा भएको भीडलाई चुनौती दिन एमाले दोलखाले उल्लेख्य जनता सदरमुकाम उतारेको बताइएको छ ।
No comments:
Post a Comment