दोलखा, बैशाख ३/दोलखा सुनखानीकी दृष्टिबिहिन गीतालक्ष्मी शिवाकोटीको एकल साङ्गीतिक कार्यक्रमले दर्शकहरुलाई खुशी सँगसँगै भावविहृवल पनि बनायो ।
सदरमुकाम चरिकोट सातदोबाटोमा सडकै ढाक्ने गरी जम्मा भएका दर्शकहरु गीतालक्ष्मीले कार्यक्रमको पहिलो प्रस्तुती 'शिव स्तुति' गाइरहँदा उनको विलक्षण स्वर र गायनले भावुक भएका थिए । उनले गाएका सबै गीतहरुमा उनकै जीवनका भोगाइहरु समेटिएकाले दर्शकहरुलाई भावुक बनाएको हो ।
कार्यक्रममा उनले गाएका सबै गीतहरु आफैँले रचना गरेकी हुन् । उनले विभिन्न १३ गीत गाएकी थिइन् ।
प्रमुख जिल्ला अधिकारी काली प्रसाद अधिकारी सेतो छडी र मैनबत्त्ती गिता लक्ष्मीलाई हस्तान्तरण गरी उद्घाटन गर्दै |
दोलखाको सुनखानी गाविस वडा नं. ९ मा जन्मेकी उनी एक वर्षो
हुँदा टाइपफाइ
डका कारण नेत्रहीन बन्न पुगेकी थिइन् । २०३८ सालमा जन्मेकी गीताले २०६१ सालमा पहिलो कविता संग्रह 'आँखाले संसार नदेखे पनि' प्रकाशित गरेकी थिइन् । यससँगै उनले विभिन्न पत्रपत्रिकाहरुमा थुप्रै कविताहरु प्रकाशित गरेकी छन् ।
गायनकै लागि उनलले विभिन्न पुरस्कारहरु प्राप्त गरेकी छन् । २०६६ सालमा 'मेरो नेपाली सेना' कविताका लागि नेपाली सेनाले पुरस्कृत गरेको थियो । प्रहरीलाई अत्यन्तै सम्मान गर्ने उनलाई २०५५ सालदेखि नै प्रहरीले पनि प्रत्येक वर्षप्रहरी दिवसमा सम्मान गर्दैआएको छ ।
सपनामा आफूलाई ज्योतिष विद्या प्राप्त भएको दावी छ गीताको र उनी कसैको गाला र हात छामेको भरमा भूत र भविष्य बताउन सक्ने उनको दावी छ ।
प्रहरीकै सक्रियतामा उनले सङ्गीतमा डिप्लोमा गरेकी छन् । भारतको इलाहावाद सङ्गीत विद्यालयबाट स्वर परीक्षा पास गरेकी छन् । सदरमुकाम चरिकोटस्थित शैलुङ रेडियोमा २०६६ सालदेखि अपाङ्ग सरोकार कार्यक्रम पनि चलाउँदै आएकी छन् ।
गीता लक्ष्मी शिवाकोटी |
No comments:
Post a Comment