दोलखा, ९ बैशाख/दोलखा एमालेको आठौँ जिल्ला अधिवेशन २८ बुँदे प्रस्ताव पारित गर्दै समाप्त भएको छ ।
दर्ुइ दिनमा सम्पन्न गर्ने भनिएको अधिवेशन तेस्रो दिन राति अबेर मात्रै र्सवसम्मत जिल्ला कार्यसमिति चयन गर्दै समापन भएको हो । जिल्ला अधिवेशनलर्ेर् इश्वरचन्द्र पोखरेलको अध्यक्षतामा ६९ सदस्यीय जिल्ला कमिटीको चयन गरेको छ । नवनिर्वाचित जिल्ला कमिटीले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा अधिवेशनबाट २८ बुँदे प्रस्ताव पारित गरिएको जानकारी नवनिर्वाचित अध्यक्ष पोखरेलले गराउनुभएको थियो ।
अधिवेशनले दोस्रो संविधानसभाको निर्वाचनको निम्ति वातावरण बनाई यथाशीघ्र मिति घोषणा गर्न, स्थानीय निकायमा रहेको राजनीतिक शून्यता अन्त गर्न स्थानीय निकायको निर्वाचन तत्काल गर्न माग गरिएको छ । त्यसैगरी राष्ट्रियता माथि भैरहेको प्रहार, भैरहेको संकट तथा वैदेशिक हस्तक्षेप रोक्न राष्ट्रवादी राजनीतिक शक्तिबीच एकता र सुदृढीकरणको माग पनि गरिएको छ । पारित प्रस्तावमा विगतमा छिमेकी मित्रराष्ट्र भारतसँग गरिएका असमान सन्धी, सम्झौताहरु पुनरावलोकन गर्दै परिवर्तित परिस्थिति अनुरुप परिमार्जन गर्न गराउन नेपाल सरकार तथा दलका शर्ीष्ा नेतासमक्ष माग गरिएको छ ।
त्यसैगरी नेपालकै गौरब, स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई लक्ष्यअनुरुप गुणस्तर कायम गराउँदै समयमै सम्पन्न गराउन सम्बद्ध पक्षसँग माग गरिएको छ । उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो भनिएको जनकपुरा फलाक राजमार्गको निर्माण विस्तार तथा सञ्चालन यथाशीघ्र गर्नका लागि माग गरिएको छ । सो मार्गको लामाबगर फलाक खण्ड समयमै निर्माण नगरिए त्यसबाट माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँधस्थलमा क्षति पुर्याउने भएकोले सो खण्डको कार्य तत्काल अघि बढाउन पनि माग गरिएको छ ।
No comments:
Post a Comment