Sunday, May 31, 2015

दुर्गममा आठौँ दिनमा राहत, शव ल्याउन अझै सकिएन


दोलखा, १९ बैशाख/विनासकारी भूकम्पले अधिकांशको घरवास उठाएको आठौँ दिन दोलखा जिल्ला दैवी प्रकोप उद्धार समितिले दोलखाको दर्ुगम गाउँहरुमा राहत पठाएको छ ।
शनिवार नेपाली सेना र भारतीय वायुसेनाको हेलिकप्टरले दोलखाका विभिन्न दुर्गम गाउँहरुमा पाल, चामल, विस्कुट, चाउचाउ लगायतका राहत सामग्री पठाएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।
राहत साम्रग्रीको अभावमा खुला आकाशमा भोकै बस्न बाध्य भएका उत्तरी दुर्गमका आलम्पु, विगु, सिमीगाउँ, ओराङ, लादुक, चङ्खु, मार्बु, खोपाचागु, खारे र दक्षिणका दूधपोखरी, डाँडाखर्कका पीडितहरुका लागि शनिवार राहत सामग्री पठाइएको हो ।

आफ्नो उद्धार आफैँ गरे नेत्रहिन यज्ञले, अव गुजाराको समस्या


दोलखा, १९ बैशाख/अघिल्लो शनिवारको महाभूकम्पमा परी कैयौँ सबलाङ्गहरुले ज्यान गुमाउन बाध्य भए तर दोलखा भीमेश्वर नगरपालिका २ का नेत्रहिन यज्ञले चाहिँ आफ्नो ज्यान आफैँले जोगाउन सफल भएका छन् ।
भीमेश्वर नगरपालिका २ तिखातलका ३४ वर्षीय यज्ञबहादुर श्रेष्ठ महाभूकम्प आउँदा घरमै थिए । घर धेरै हल्लिन थालेपछि उनलाई निक्कै डर लाग्यो र जसोतसो भागेर बाहिर निस्किन सफल

दोलखा भीमेश्वर जोगियो, पुराना गुम्बा ध्वस्त


दोलखा, १८ बैशाख/प्रलयकारी भूकम्पमा परी दोलखाका महत्वपूर्ण ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरु ध्वस्त भएका छन् भने दोलखा भीमेश्वरको मन्दिर भने जोगिएको छ ।
महाभूकम्पले ठुलो जनधनको क्षति गरेका बेला प्रसिद्ध दोलखा भीमेश्वरको मन्दिरलाई भने कुनै क्षति भएको छैन । मन्दिर अगाडि करिब ३० फिट अग्लो शिलास्तम्भ र त्यसमाथि सिंहमूर्ति रहेकोमा त्यसलाई कुनै क्षति नपुगेको भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठले बताए । मन्दिर र त्यसको परिसरमा समेत कुनै चिरा परेको छैन ।
दोलखा भीमेश्वर मन्दिर नजिकै रहेको त्रिपुरा सुन्दरी मन्दिरमा समेत केही क्षति पुगेको छ । मन्दिरलाई जीर्णोद्धार गर्दा मर्मत गरेको गारो केही भत्किएको स्थानीय श्यामकृष्ण प्रधानले बताए । मन्दिरको गारो केही ठाउँमा चर्किर्एको, झ्यालसँगैको गारो खसेको पनि उनले बताए ।
नेपालकै पुरानो र आनीहरु पढाउने पूर्वी नेपालको एकमात्र विगु गुम्बाका नामले चिनिने टसी छिमेगछल गुम्बा पनि ध्वस्त भएको स्थानीय श्याम बुढाथोकीले बताए । उनका अनुसार गुम्बाभन्दा माथिको पहाड भत्किएर गुम्बालाई ध्वस्त बनाएको हो । गुम्बाका आनीहरु सामान्य घाइते भए पनि कुनै अप्रिय घटना नभएको उनले बताए ।
त्यसैगरी विगु गुम्बाभन्दा पनि पुरानो मानिएको दोलखाको लामाबगरस्थित लप्ची गुम्बा पनि क्षतविक्षत भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अजय केसीका अनुसार गुम्बाभन्दा माथिको पहाडबाट लडेर आएको ढुङ्गाहरुले गुम्बालाई क्षत्रि्रस्त बनाएको हो । सो गुम्बामा हरेक १२ वर्षो फागुन महिनाभरि विश्वभरिका बौद्धधर्मावलम्बीहरु जम्मा भई ठुलो चाड मनाउने गर्दथे ।
पछिल्लो समय प्रशस्त पर्यटकहरु जाने गरेको प्रसिद्ध कालिन्चोक भगवती भन्दिर पनि क्षत्रि्रस्त भएको छ । ३ हजार ८ सय ४२ मिटरको उचाइको टाकुरोमा रहेको मन्दिर सो टाकुरामा ठुला ठुला धजा फाटेर क्षत्रि्रस्त भएको भूकम्प गएकै दिन मन्दिर पुगेका शोभा केसीले जानकारी दिइन् । मन्दिरमा जानका लागि टाकुरोको पश्चिमीपटि्ट रहेको अर्को टाकुरोबाट फलामको भर्‍याङ चढेर जानुपर्नेमा ती दुइ टाकुरा फाटेपछि भर्‍याङबाट जाने बाटो बन्द भएको उनले बताइन् । पछिल्लो समय नयाँ गन्तव्यको रुपमा विकास हुँदै गरेको कालिन्चोकमा दैनिक सर्यौको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु जान थालेका थिए ।
ऐतिहासिक सहर दोलखामा रहेको नेपालको पहिलो टक्सार घर भने सामान्य क्षति भएको छ । घरको अघिल्लो भागमा सानासाना चिरा देखिएको छ भने भवनको माथिल्लो भागका केही इँटाहरु खसेका छन् । दोलखा सहरमा रहेका ६ वटा मल्लकालीन भवनहरु मध्ये ड्वाकुलुङ्गामा रहेको तीनवटा भवन भत्किएको छ । त्यसैगरी तल्लो टोलमा रहेको ड्वाकुडाकस छेँ पनि भत्किएको छ । दोलखा सहरका ९९ प्रतिशत घरहरु बस्न नमिल्नेगरी क्षति भएका छन् ।
दोलखा जिल्लामा सयौँको संख्यामा मन्दिरहरु, ५० भन्दा बढी गुम्बाहरु रहेको भए पनि सबै मन्दिर तथा गुम्बाहरुको अवस्थाबारे जानकारी प्राप्त भैसकेको भने छैन ।

दोलखामा राहत वितरण सुरु


दोलखा, १७ बैशाख/महाभूकम्पले वितण्डा मच्चाएको ६ दिनबाट दोलखामा राहत वितरण कार्य सुरु भएको छ ।
विहिवार जिल्ला दैवी प्रकोप उद्धार समितिले दोलखाका विभिन्न २८ गाविस र दुइ वटा नगरपालिकामा आर्थिक राहत वितरण गर्न कर्मचारीहरुलाई खटाएको छ ।

Tuesday, May 5, 2015

राहत नपाएको भन्दै जिल्ला प्रशासनमा तोडफोड

दोलखा, १६ बैशाख/महाभूकम्पमा परेको ५ दिन बितिसक्दा समेत राहत नपाएको भन्दै स्थानीय आक्रोशित समूहले जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति कार्यालय तोडफोड गरेका छन् । आक्रोशित समूहले जिल्ला प्रशासन कार्यालयभित्र पसी कुर्सी र टेबुलहरु बाहिर निकालेर आगजानी समेत गरेका छन् ।
शनिबार र आइतबारको भुकम्पमा परी दोलखाको ९५ प्रतिशत घरहरु ध्वस्त भएका कारण नागरिकहरु ५ दिनदेखि खुल्ला आकाशमुनि रात विताउन बाध्य छन् । त्यसमाथि पटक पटकको झरी र चट्याङ पर्न थालेपछि नागरिकहरुको बिजोग बढ्दै गएको छ ।

दोलखामा ५५ को मृत्यु, ९५ प्रतिशत घरमा क्षति

दोलखा, १५ बैशाख/तीन दिन अघिको महाभूकम्पमा परी दोलखाका ५५ जनाले ज्यान गुमाएका छन् भने एक सय बढी घाइते भएका छन् ।
मंगलवार दिउँसोसम्म ५५ जनाको शव फेला परेको भनिए पनि मृतकहरुको संख्या बढ्न सक्ने बताइएको छ । सबैभन्दा बढी जफे गाविसमा ११ जनाको ज्यान गएको छ भने भीमेश्वर नगरपालिकामा ९ जनाको ज्यान लिएको छ । दोलखाको उत्तरी क्षेत्रको लामाबगर क्षेत्रमा करिब ७ सय जना अलपत्र परेकाहरुको उद्धार हुन सकेको छैन ।

त्यसैगरी उत्तरी क्षेत्रको लामाबगर, ओराङ लगायतका गाविसको लेकमा यार्सागुम्बा संकलनका लागि गएका ३ सय बढी मानिसहरु सर्म्पर्कमा छैनन् । यार्सागुम्बा संकलनका लागि ३ हजार भन्दा बढी मानिसहरु ती क्षेत्रहरुमा गएको बताइएको छ ।