Thursday, May 9, 2013

चर्नावतीको उत्पादन सुरु, लागत बढ्यो


शम्भु गौतम, दोलखा/दोलखाको भीमेश्वर नगरपालिकामा निर्मित चर्नावती जलविद्युत आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ ।
करिब तीन वर्षघि निर्माण सुरु भएको आयोजना लक्ष्यअनुसारको समयमा निर्माण सम्पन्न हुन नसकेपछि यसको लागत समेत बढेको छ । जडित क्षमता ३ हजार ५ सय २० किलोवाट रहेको आयोजनाको प्रस्तावित लागत ५५ करोड भएकोमा विविध कारणले लागत बृद्धि भई ६७ करोड पुगेको आयोजना प्रबन्धक प्रवीण श्रेष्ठले बताउनुभयो । परीक्षण उत्पादनको क्रममा अहिले ८ सय देखि १
हजार किलोवाट विद्युत उत्पादन भैरहेको पनि श्रेष्ठले जानकारी दिनुभयो ।
दर्ुइ वर्षा सम्पन्न गर्नुपर्ने आयोजना स्थानीय रुपमा भएको विवाद, आयोजनालाई बाढीबाट भएको क्षति आदि कारणले १३ महिना ढिलो भएको छ । अघिल्लो वर्षबाढीले आयोजनाको पेनस्टक पाइप करिब ३ सय मिटर बगाएको थियो । त्यसबाट आयोजनाले करिब ३ करोड नोक्सान समेत व्यहोर्नुपरेको थियो । त्यसबाहेक केही संरचनासमेत बाढीले बगाएका कारण आयोजना ढिला भै त्यसको लागत समेत बृद्धि भएको हो ।
आयोजनाले जिल्लाको मकैवारीस्थित नेपाल विद्युत प्राधिकरणको सवस्टेसनसम्म ७ किलोमिटर लामो विद्युत प्रसारण लाइन तानिसकेको छ । १५ दिनको परीक्षण प्रसारणपछि नेपाल विद्युत प्राधिकरणलाई विद्युत विक्री गरिनेछ ।

No comments:

Post a Comment