Tuesday, April 9, 2013

चरिकोटका अधिकांश पसलमा म्याद नाघेका सामान


दोलखा, चैत्र १९/दोलखा सदरमुकाम चरिकोटका अधिकांश पसलहरुमा म्याद नाघेका सामान बिक्रीमा राखेको पाइएको छ ।
स्थानीय प्रशासनले सोमवार गरेको अनुगमनका क्रममा सदरमुकाम चरिकोटका किराना पसलमा म्याद नाघेका सामान भेटिएको हो । अनुगमनका क्रममा पसलहरुबाट म्याद नाघेका चाउचाउ, रियल जुस, भुजिया, विस्कुट, मसला अगायतका खाद्यसामग्रीहरु बरामद गरिएको छ । अनुगमन टोली प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद अधिकारीले भन्नुभयो, 'अनुगमन गरिएका सबै पसलहरुबाट कुनै न कुनै सामान म्याद नाघेको पाइयो ।'

अधिकांश पसलहरुले मूल्यसूचि पनि राखेको पाइएन । केही पसलहरुले राखेको मूल्यसूचि पनि दैनिक रुपमा परिवर्तन गर्न मिल्नेगरी राख्नुपर्नेमा फ्लेक्समा परिवर्तन गर्न नमिल्नेगरी राखेको पाइएको थियो । चरिकोटमा किराना पसलहरुपिच्छे मूल्य फरकफरक हुने गरेको छ ।
सोमवार अनुगमन टोलीले चरिकोटका दर्ुइवटा ठुला होटल तथा विभिन्न साना होटलहरुको पनि अनुगमन गरेको छ । सदरमुकामको चरिघ्याङ होटल विना दर्ता चलाइएको पाइएको थियो भने च्छोरोल्पा होटल नामसारी नगरी चलाएको टोली प्रमुखले जानकारी दिएका छन् । ठुला तथा साना होटलहरुको किचेन उपयुक्त नपाइएको पनि टोलीले जानकारी दिएको छ । होटलहरुमा धुमपान निषेधका बोर्डहरु समेत राखिएको पाइएन ।
नियम विपरीत सञ्चालित होटलहरुलाई कानुनअनुसार चलाउन समयसीमा दिइएको छ । किराना पसलहरुमा नियमपर्ूवक मूल्यसूचि राख्न दोलखा उद्योग वाणिज्य संघसँग समन्वय गरिने बताइएको छ । पसलेहरुलाई म्याद नाघेका सामानहरु नबेच्न निर्देशन दिइएको छ ।

No comments:

Post a Comment