Sunday, March 29, 2015

तामाकोशीको शेयर चरिकोटमा मात्र २८ करोड सङ्कलन

दोलखा, चैत १५ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका लागि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुबाट शेयर संकलन गर्ने अन्तिम दिन रकम जम्मा गर्नेहरुको संख्या दोलखामा निकै देखिएको छ । अन्तिम दिनसम्म दोलखा जिल्लाबाट करिब १५ सय कर्मचारीहरुले झण्डै २८ करोड रुपैयाँ जम्मा गरेका छन् ।

नागरिक लगानी कोषले आवेदनका लागि तोकेको राष्ट्रिय बाणिज्य बैंक चरिकोट शाखामा आज आइतबार अन्तिम दिनसम्म ती सञ्चयकर्ताहरुबाट २८ करोड रुपैयाँ बराबरको सेयर संकलन भएको स्थानीय संकलक उपेश विष्टले जानकारी दिएका छन् । हालसम्मको सबैभन्दा ठूलो साधारण सेयर -आइपिओ) निष्काशन भएको सेयरमा बुधबारसम्ममा १५ सय सञ्चयकर्ताले सेयर आवेदन गरेको राष्ट्रिय बाणिज्य बैंक चरिकोट शाखाले जनाएको छ । आवेदन संकलनका लागि करिब २ हजार ७ सय फाराम वितरण भएको कार्यालयले जनाएको छ ।
फागुन ११ देखि आहृवान खुला भएको भए पनि समय अपुग भएको भन्दै नागरिक लगानी कोषले गत फागुन २४ गते एक विज्ञप्ति जारी गरी आवेदन समय चैत १५ सम्म थप गरेको थियो सेयर आवेदन कम्तीमा रु. ५ हजारदेखि ५ लाखसम्म रहेको राष्ट्रिय वाणिज्य बैंक चरिकोट शाखाका उपेश विष्टले जानकारी दिए । सेयर खरिद गर्नेमा सबैभन्दा बढी शिक्षक रहेका छन् भने निजामती, प्रहरी, सेनाहरु निकै कम रहेको विष्टले जानकारी दिए ।
जिल्लामा करिब ४ हजार सञ्चयकर्ताहरु कार्यरत रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय दोलखाको अनुमान रहेको छ । कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम जम्मा गरेका सञ्चयकर्ता, कम्पनीलाई ऋण दिने संस्थाका कर्मचारी तथा कम्पनी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीका लागि सेयर निष्कासन गरेको थियो । कम्पनीले प्रतिशेयर एक सय अंकित ३ करोड ६० लाख ६ हजार -३ अर्ब ६० करोड ६ लाख) बराबरको संस्थागत सेयर निष्काशन गरेको थियो ।
शेयर प्रयोजनका लागि दोलखाका विभिन्न सहकारी संस्थाहरुले ऋण प्रवाह गरेका थिए । सदरमुकामस्थित शिक्षक कल्याण साकोसले मात्रै शेयर प्रयोजनका लागि २ करोड ४२ लाख भन्दा बढी ऋण प्रवाह गरेको सो साकोसका ऋण संयोजक बद्रीकुमार चौलागाईँले जानकारी दिए ।

No comments:

Post a Comment