Sunday, April 21, 2013

आर्थिक महत्व बृद्धिसँगै दोलखामा सीमा विवाद


प्रशिद्ध कालिन्चोक मन्दिरको आधार शिबिर कुरी क्षेत्र 
शम्भु गौतम/दोलखा, ८ बैशाख/दोलखाका विभिन्न क्षेत्रहरुमा आर्थिक गतिविधि बढ्न थालेसँगै सीमा विवाद पनि बढ्न थालेको छ ।
पछिल्लोपटक जिल्लाको प्रसिद्ध कालिञ्चोक मन्दिरको आधार शिविर कुरीमा पर्यटन बृद्धिसँगै सबैभन्दा बढ्ता सीमा विवाद देखिएको छ । मन्दिरमा जानेहरुको संख्या बृद्धि भएपछि त्यहाँ होटलपसलहरु धेरै खुल्न थालेका कारण सीमा विवदा चर्किएको हो ।
कुरी क्षेत्रलाई कालिन्चोक, लापिलाङ, सुन्द्रावती र सुस्पाक्षमावती गाविसले आआफ्नो भन्दै दावी गरेपछि सीमा विवाद चर्किएको हो ।
दर्ुइ वर्षअघि गाडी पुगेपछि कुरी क्षेत्रमा होटल खुल्ने र व्यापारिक कारोबार बृद्धि हुने क्रम बढेको हो । कुरीमै गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले पनि आफ्नो चेकपोष्ट राखेको छ ।
कुरी क्षेत्र आर्थिक रुपमा महत्व बढ्दै गएपछि गाउँ विकास समितिहरुले समेत कुरी आफ्नो भूमी भएको दाबी गर्दै विवाद बढ्न थालेको छ । कुरी क्षेत्र यस अघि खासै कुनै महत्वको नभएकाले कुनै गाविसले पनि वास्ता गरेका थिएनन् ।
त्यसैगरी श्यामा र मालीमा समेत सीमा विवाद बढ्न थालेको छ । २०४८/०४९ मा गाविसहरुको सीमा पुनः संरचना गर्दा श्यामा गाविसलाई टुक्र्याएर श्यामा र माली गाविस बनाए तापनि त्यसको सीमा विदाद उस्तै छ । श्यामा गाविसको माली मात्र नभएर रामेछापको चुचुरे गाविससँग समेत सीमा विवाद कायमै भए तापनि प्राकृतिक स्रोत बढी भएको क्षेत्रमा विवाद बढ्दै गएको छ ।
गाविस बीचमा सीमा विवाद बढेपछि त्यसको मुद्धा जिल्ला प्रशासन कार्यालयसम्म पुगेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले आयोजना गरेको र्सव पक्षिय बैठकले कुरी क्षेत्रको सीमानाका विषयमा सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद अधिकारीको अध्यक्षतामा एक कार्यदल बनाएको छ । कार्यदलमा मालपोत, नापी, जिल्ला विकास समितिका प्रतिनिधि रहेका छन् । कार्यदललाई स्थलगत प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी काल्रि्रसाद पराजुलीले जानकारी दिनुभएको छ ।
सुन्द्रावती र लापिलाङ गाविसका सचिव चित्र भण्डारीले आफूहरुसँग पुरानो नक्सा लगायतका प्रमाण भएको दाबी गर्नुभएको छ । सुन्द्रावतीले २०५६मा आफ्नो गाविस भएकाले विकास निर्माणका काम समेत गरेको उहाँले बताउनुभएको छ । गाविस बीच विवाद भएकै कारण यस अघि गाविस बीच सहमति गरेर जिल्ला प्रशासनलाई जानकारी गराएको उहाँले बताउनुभयो ।
कुरी क्षेत्र 
कुरी होटल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सुस्पाक्षमावतीका सोनाम शर्ेपाले कुरी क्षेत्र कालिञ्चोकको नभएको दाबी गर्नुभयो । सीमा विवादका कारण कुरी क्षेत्रमा बनेका घर टहराको भाडा कुनै गाविसले पनि लिन सकेका छैनन् । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आफ्नो चेक पोष्ट कुरीमा राखेपछि स्थानीयले आफ्नो क्षेत्र बाहिर चेकपोष्ट राखेको भन्दै विरोध गर्दै आएका छन् । संरक्षण क्षेत्रभित्र कालिञ्चोक गाविस मात्र पर्दछ ।
२०४९ बैशाख ५ र १६ गते तत्कालीन प्रजिअ निरञ्जन बरालको संयोजकत्वमा गाविसको सीमा पुनः संरचना समितिको प्रतिवेदनमा भनिएको छ "कालिञ्चोक गाविसको पश्चिमी क्षेत्र कालिञ्चोक भगवतीको थान, मकैबारी सीमाना गणेशथुम्की फलामी गौडो" उल्लेख छ । उत्तर सीमानाको सम्बन्धमा तीन गाविस बीच पर्ने आवादी नभएको जंगल खर्क पर्ने हुनाले तीनै गाविसको सामञ्जस्यतामा पछि कायम गर्ने उल्लेख छ । तर गाविसको नाम त्यहाँ उल्लेख छैन । कुरी क्षेत्र कालिञ्चोकको पश्चिम क्षेत्रमा पर्दछ ।
श्यामाको वडा नं. ६, ८ र ९ साथै मालीको वडा नं. १, २ र ३ मा बढी विवाद छ । त्यस क्षेत्रमा जंगल, जडिबुटी, लगायतका प्राकृतिक स्रोत बढी भएकाले सीमा विवाद भएको श्यामाका पर्ूव गाविस अध्यक्ष पेम्बा शर्ेपाले बताउनुभयो । सीमा विवाद समाधान गर्न उनले जिल्ला प्रशासनमा आइतबार निवेदन दिएका छन् । प्रजिअ पराजुलीले नापीलाई प्रतिवेदन पेश गर्न निर्देशन दिएको जानकारी दिनुभएको छ ।
धेरै वर्षेखि चल्दै आएको दोलखाको भुसाफेदा गाविस १ र सिन्धुपाल्चोक जिल्लाको ठुुलोधादिङ गाविस ९ को क्षेत्र एउटै भएको विवाद पनि यथावत नै रहेको छ ।

No comments:

Post a Comment