दोलखा २७ जेठ/दोलखाको सदरमुकाम चरिकोटको बसपार्कमा आइतवार राती आगलागी हुँदा एउटा पक्की घरसहित १० वटा पसल जलेर नष्ट भएको छ भने करिब डेढ करोड रुपैयाँबराबरको क्षति भएको छ ।
आगलागीबाट एउटा तीन तले पक्की घर र ६ वटा टहरा जलेर नष्ट भएका छन् । आगलागीबाट १ करोड ३० लाख बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । अगलागीको कारण भने खुल्न सकेको छैन ।
'ग्याँस सिलिण्डर ७ वटा पड्किएका छन्, त्यसैले पनि आगो नियन्त्रण गर्न कठिन भयो ।' प्रहरी नायव उपरिक्षक ओमप्रसाद अधिकारीले बताए । 'लगाइएको लुगा बाहेक सम्पर्ूण्ा सामान जलेर नष्ट
भएको बताउँदै पीडित लोक राज चौलागाईले भनेे "सबै परिवार निस्किएर ज्यान जोगाउन सफल भयौँ ।' अर्ढाई घण्टाको प्रयासपछि नेपाल प्रहरी, बर्दबहादुर गणका सेना र स्थानीय नागरिकले आगो नियन्त्रण गरेका थिए । रातको समयमा आगलागी भएको भए पनि मानवीय क्षति भने हुन पाएन ।
आगलागीका सबै पीडित व्यवसायीहरु विस्थापित भएका छन् । उनीहरुको आपतकालीन सहयोगका लागि दोलखा उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा, दैवी प्रकोप उद्धार समिति र दोलखा युनाइटेड क्लवले तत्काल राहतका स्वरुप एक लाख ५२ हजार आठ सय ४० संकलन गरेका छन् ।
दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष रामेश्वर मानन्धरले भने पीडितहरुको राहतको लागि जिल्लाका सम्पर्ूण्ा उपशाखा र देशभरका उद्यम व्यबसायीहरुलाई आर्थिक सहयोग गरिदिन पत्रचार गरिसकेको बताएका छन् । राहत संकलनलाई निरन्तरता दिई पुनर्वासको व्यबस्था गरिने उनले बताए ।
बजार क्षेत्रमा बढ्दै गएको सहरीकरणलाई मध्यनजर गर्दै चरिकोट बजार र आसपासका क्षेत्रहरुका लागी दमकल वा वैकल्पिक अग्नि नियन्त्रकको तत्काल व्यवस्था गर्न नागरिकहरुले दोलखाको सदमुकाम चरिकोटमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, नगरपालीका कार्यकारी अधिकृत र राजनैतिक दलका प्रतिनिधिहरुलाई एकै ठाउँमा उभ्याई दबाब दिएका थिए ।

No comments:
Post a Comment