Monday, March 30, 2015

तामाकोशीमा सुल्झियो समस्या

दोलखा, चैत १६/माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कामदारहरुले शेयरको माग गर्दै काममा अवरोध गरेपछि सिर्जित समस्या सोमवारबाट सुल्भिmएको छ र सबै कामदारहरु काममा फर्किएका छन् ।
१७ दिनदेखि आयोजनामा कार्यरत कामदारहरुले आफूहरुलाई पनि आयोजनामा शेयरको हक हुनुपर्ने दावी गर्दै आयोजनाको काम ठप्प पारेपछि उनीहरुसँग पटकपटक वार्ता भएको
थियो । पछिल्लोपटक चैत ११ गते काठमाडौँस्थित कार्यालयमा भएको वार्ता नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन, क्युपेकसँग एकलौटी रुपमा भएको भन्दै अन्य मजदुर संगठनहरुले असहमती जनाएपछि वार्ता विथोलिएको थियो । सोमवार आयोजनामा कार्यरत सबै मजदुर संगठनसहितको वार्ता दोलखा सदरमुकाम चरिकोटमा भएपछि समस्या सुल्भिmएको हो । वार्तामा विभिन्न राजनीतिक दलहरुसँग आवद्ध मजदुर संगठनहरुसहितको कार्यदल गठन गर्ने सहमती भएपछि आन्दोलनरत मजदुरहरुले आन्दोलन छाडेर काममा जान सहमत भएका हुन् ।
आन्दोलनरत कामदार र आयोजनाका अधिकारीहरुबीच सोमवार चरिकोटमा भएको वार्ताले सोमवारदेखि नै काम सुरु गर्ने सहभती गरेको हो । वार्ताले मजदुरहरुलाई शेयर दिने विधि तय गर्न विशेषज्ञ सहितको अधिकारसम्पन्न कार्यदल गठन गर्ने र सो कार्यदलले एक महिनाभित्र प्रतिवेदन पेश गर्ने सहभती भएको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिए । कार्यदलमा मजदुर संगठनहरुको तर्फाट विभिन्न ६ वटा संगठनका ६ जना प्रतिनिधिहरु र आयोजनाको तर्फाट तीन जना गरी ९ सदस्य रहने सहमती भएको छ ।
वार्तामा नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ, नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन, अखिल नेपाल ऊर्जा तथा खानी मजदुर संघ, अखिल नेपाल क्रान्तिकारी निर्माण संघ, अखिल नेपाल क्रान्तिकारी ऊर्जा तथा खानी मजदुर, नेपाल क्रान्तिकारी स्वतन्त्र उर्जा, खानी तथा प्राविधिक श्रमिक संगठनका प्रतिनिधिहरु सहभागी थिए । त्यसैगरी प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, सिनो हाइड्रोका तर्फाट प्रमख सल्लाहकार भीम घिमिरे र आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेसहित मजदुरहरुको सहभागिता थियो ।
आयोजनामा कार्यरत करिब ८ सय ५० मजदुरहरुले आफूहरुलाई ५ सय कित्ताका दरले शेयर हाल्न पाउनुपर्ने माग राख्दै करिब तीन साता अघिदेखि आयोजनाको काम ठप्प पारी आन्दोलन गर्दै आएका थिए । उनीहरुले आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठ र सञ्चालक शेरसिंह भाटको राजीनामाको माग समेत गर्दै आएका थिए ।
३५ अर्व २९ करोड रुपैयाँको लागतमा निर्माण हुँदै गरेको स्वदेशी लगानीको हालसम्म सबैभन्दा ठुलो निर्माणाधीन आयोजनाको काम करिब ७३ प्रतिशत काम सम्पन्न भैसकेको छ ।

No comments:

Post a Comment