Monday, May 6, 2013

मिर्गे हत्याकाण्डका दुई दोषीलाई जन्मकैद


शम्भु गौतम, दोलखा, २३ बैशाख/
करिब तीनवर्षअघि दोलखाको एउटा विद्यालय व्यवस्थापन समिति गठनको विषयमा झडप हुँदा एकजनाको मृत्यु भएकोमा त्यसका दर्ुइजना दोषीहरुलाई दोलखा जिल्ला अदालतले जन्मकैदको फैसाला गरेको छ ।
जिल्लाको मिर्गे गाविसस्थित कालिढुङ्गा माध्यमिक विद्यालय व्यवस्थापन समिति गठनको विषयमा भएको झडपमा मिर्गे गाविस ८ का दीपक दाहालको हत्या भएको थियो ।
सो हत्या प्रकरणका दोषी मिर्गे ७ का सीताराम दाहाल र मिर्गे ७ कै गोविन्द दाहाललाई जन्म कैदको फैसला गरेको हो । जिल्ला न्यायाधीश प्रभा बस्नेतको इजलासले उनीहरुलाई घटनामा प्रत्यक्ष संलग्न भएको भन्दै मुलुकी ऐनको ज्यान मार्ने महलको धारा १७ उपधारा ३ बमोजिम सोमवार सो फैसला गरेको हो ।
२०६६ साल चैत्र ६ गते विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर भएको झडपमा दिपक दाहालको हत्या भएको थियो । हत्यामा संलग्न भएको भन्दै १४ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो । जिल्ला अदालतले हत्यामा सहयोग गरेको भन्दै मिर्गे गाविस वडा नं. ७ बस्ने र्सर्ुय बहादुर दाहाल, पष्करकुमार दाहाल, छत्र दाहाल र कुलप्रसाद दाहाललाई जनही २ वर्षकैदको फैसला गरेको छ । अन्य अभियुक्तहरुलाई अदालतले सफाइ दिएको छ ।
यसैगरी दमयन्ती दाहालको घरमा आगजनी गरेको मुद्दामा २ जनालाई ४ वर्षकैद सजायको फैसला गरिएको छ । दाहालको हत्यापछि आक्रोशित समूहले दमयन्ती दाहालको घरमा आगजनी गरेको थियो । आगजनी मुद्दामा मिर्गे ८ का रामशरण नेपाली र तेज बहादुर दाहाललाई जनही ४ वर्षकैदको सजायको फैसलागरेको हो । आगलागीमा सहयोग गरेकोमा मिर्गे ८ का शेषनारायण दाहाल, रञ्जिबकुमार दाहाल, निरोज दाहाल र मिर्गे ९ का तेञ्जिङ शर्ेपालाई जनही २ वर्षकैद हुने फैसला अदालतले गरेको छ । यसै घटनामा आधारित डाका मुद्दा भने अदालतले खारेज गरेको जिल्ला न्यायाधिवक्ता कैलास केसीले जानकारी दिए ।

No comments:

Post a Comment