जग्गाको लालपुर्जा महासंघलाई हस्तान्तरण गर्दै बिरध्वज |
दोलखा, २४ चैत्र/नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखा सूचना पार्क सहितको आफ्नै भवन निर्माण अभियानमा जुटिरहेका बेला समाजसेवी वीरध्वज शिवाकोटीले भवन निर्माणको सहयोगार्थ जग्गा दान गरेका छन् ।
सुस्पाक्षमावती गाविसको एक लाख १५ हजार रुपैयाँ मूल्य पर्ने रुखहरु सहित करिब दर्ुइ सय वर्गमिटर जग्गा ८६ वषर्ीय शिवाकोटीले महासंघलाई हस्तान्तरण गरेका हुन् ।
शिवाकोटीसँगै उनका छोराहरु राम, हरि र राजनले संयुक्त रुपमा जग्गा दान गरेका हुन् । शिवाकोटीले जग्गाका साथै ५ हजार ५ सय नगद समेत सहयोग गरेका छन् ।
त्यसैगरी महासंघको भवन निर्माणका लागि विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । डिभिजन सिँचाइ कार्यालय दोलखाका प्रमुख अक्षरगोपाल श्रेष्ठले ११ हजार, जिल्ला प्रशासन कार्यालयले ५ हजार, जिल्ला प्रहरी कार्यालयले ५ हजार, जिल्ला प्राविधिक कार्यालयका छत्र कार्कीले ५ हजार रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै समाजसेवी धनञ्जय शिवाकोटीले ११ हजार १ सय ११, दोलखा पोखरा मिलन समाजले १० हजार, पोखरा बस्ने दोलखाली यादव वस्नेतले ५ हजार, पत्रकार इश्वरी न्यौपाने र कविता न्यौपानेले ५ हजार सहयोग गरेका छन् ।
महासंघको भवन निर्माण लागि नेकपा एमाले दोलखाका अध्यक्ष पार्वत गुरुङले ५ हजार ५ सय, नेपाल आदिवासी जनजाति महासंघ दोलखाका अध्यक्ष जङ्गबहादुर गुरुङले ४ हजार ५ सय, युवा संघ दोलखाका अध्यक्ष महाराज गुरुङले २ हजार एक सय, पत्रकारद्वय सञ्जीव दाहाल र श्रखिण्ड साप्ताहिकका गोकर्ण्र्ााण्डारीले दर्ुइदर्ुइ हजार र त्रिपुरा ग्लोरियस एकेडेमीका प्रिन्सिपल दीपक शर्माले दर्ुइहजार सहयोग गरेका छन् ।
करिब दर्ुइ करोड रुपैयाँ लागतमा बहुउद्देश्यीय भवन निर्माण गर्ने उद्देश्य दोलखा पत्रकार महासंघले राखेको छ । विभिन्न संघसंस्थाहरु, व्यक्तिहरुले गरेको सहयोग करिब ४० लाख पुगिसकेको छ ।
No comments:
Post a Comment