Saturday, December 21, 2013

'संकट टरोस्' भन्दै दोलखा भीमेश्वरसम्म विपरीत सवारी

दोलखा, ६ पुस/मुलुकमा संकट टरोस् भन्ने कामना गर्दै पशुपति नाथको जल दोलखा भीमेश्वरमा चढाउन ट्याक्सी चालकले काठमाडौँदेखि चरिकोटसम्मको विपरीत सवारी यात्रा पूरा गरेका छन् ।
हिजो विहान करिब ७ बजे काठमाडौँ पशुपति नाथबाट सुरु गरेको विपरीततर्फो यात्रा आज विहान करिब ९ बजे चरिकोटमा आइपुगेर यात्रा पूरा गरेका हुन् । दोलखा भीमेश्वरलाई पसिना आएपछि मुलुकमा कुनै विपत्ति आइपर्ने जनविश्वास रहेका छ भने सो विपत्ति टरोस् भन्ने कामना गर्दै यसरी विपरीत तर्फो सवारी यात्रा गरिएको ट्याक्सी चालक तेजबहादुर थापा
ले बताए । दोलखा भीमेश्वरलाई पुस ३० गते दिउँसो दर्ुइघण्टासम्म पसिना आएको थियो ।
काठमाडौँबाट विपरित यात्रा गर्दै आएको ट्याक्सीले सदरमुकाम चरिकोटदेखि सुल्टो सवारी चलाएको थियो । काठामाडौँदेखि दोलखा भीमेश्वरसम्म नै विपरीत यात्रा गर्ने उद्देश्यले ल्याइएको ट्याक्सीले स्थानीयहरुको अनुरोध अनुसार सदरमुकाम चरिकोटदेखि सुल्टो सवारीका साथ दोलखा भीमेश्वर पुगेको हो । भीमेश्वरतर्फविपरीत यात्रा गर्नु शुभ नहुने भन्दै स्थानीयले सुल्टो सवारी चलाउन भनेपछि त्यसै गरिएको हो । विपरीत सवारी गर्ने थापासँगै अन्य १० भन्दा बढी निजी तथा भाडाका सवारी साधनहरु छन् ।
दोलखा भीमेश्वरमा पुगेर उनीहरुले पशुपति नाथबाट ल्याएको जल चढाउँदै मुलुकमा आउन सक्ने संकट टरोस् र समयमै संविधान बनोस् भन्ने कामना गरेका थिए । उनीहरुले अव बन्ने संविधानमा मजदूरहरुका एजेण्डा समावेश होस् सन्देश पनि दिएका छन् ।
पशुपति नाथदेखि दोलखा सम्मको यात्राको आयोजना नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, एयरपोर्ट ट्याक्सी एकाइले गरेको हो ।

No comments:

Post a Comment