दोलखा, ७ साउन/अविरल वषर्ाका कारण दोलखाको उत्तरी दर्ुगम मार्वु गाविसमा गएको पहिरोले एकै परिवारका पाँच जना बेपत्ता भएका छन् ।
जिल्लाको मार्वु गाविस वडा नं. १ मा सोमवार बिहान करिब साढे ४ बजे गएको पहिरोले एकै परिवारका पाँचजना पुरेको हो । प्रहरीका अनुसार मार्वु १ का ८२ वषर्ीय पाले थामी, उनकी पत्नी ७५ वषर्ीय शिवलक्ष्मी, छोरी ४३ वर्षी जमुना थामी, जमुनाकी छोरी ११ वर्षी सञ्जु र जमुनाकी दिदीको छोरा विनोद बेपत्ता भएका छन् ।
पहिरोबाट भाग्ने क्रममा स्थानीय ६० वर्षा छत्रबहादुर मगर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक कैलाश र्राईका अनुसार थामीका छ जनाको परिवारमध्ये १५ वषर्ीया छोरी निर्मली थामी भने स्थानीय शिक्षक कुमार गुरुङको घरमा बस्ने गरेकोले सकुशल रहेकी छन् ।
बिहान सखारै पहिरो आएकाले घरसहित परिवारै पहिरोमा पुरिएको स्थानीयले जानकारी दिएका छन् । करिब दर्ुइसय मिटर माथिबाट पहिरो निरन्तर बगेकोले खोजी र उद्धार गर्न समेत समस्या भएको प्रहरीले जानकारी दिएको छ । पहिरोमाथिबाट ठुलो ढुंगा बग्ने अवस्था भएको र वषर्ाका कारण उद्धार गर्नसमेत अप्ठेरो परेको प्रहरीको भनाइ छ । उद्धारका लागि जनपद प्रहरीको १४ जना, सशस्त्र प्रहरीको ११ जना र नेपाली सेनाको ३५ जना, रेडक्रस तथा स्थानीयको टोली खटिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश र्राईले जानकारी दिए । प्रहरीका अनुसार उद्धारको क्रममा सोमवार साँझसम्म पुरिएको घरबाट केही चौपाया मृत अवस्थामा भेटिएको छ ।
पहिरोबाट मंगले मगर, पातले भुजेल, चरित्र मगर, तक्ते थामी र सकिन थामीको परिवार विस्थापित भएको बताइएको छ । मंगले मगर र पातले भुजेलको घर सामान्य क्षति भएको स्थानीयले बताएका छन् ।

No comments:
Post a Comment