विद्युत गृहको सुरुङ चर्किएको र आयोजनामा अनियमितता भएको समाचार प्रकाशन प्रशारण भएपछि मन्त्री झाले आयोजनाको आकस्मिक निरीक्षण गरेका हुन् । सो क्रममा आयोजना निमित्त प्रमुख विज्ञानप्रसाद श्रेष्ठले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत गृहको सुरुङ चर्किएपछि आयोजना कम्तीमा तीन महिना ढिलो हुने
जानकारी गराएका थिए । चर्किएको सुरुङ टि्रटमेन्टका लागि करिब ४ करोड रुपैयाँ थप खर्च हुने जानकारी पनि आयोजना निमित्त प्रमुख श्रेष्ठले जानकारी दिए ।
विद्युतगृहको एक सय ४२ मिटर लामो सुरुङमध्ये करिब ७० मिटर चर्केको थियो । चर्किएको सुरुङको करिब आधाजसो भाग मर्मत भैसकेको जानकारी मन्त्री झालाई आयोजनाका निमित्त प्रमुख विज्ञानप्रसाद श्रेष्ठले गराए ।
पावर हाउस सुरुङमा चर्किएको भाग मर्मत गर्ने क्रममा |
आयोजनामा आयोजना प्रमुखसहित उच्च पदहरु रिक्त रहेका कारण पनि आयोजना ढिलो भएको गुनासो आइरहेका बेला मन्त्री झाले कर्मचारीको पदपर्ूर्ति दर्ुइ साताभित्र गरिसक्ने प्रतिवद्धता व्यक्त गरे । अहिले आयोजनामा आयोजना प्रमुख सहित उच्च तहका छ पद रिक्त रहेका छन् भने अन्य पदहरु पनि रिक्त छन् । आयोजनामा कूल एक सय ८२ दरबन्दी छ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक रामेश्वर यादवले आयोजना प्रमुख प्रतिस्पर्धाबाट छनोटको तयारी भैरहेको जानकारी दिए ।
पावर हाउस सुरुङमा चर्किएको भाग मर्मत गर्ने क्रममा |
रेजबोरिङ मेशिनको खराबीका कारण पेनस्टकको चार सय मिटर ठाडो साफ्ट सुरुङ ३० मिटर छड्के भएको भए पनि त्यसबाट आयोजना ढिलाइ नहुने र त्यसवापतको खर्चको भार पनि आयोजनालाई नपर्ने निमित्त प्रमुख श्रेष्ठले जानकारी दिए ।
आयोजनाको जम्मा सुरुङ १६ किलोमिटर मध्ये शनिवारसम्म १० दशमलव ४५३ किलोमिटर सम्पन्न भैसकेको छ । जम्मा काममध्ये ४७ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ । आयोजनाको लागत ३५ अर्व २९ करोड रहेको छ ।
No comments:
Post a Comment