Tuesday, April 23, 2013

दोलखाका निजी बनको काठबाट ३८ लाख राजश्व संकलन


दोलखा, १० बैशाख/वनक्षेत्रको अवस्था राम्रो भएको दोलखामा निजी बनको अवस्था पनि राम्रो पाइएको छ । दोलखाका निजी बनका काठबाट मात्रै यस वर्ष३८ लाख बढी राजश्व संकलन भएको छ ।
यस आर्थिक वर्षो दोस्रो चौमासिकसम्म एक लाख ९८ हजार दर्ुइ सय छ क्युविक फिट काठबाट ३८ लाख २० हजार ४ सय ४४ रुपैयाँ राजश्व संकलन भएको जिल्ला बन अधिकृत रामकुमार भण्डारीले जानकारी दिए ।
यो राजश्व रकममध्ये २८ लाख ५५ हजार छ सय ८१ भ्याटमार्फ र ९ लाख ६४ हजार ७ सय ६३ वन विकास कोष शुल्क बापत संकलन भएको हो ।
गत फागुन मसान्तसम्मको तथ्यांकअनुसार जिल्लाका निजी बनमा उत्पादन भएका कूल काठमध्ये ४३ हजार १६ क्यविक फिट काठ भने जिल्लामा नै खपत हुने गरेको छ । अन्य एक लाख ५५ हजार २ सय क्युविक फिट काठ जिल्ला बाहिरका काठमाडौँ उपत्यका, बनेपा लगायतका ठाउँहरुमा जाने गरेको छ । जिल्लामा एउटा प्लाइ उद्योगसहित ७ वटा भेनियर कारखानाहरु रहेका छन् ।
दोलखाका सामुदायिक वनहरुबाट यदाकदा अनियमित काठ विक्री गर्नेे आरोप लाग्ने गरेको छ । केही उपभोक्ताहरुले आफूले पाएको काठ चिरानीका लागि मिलमा लैजाँदा त्येतैबाट बेच्ने गरेको तथ्य जिल्ला बन अधिकृत भण्डारीले पनि स्वीकार गरे । उनले भने, 'तर त्यस्तो अवस्था अत्यन्त न्यून छ । त्यस्तो जानकारी पाएपछि अहिले पेट्रोलिङ सुरु गरेका छौँ । नचाहिने मान्छेले सामुदायिक बनबाट काठ लिँला त्यस्तो अवस्था आएको हो ।'
दोलखामा सामुदायिक वनका कारण समग्र बनक्षेत्रको अवस्था उल्लेखनीय भएको जिल्ला बन अधिकृत भण्डारी बताउनुहुन्छ । जिल्लामा दर्ता भएका ३ सय ९५ सामुदायिक वन मध्ये ५५ वटा सामुदायिक बन अहिले गौरीशंकर संरक्षण क्षेत्रमा पर्दछन् । दोलखामा कूल जमिनको ४७ प्रतिशत वन क्षेत्र छ । त्यो क्षेत्रमध्ये अहिले ६४ प्रतिशत गौरीशंकर संरक्षण क्षेत्रमा पर्छ । गौरीशंकर संरक्षण क्षेत्र राम्रोसँग सञ्चालन नभैसकेकोले यही संक्रमणको फाइदा उठाएर उपभोक्ताहरुले त्यसबाट दुरुपयोग गरिरहेको जिल्ला बन अधिकृत भण्डारीको धारणा छ ।

No comments:

Post a Comment