Sunday, December 15, 2013

भीमेश्वरलाई पसिना, दोलखावासी भयभीत


दोलखा, मंसिर ३०/दोलखा भीमेश्वरको शिलामा आइतवार दिउँसो करिब दर्ुइ घण्टासम्म पसिना आएको छ । भीमेश्वरलाई पसिना आउनुलाई देशमा कुनै अनिष्ट हुने संकेत मानिन्छ भने स्थानीयहरु भयभीत पनि भएका छन् ।
आइतवार दिउँसो करिब ३ बजे राजपूजा सकिनासाथ भीमेश्वरको शिलामा पसिना आएको गुठियार लक्ष्मीनारायण श्रेष्ठले बताए । सुरुमा लक्ष्मीनारायण श्रेष्ठ, टहलवा काशीनारायण श्रेष्ठ र पुजारी डेभिड जोशीले पसिना आएको देखेका थिए । दैनिक दिउँसो करिब २ बजे राजपूजा गर्ने प्रचलन छ । उनीहरुले शिलामा पसिना आएको देखेपछि घण्टा, नगरा बजाएर सबैलाई जानकारी गराएका थिए ।
शिलालाई पसिना आएपछि परम्परा अनुसार मन्दिर परिसरमा रहेको घण्टा, नगरा बजाई सबैलाई जानकारी गराएपछि पसिना आएको हर्ेन मानिसहरुको भीड बढेको स्थानीय भरतनारायण प्रधानले बताए । यसरी परम्पराअनुसार घण्टा, नगरा बजाएपछि
स्थानीय, अरु पूजारी तथा तान्त्रिकहरु मन्दिरमा आउने
र विधिपर्ूवक पूजाआजा गर्ने प्रचलन छ । तान्त्रिकले गोकुल धूप बालेर, चमर हम्किएर पसिना आउञ्जेल पूजा गर्नुपर्ने र घण्टा,  नगरा निरन्तर बजाउनुपर्ने प्रचलन रहेको भीमेश्वर गुठीका अध्यक्ष जीवन श्रेष्ठले बताए ।

भीमेश्वरलाई पसिना आएपछि बालबालिकाहरु पनि घण्टा बजाउँदै ।
पहिला पसिना आउँदा शिलाको दायाँ वा बायाँबाट आउने गरेकोमा यसपटक शिलाको दायाँ, बायाँ र बीच गरी तीन ठाउँबाट आएको पूजारी बुद्धिसागर श्रेष्ठले बताए । शिलाको बाँयापट्ट िपसिना आउँदा जनतालाई दुःख पर्ने र दायाँपट्ट िआउँदा दरवार या राष्ट्रलाई अनिष्ट हुने जनविश्वास रहेको पूजारी श्रेष्ठ बताउँछन् । मूल गुठियार ७९ वषर्ीय डम्बरबहादुर श्रेष्ठले चिन्ता व्यक्त गर्दै भने, 'यो पटक तीन ठाउँबाट पसिना आएको छ, देशमा ठुलै घटना हुन्छ । जनतामा पनि कुनै अनिष्ट हुन्छ ।'
भीमेश्वरको शिलामा आएको पसिनालाई कपासले पुछ्ने र सो कपास पसिना जिल्ला प्रशासन मार्फ दरवार पठाउने परम्परा रहेकोमा राजतन्त्र समाप्त भएपछि राष्ट्रपतिसमक्ष पठाउने गरिएको छ । पसिना पुछिएको कपास राष्ट्रपति समक्ष पठाएपछि राष्ट्रपति कार्यालयबाट क्षमापूजा पठाउनुपर्ने प्रचलन छ । पछिल्लो पटक २०६४ जेष्ठ ५ गते शनिवार राति पसिना आएपछि राजतन्त्र पनि नरहेको र राष्ट्रपति पनि नभएकोले तत्कालीन सरकार प्रमुख प्रधानमन्त्री गिरीजाप्रसाद कोईरालालाई उक्त कपास पर्ठाईएको मूल गुठियार श्रेष्ठले बताए ।
भीमेश्वरको शिलालाई पसिना आउँदा हरेक पटक मुलुकमा कुनै न कुनै ठूलो अनिष्ट भएको गुठियार श्रेष्ठको दावी छ । यसअघि पसिना आउँदा संयोग नै भए पनि कुनै न कुनै अनिष्ट  भएको दलील स्थानीयहरु पेश गर्छन् । १९९० सालमा महाभूकम्प आउनुअघि, १९९७ मा राणा सरकारले चारजनालाई फाँसी दिनुअघि, २००७ मा राणाशासनको अन्त्य हुनुअघि, २०११ मा तत्कालीन राजा त्रिभुवनको मृत्यु हुनुअघि, २०१८ मा ठुलो बाढीपहिरो आउनुअघि भीमेश्वरलाई पसिना आएको थियो । त्यसैगरी २०२८ सालमा पसिना आउँदा राजा महेन्द्रको मृत्यु भएको, २०३५ सालमा पसिना आउँदा जनमत संग्रह भएको, २०४५ साल चैत्रमा पसिना आउँदा ठुलो भूकम्प आएको, २०५७ साल माघ १ र १५ गते पसिना आउँदा २०५८ जेठमा दरवार हत्या काण्ड भएको, २०६१ फागुनमा पसिना आउदा २०६२ सालमा जन आन्दोलन भएको र पछिल्लो पटक २०६४ साल जेष्ठ ५ गते पसिना आउँदा राजतन्त्रको अन्त्य भएको स्थानीयहरुको दावी छ ।

No comments:

Post a Comment