Sunday, April 28, 2013

प्रहरी चौकीका लागि जग्गादान

जग्गाको लालपर्ुजा प्रहरी नायव उरीक्षक ओम प्रसाद
अधिकारीलाई उपलव्ध गराउँदै गैरीमुदीका पदमबहादुर तामाङ ।

शम्भु गौतम/दोलखा, १५ बैशाख/गाउँगाउँमा प्रहरी चौकीहरु स्थापना र पुनर्स्थापनासँगै चौकी स्थापनाका लागि प्रहरीलाई जग्गा दिने क्रम पनि बढ्दै गएको छ । पछिल्लोपटक दोलखाको गैरीमुदीका पदम बहादुर तामाङले चौकी राख्नका लागि आफ्नो जग्गा प्रहरीलाई उपलव्ध गराउनुभएको छ ।
गाउँमा शान्ति सुरक्षाका लागि प्रहरी आवश्यक देखेपछि स्थानीय बृद्ध पदमबहादुर तामाङले अस्थायी प्रहरीचौकी स्थापनाका लागि जग्गा उपलव्ध गराउनुभएको हो ।
गैरीमुदी गाउँ विकास समिति ७ का ७९ वषर्ीय तामाङले सोही गाउँमा अस्थायी प्रहरी पोष्ट स्थापनाका लागि
३ सय २० वर्ग मिटर जग्गा उपलव्ध गराउनुभएको हो । तामाङले आइतवार करिब २ लाख मूल्य पर्ने सो जग्गाको लालपर्ुजा प्रहरी नायव उपरीक्षक ओमप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो । सो स्थानमा यस अघि नै अस्थायी प्रहरी पोष्ट राखिएको भए पनि तामाङकै छोराहरुको घरमा बस्दै आएको थियो ।
जग्गा हस्तान्तरण गर्दै तामाङले भन्नुभयो, 'गाउँमा शान्ति सुरक्षाको लागि प्रहरी चाहिने रहेछ, त्यसैले जग्गा दिएँ । यसअघि सरकारले हेरे पनि गाउँलेले कुरो बुझेको थिएन ।' तामाङले अव गाउँको शान्ति सुरक्षामा सुधार हुनेमा विश्वास व्यक्त गर्नुभयो । प्रहरी नायव उपरीक्षक ओमप्रसाद अधिकारीले शान्ति सुरक्षाका दृष्टिले संवेदनशील गैरीमुदी क्षेत्रमा तामाङले जग्गा उपलव्ध गराएपछि अस्थायी पोष्टलाई स्थायी गर्न सरकारलाई दवाव मिलेको बताउनुभयो ।
दोलखाको उत्तरी क्षेत्रको सिँगटी इलाका प्रहरी कार्यालय स्थापनाका लागि पनि स्थानीयले यसअघि नै जग्गा उपलव्ध गराइसकेको छन् । स्थानीय ओली र खड्काहरुको गुठी खोलीखिम तथा भैरवेश्वरबीच विवाद भएको जग्गा प्रहरीलाई दिन दुवै पक्ष सहमत भएपछि अहिले इलाका प्रहरी कार्यालय भवन निर्माण भैरहेको छ । उनीहरुले करिब ५ लाख मूल्य पर्ने ६ सय ३५ वर्गमिटर जग्गा उपलव्ध गराएका थिए ।
त्यसैगरी जिल्लाको पश्चिमी क्षेत्रको मागापौवा इलाका प्रहरी कार्यालय स्थापनाका लागि पनि स्थानीयले जग्गा उपलव्ध गराएका छन् । स्थानीय ओमबहादुर श्रेष्ठले उपलव्ध गराएको १ सय ५९ वर्गामिटर जग्गा अपुग भएपछि ओमबहादुर श्रेष्ठ र जयबहादुर श्रेष्ठले ३/३ आना थप गरी जम्मा १० आना जग्गा उपलव्ध गराउने प्रतिबद्धता उनीहरुले गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखा, इलाका प्रहरी कार्यालयहरु जिरी, सिँगटी, मैनापोखरी तथा प्रहरी चौकीहरु लामागवर र किर्नेटारको आफ्नै भवन छ । जिल्लाका अन्य सबैजसो इलाका प्रहरी कार्यालय, चौकी तथा अस्थायी पोष्टहरु भाडामा बस्दै आएको प्रहरी नायव उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment