दोलखा, २४ असार/ऊर्जा मन्त्री उमाकान्त झाले स्वदेशी लगानीको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको समग्र प्रगतिबाट आफू उत्साही भएको बताएका छन् । उनले आयोजना समयमै र निर्धारित लागतमै सम्पन्न हुने दावी पनि गरेका छन् ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आकस्मिक निरीक्षण गरी फर्केका मन्त्री झाले सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गर्दै समग्रमा आयोजना उत्साहपर्ूण्ा ढंगले अगाडि बढको बताएका हुन् ।
आयोजनामा अनियमितता भएको र निर्माण कार्य कम गुणस्तरीय भएको गुनासो आएपछि आकस्मिक निरीक्षणमा पुगेका मन्त्री झाले निरीक्षणपछि आयोजनाको कामप्रति सन्तोष व्यक्त गरेका हुन् ।
आयोजनाको कूल १६ किलोमिटर सुरुङ मध्ये करिब साँढे १० किलोमिटर सुरुङ निर्माण कार्य सम्पन्न भैसकेको छ । विभिन्न आठ ठाउँबाट सुरुङ खन्ने कार्य भैरहेको छ । बाँधको निर्माण कार्य करिब ३० प्रतिशत सम्पन्न भैसकेको छ । हेडवर्क्स अर्न्तर्गतको बाँध, डिसेण्डर, इन्टेक गरी कूल एक लाख ७० हजार क्युमेक्स कङ्क्रिटको काममध्ये ५२ हजार ८० क्युमेक्स कङ्क्रिटको काम सम्पन्न भैसकेको आयोजनाले जनाएको छ । समग्र काममध्ये करिब ४८ प्रतिशत कार्य सम्पन्न भैसकेको पनि आयोजानले जानकारी दिएको छ ।
आायोजनाको विद्युतगृहको सुरुङ चर्केको समाचारपछि आयोजनास्थल पुगेका मन्त्री झालाई आयोजनाका निमित्त प्रमुख विज्ञानप्रसाद श्रेष्ठले चर्केको सुरुङ देखाउँदै त्यसबाट आयोजना तीन महिना ढिला हुने जानकारी गराएका थिए । तर मन्त्री झाले माथिल्लो तामाकोशी जलविद्युत आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त भएकोले सबै समस्या समाधान गरी समयमै पूरा गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । एक सय ४२ मिटर लामो विद्युतगृहको सुरुङमध्ये करिब ७० मिटरमा चर्केको र त्यसको आधाजसो मर्मत गरिसकिएको उल्लेख गर्दै मर्मत गरिएको काम सन्तोषजनक भएकोले सुरुङको काममा अरु बाधा नआउने विश्वास पनि मन्त्री झाले व्यक्त गरे । मन्त्री झाले सुरुङको काममा सिफ्ट थपेर भए पनि त्यसबाट हुने ढिलाइलाई 'रिकभर' गर्न निर्देशन दिएको बताए । मन्त्री झाले भने, 'यो राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना भएकोले यसलाई सरकारले बजेटको कमी हुन दिँदैन ।' उनले आयोजनामा आएको समस्यालाई उच्च प्राथमिकताका साथ सम्बोधन गरी तोकिएको समयमै र निर्धारित लागतमै सम्पन्न गर्ने प्रयास गरिने प्रतिवद्धता पनि व्यक्त गरे ।
करिब १५ महिनादेखि रिक्त रहेको आयोजना प्रमुखको पदपर्ूर्ति चाँडै गरी आयोजना प्रमुख र अन्य अधिकारीका कारण आयोजना ढिलो हुन नदिने प्रतिबद्धता पनि मन्त्री झाले व्यक्त गरे । आयोजनामा प्रमुखसहित ६ जना उच्च अधिकारीको पदपर्ूर्ति दर्ुइ साताभित्र गर्ने प्रतिबद्धता पनि उनले दोहोर्याए । आयोजनामा कूल एक सय ८२ दरबन्दी रहेको छ ।
रेजबोरिङ मेशिनको खराबीका कारण पेनस्टकको चार सय मिटर ठाडो साफ्ट सुरुङ ३० मिटर छड्के भएको भए पनि त्यसबाट आयोजना ढिलाइ नहुने र त्यसवापतको खर्चको भार पनि आयोजनालाई नपर्ने निमित्त प्रमुख श्रेष्ठले जानकारी दिए । उनले जर्मनीबाट डि्रलिङ गाइड मगाउने तयारी भैरहेको पनि उनले जानकारी दिए ।
आयोजनामा आउने विभिन्न समस्या समाधानका लागि भर्ूगर्भविद् लगायतका परामर्शदाता 'हायर' गर्ने तयारी भैरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले बताए ।
४५६ मेगावाटको आयोजनाको लागत ३५ अर्व २९ करोड रुपैयाँ रहेको छ ।

No comments:
Post a Comment