दोलखा, १७ बैशाख/पौराणिक सहर दोलखामा मच्छिन्द्रनाथको रथ तान्ने क्रममा रथको पाङ्ग्राले किचेर एकजना गम्भीर घाइते भएका छन् ।
रथलाई टसिचा टोलबाट माथिल्लो टोलमा लैजाने क्रममा क्रममा रथले किचेर स्थानीय तिलक नारायण श्रेष्ठको बायाँ गोडा भाँचिएको छ । श्रेष्ठलाई दोलखा बजारस्थित गौरीशंकर जनरल अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि आजै काठमाडौँ लगिएको छ ।
विभिन्न सात टोलमा रथ परिक्रमा गराउने क्रममा आज टसिचाटोलबाट माथिल्लो टोल स्वयम्भूथानसम्मको सबैभन्दा कठिन रथयात्राको क्रममा श्रेष्ठ घाइते भएका हुन् । दोलखामा रथयात्राको क्रममा अहिलेसम् मयति ठुलो घटना नभएको स्थानीय बताउँछन् । ६० ड्रि्रीभन्दा उकालो बाटोमा समेत तानिने रथयात्रा अत्यन्त जोखिमपर्ूण्ा र नेपालममा अन्यत्र नभएको स्थानीय बताउँछन् ।
No comments:
Post a Comment