Sunday, May 19, 2013

एकीकृत सुरक्षा योजनाको गृहकार्य हुँदै



दोलखा ५ जेठ/दोस्रो संविधानसभाको निर्वाचनका लागि सरकारले एकीकृत सुरक्षा योजनाको तयारी गरिरहेको प्रहरी महानिरीक्षक कुबेर सिंह रानाले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाको नवनिर्मित भवनको उद्घाटन गर्न सदरमुकाम चरिकोट पुगेका महानिरीक्षक रानाले आज आयोजित पत्रकार सम्मेलनमा आगामी संविधानसभाको निर्वाचनलाई प्रभावकारी ढंगले सम्पन्न गर्नका लागि सरकारले एकीकृत सुरक्षा योजना तयारीको गृहकार्य गरिरहेको बताए ।

Saturday, May 18, 2013

प्रहरी महानिरीक्षक कठघरामा, दलहरु प्रश्नकर्ता !



दोलखा ४ जेठ/सधैँ देखिने दृश्य हुन्थ्यो - दलहरु पत्रकार सम्मेलन गर्ने र पत्रकारहरु उनीहरुलाई प्रश्न सोध्ने, तर आज दृश्य अलि फरक थियो । दलहरु प्रश्न गरिरहेका थिए र उत्तर दिन कठघरामा थिए - प्रहरी महानिरीक्षक कुबेरसिंह राना ।

कार्यक्रम थियो, दोलखा प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनको । औपचारिक कार्यक्रम सकियो । प्रहरी महानिरीक्षक राना पत्रकारहरुसँग केही समय बिताउन चाहन्थे । कार्यक्रमपछि पत्रकार सम्मेलनको योजना थियो । तर पत्रकारहरुले उद्घाटन कार्यक्रमलगत्तै पत्रकार सम्मेलनको खासै अर्थ नहुने भनेपछि पत्रकार सम्मेलन भोलिपल्टका लागि सर्‍यो ।

संविधासभामा केन्द्रित हुन प्रहरीलाई निर्देशन

जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक कुबेरसिंह राना ।

दोलखा ४ जेठ/मुलुक संविधानसभाको निर्वाचनको सँघारमा उभिएको वर्तमान परिस्थितिमा शान्त, सभ्य र निश्पक्ष तवरले निर्वाचन सम्पन्न गरी स्थायी शान्ति स्थापना गर्ने प्रमुख दायित्व नेपाल प्रहरीको भएकोले 'प|mन्टलाइन एजेन्सी'का रुपमा उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले सम्पर्ूण्ा प्रहरीलाई निर्देश गरेका छन्

Monday, May 13, 2013

तीनदिनदेखि विजुली अवरुद्ध, जनवीवन प्रभावित


दोलखा ३० बैशाख/गत शनिवार राती आएको हावाहुरीका कारण विजुली अवरुद्ध हुँदा दोलखाको जनजीवन प्रभावित भएको छ ।
तीन दिनदेखि विजुली बन्द हुँदा जिल्लाको व्यापार व्यवसाय, बैकिङ क्षेत्र प्रभावित भएको छ । मोबाइल टेलिफोन अधिकांश बन्द भएपछि सञ्चार सम्बन्ध पनि विच्छेद भएको छ । चार वटा एफएम रेडियो भएको दोलखाको जिरीमा सञ्चालित रेडियो हिमाली बन्द भएको छ भने अरु बन्द हुने अवस्थामा पुगेका छन् । कक्षा ११ को परीक्षा सुरु हुन लागेका बेला विजुली बन्द हुँदा विद्याार्थीहरुको पठनपाठन कार्यमा बाधा परेको छ ।
शनिवार राती आएको हावाहुरीका कारण सिन्धुपाल्चोक जिल्लाको ठुलोपाखरमा विद्युत लाइनमा रुप परेपछि ७ वटा पोल भाँचिएका छन् । त्यसैगरी भीमेश्वर नगरपालिकाको जिलूमा चारवटा र माटी क्षेत्रमा एउटा पोल भाँचिएको विद्युत प्राधिकरण दोलखाका प्रमुख गोपालचन्द्र खतिवडाले ले जानकारी दिए । कतिपय सदरमुकाम वरपर कैयौँ ठाउँमा विजुलीको पोल ढालेको छ ।
भाँचिएका पोलहरु फर्ेर्ने काम भैरहेको र मंगलवारसम्म विद्युत आपर्ूर्ति हुनसक्ने प्राधिकरणका प्रमुख खतिवडाले बताए । जिल्लाका सबै क्षेत्रमा विद्युत आपर्ूर्ति सहज हुन एक साता लाग्ने पनि उनले जानकारी दिए ।

पेनस्टक सुरुङका लागि रेजबोरिङको काम सुरु

माथिल्लो तामाकोसी आयोजनाको निर्माणाधिन पेनस्टक साफ्ट सुरुङ खन्दै रेजबोरिङ मेसिन

शम्भु गौतम/दोलखा ३० / बैशाख/माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा रेजबोरिङ मेसिनबाट पेनस्टक साफ्ट सुरुङ खन्ने सुरु भएको छ । तीन महिना तातोपानी भन्सारमा रोकिएको मेसिन आएपछि शुक्रबारबाट पेनस्टक सुरुङ निर्माण सुरु भएको हो ।
रेजबोरिङ मेसिन भन्सारमा रोकिँदा माथिल्लो तामाकोसीको पेनस्टक सुरुङ निर्माणको काम ५ महिनादेखि रोकिएको थियो । पेनस्टक अडिट सुरुङ पूरा भएको लामो समय विते पनि मेसिन नहुँदा पेनस्टकको ठाडो सुरुङ निर्माणको काम रोकिएको हो ।

घण्टी लाउँदै पढाउँदै परिचारिका

कक्षा ४ का विद्यार्थीहरुलाई अङग्रेजी पढाउँदै सीता ।

शम्भु गौतम/दोलखा, ३० वैशाख/दोलखाका विद्यालयहरुको शिक्षक दरबन्दी काट्ने तयारी जिल्ला शिक्षा कार्यालयले गरिरहेको छ तर त्यस्तै एउटा विद्यालयमा शिक्षकको कमीका कारण परिचारिकाले कक्षा लिइरहेकी छन् ।
नेपाली राजनीतिका आदर्श नेता भीमबहादुर तामाङको पहलमा २०१६ सालमा खुलेको झुलेको जनप्रभात माविमा शिक्षक कमीका कारण परिचारिकाले कक्षा लिनुपरेको प्रधानाध्यापक अरुण कुमार साहले बताए ।

Thursday, May 9, 2013

चर्नावतीको उत्पादन सुरु, लागत बढ्यो


शम्भु गौतम, दोलखा/दोलखाको भीमेश्वर नगरपालिकामा निर्मित चर्नावती जलविद्युत आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ ।
करिब तीन वर्षघि निर्माण सुरु भएको आयोजना लक्ष्यअनुसारको समयमा निर्माण सम्पन्न हुन नसकेपछि यसको लागत समेत बढेको छ । जडित क्षमता ३ हजार ५ सय २० किलोवाट रहेको आयोजनाको प्रस्तावित लागत ५५ करोड भएकोमा विविध कारणले लागत बृद्धि भई ६७ करोड पुगेको आयोजना प्रबन्धक प्रवीण श्रेष्ठले बताउनुभयो । परीक्षण उत्पादनको क्रममा अहिले ८ सय देखि १

सत्यश्वर उमाविमा चारवटा छात्रवृत्ति

छात्रवृत्ति पाएका विद्यार्थीहरु बीचमा र छेउछेउमा डा. आचार्यद्वय सामुहित तस्विर खिचाउँदै ।

शम्भु गौतम/दोलखा, बैशाख/दोलखाको पवटीस्थित सत्यश्वर उच्च माविमा अध्ययन गर्ने चारजना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
जन्मथलो छाडेको करिब २५ वर्षछि आफ्नो जन्मस्थान र आफू पढेको विद्यालयलाई माया र सम्मान गर्दै डा. शंकर प्रसाद आचार्यले छात्रवृत्ति प्रदान गर्नुभएको हो । उहाँले आफ्ना बाबुआमा तथा दिवंगत हजुरबा हजुरआमाको नाममा चारवटा छात्रवृत्ति प्रदान गर्नुभएको हो ।

करेन्ट लगाएर माछा मार्दै

दोलखाको भीमेश्वर नगरपालिकाको सिमानामा पर्ने चरनावती खोलामा करेन्ट लगाएर माछा मार्दै स्थानीय ।  दोलखाका चरनावती, तामाकोशी लगायतका खोला नदीहरुमा स्थानीयले यसरी नै करेन्ट लगाएर माछा मार्ने गरेका छन् । यसबाट ती खोलाहरुमा माछा लगायत कतिपय जीवजन्तुहरु लोप हुने अवस्थामा पुगेका छन् ।

Monday, May 6, 2013

मिर्गे हत्याकाण्डका दुई दोषीलाई जन्मकैद


शम्भु गौतम, दोलखा, २३ बैशाख/
करिब तीनवर्षअघि दोलखाको एउटा विद्यालय व्यवस्थापन समिति गठनको विषयमा झडप हुँदा एकजनाको मृत्यु भएकोमा त्यसका दर्ुइजना दोषीहरुलाई दोलखा जिल्ला अदालतले जन्मकैदको फैसाला गरेको छ ।
जिल्लाको मिर्गे गाविसस्थित कालिढुङ्गा माध्यमिक विद्यालय व्यवस्थापन समिति गठनको विषयमा भएको झडपमा मिर्गे गाविस ८ का दीपक दाहालको हत्या भएको थियो ।

शिक्षा कार्यालयमा सबैभन्दा बढी बेरुजु


दोलखा, २३ बैशाख/दोलखाका सरकारी कार्यालयहरुमध्ये सबैभन्दा बढी बेरुजु जिल्ला शिक्षा कार्यालय दोलखामा देखिएको छ ।
राष्ट्रिय र्सतर्कता केन्द्रले गरेको अनुगमनका क्रममा जिल्ला शिक्षा कार्यालय दोलखाको बेरुजु ९ करोड २२ लाख ३८ हजार देखिएको हो ।

प्रमुख नहुँदा भीमेश्वर नगरपालिकाको योजना ठप्प


दोलखा, २२ बैशाख/भीमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत ३ हप्तादेखि नहुँदा नगरपालिकाको कामकाज र योजनासमेत ठप्प भएकोे छ ।

Friday, May 3, 2013

वर्षाको महिमा गाउँदै मच्छिन्द्र जात्रा समापन


मच्छिन्द्रको मर्ूर्तिलाई रथबाट ओराली थन्क्याउन लैजाने क्रममा ।
शम्भु गौतम/दोलखा, २० बैशाख/पौराणिक सहर दोलखामा प्रत्येक वर्षदेखाइने मच्छिन्द्रनाथको रथयात्रा सातदिनसम्म विभिन्न टोलहरुमा परिक्रमा गर्राई एक वर्षा लागि थन्क्याइएको छ ।
शुक्रवार विधिपर्ूवक पूजाआजा गरी मच्छिन्द्रको मर्ूर्तिलाई पिङ्गल टोमा रहेको रथबाट ओरालेर बाजागाजासहित डोकलुङ्गा टोलमा लगी थन्क्याइएको हो । यसरी मच्छिन्द्रको मर्ूर्ति थन्क्याउनका लागि डोकलुङ्गा टोलबाट जोशीहरु पिङ्गल टोलसम्म जाने र पुजारी, गुठियार, स्थानीयवासीसमेत