Friday, December 5, 2014

खण्डकाव्य 'आस्थाको गन्तव्य'बारे अन्तर्क्रिया

दोलखा महोत्सवको अवसर पारेर विमोचन गरिएको कृति आस्थाको गन्तव्य बारे अन्तर्क्रिया गरिएको छ । कवि प्रहृलाद पोखरेलद्वारा दोलखाको पर्यटकीय स्थल र विषयमा रचिएको खण्डकाव्य आस्थाको गन्तव्यबारे अन्तर्क्रियासँगै दोलखाली कविहरुले पनि आआफ्ना कविता सुनाउने अवसर जुराइएको छ । सो अवसरमा थुप्रै दोलखाली कविहरुले पर्यटन कविता सुनाए
काव्यकार प्रहृलाद पोखरेल, सभासद् आनन्दप्रसाद पोखरेल र बरिष्ठ कलाकार एवं दोलखा श्रष्टा समाजका अध्यक्ष मदनदास श्रेष्ठ

सडकमा पानी

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले सडक सवारी सुरक्षाबारे अन्तर्क्रिया गर्दैगर्दा चरिकोटको सातदोबाटोमा खेतमा पानी लगाएजस्तै पानी लगाइरहेकेा अवस्था थियो । धूलो नउडोस भनेर पानी लगाएको भए पनि त्यसले सडकको आयुको सुरक्षामा प्रश्नचिन्ह लगाउँदैन र ? अनि त्यसले सडक सवारी सुरक्षामा कत्तिको सहयोग गर्ला ?

दोलखा महोत्सवको एउटा आकर्षण, दोलखाली सुनुवारहरुको परम्परागत नृत्य स्यादर सिल (भिडियो)


दोलखा महोत्सवमा प्रधानमन्त्री कोइराला (फोटो फिचर)

प्रधानमन्त्री कोइराला उपस्थित नागरिकहरुलाई अभिवादन गर्दै ।

समयमै संविधान आउने प्रधानमन्त्रीको विश्वास

शम्भु गौतम
दोलखा मंसिर १९/प्रधानमन्त्री सुशील कोइलाराले माघ ८ भित्र संविधान जारी गर्न सबै दलहरु सहमत हुने विश्वास व्यक्त गर्नुभएको छ ।
दोलखाको सदरमुकाम चरिकोटमा आयोजित दोलखा महोत्सवको उद्घाटन गर्दै  प्रधानमन्त्री कोइरालाले पत्रपत्रिकामा जेजे कुराहरु आए पनि नेपालमा एउटा उदाहरण प्रस्तुत