दोलखा, ६ कात्तिक/हिन्दूहरुको महान चाड बडादशैँको सुरु दिन बस दर्ुघटनामा परी दिवंगत हुनेहरुको स्मृतिमा बुद्धवार दोलखा बजारमा श्रद्धाञ्जली सभा गरिएको छ घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।।
असोज २५ गते फूलपातीको दिन दोलखा बजारका यात्रुहरु बोकेर आउँदै गरेका बस जिल्लाको लाँकुरीडाँडा गाविसको झिँगानेमा दर्ुघटना हुँदा चालकसहित १० जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २० महिनाको बालकदेखि ७३ वषर्ीया बृद्धासमेत थिए । दर्ुघटनाका कारण दोलखा
बजार शोकमा डुव्यो भने चार्डपर्व र परम्परागत जात्रासमेत प्रभावित भयो ।
जापानमा रहेका आफ्ना छोरा रमेश चाकुबजीसँग ३ महिना बस्न गएकी ७३ वषर्ीया नन्दप्यारी चाकुबजीको सो दर्ुघटनामा ज्यान गयो भने उनैको छोरी ५२ वषर्ीया विमला चाकुबजी गिरी ४/५ वर्षछि माइती आउँदै गर्दा उनको पनि ज्यान गयो । त्यसैगरी ४६ वषर्ीया विष्णुलक्ष्मी श्रेष्ठ, ४६ वषर्ीय शान्त श्रेष्ठ, ४३ वषर्ीया बृन्दा श्रेष्ठ, ३७ वषर्ीय रामचन्द्र श्रेष्ठ, शान्त मास्केको १२ वषर्ीया छोरी आयुषा मास्के, ८ वषर्ीय उरभ प्रधान, २० महिनाका निलेश श्रेष्ठ र चालक पर्ूण्ाबहादुर थापा मगरको पनि मृत्यु भएको थियो ।
स्थानीय ज्ञानेन्द्र प्रधानका अनुसार दर्ुघटनामा घाइते भएकाहरुमध्ये २७ जना उपचारपछि घर फर्केका छन् भने अन्य १४ जना अझै उपचारका क्रममा विभिन्न अस्पतालहरुमा छन् । घाइते मध्ये १ जनाको बी एण्ड बीमा र एकएक जनाको न्यूरो र अर्थोपेडिक अस्पतालमा उपचार भैरहेको छ ।
नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राकेश श्रेष्ठ, उनकी पत्नी निर्जला आचार्य र छोरा नेशन श्रेष्ठको बीएण्डबी अस्पतालमा उपचार भैरहेको छ । छोरा नेशनको ढाडमा ८ टाँका लगाइएको छ भने पत्नी निर्जलाको दायाँ गोडा भाँचिएको र छातीमा चोट लागको छ । त्यसैगरी राकेशको दायाँ कुममा चोट लागेको छ भने घाँटीको हड्डी खिइएको छ ।
त्यस्तै मृतक विमला चाकुबजीका पति रामबहादुर गिरीको बायाँ कुमको गेडी खुस्केको र फोक्सोमा समस्या देखिएको छ । सिर्जना श्रेष्ठको टाउकोमा चोट लागको कारण अझै सीसीयुमा उपचार भैरहेको छ । त्यस्तै मृतक वृन्दा श्रेष्ठका पति वीरेन्द्र श्रेष्ठको मेरुदण्ड भाँचिएको छ र छातीको हड्डी टुटेको छ । गोपाल प्रधान दाहिने पाखुरा र कम्मरको हड्डी भाँचिएको अवस्थामा उपचार गराइरहेका छन् । निरज श्रेष्ठ वायाँ करङहरु भाँचिएको र अनुहारको हड्डी टुटेको छ । त्यस्तै मलिना राउत घाँटी र मेरुदण्डमा जटिल समस्या देखिएको पछि उपचार गराइरहेकी छन् । सुनखानीका सन्तोष आचार्यको खुट्टा भाँचिएको र उद्धव राउतको मेरुदण्ड भाँचिएको अवस्थामा उपचारको क्रममा छन् भने मृतक शान्त मास्केको पत्नी सीता मास्केको ढाड र बायाँ कुम भाँचिएको छ ।
त्यसैगरी पार्वती श्रेष्ठको टाउकोमा चोट, हात भाँचिएको र कुमको गेडी खुस्केकोले न्यूरो अस्पतालमा उपचारमा छिन् भने प्रतीक्षा श्रेष्ठको घाँटीको पछाडिको हड्डी जोडिएकोले अर्थोपेडिक अस्पतालमा उपचारका क्रममा रहेकी छन् ।
उपचारका क्रममा विभिन्न अस्पतालमा रहेका विरामीहरुको उपचारमा काभ्रे मिनी बस सेवा समितिले बेवास्ता गरेको गुनासो स्थानीय आफन्तहरुको छ । उपचारमा सरकारलाई पनि चासो देखाउन उनीहरुले आग्रह गरेका छन् । उनीहरुले घटनास्थलमा मृतकहरुको स्मृतिमा शान्ति बाटिका अथवा पार्क बनाउन पनि माग गरेका छन् ।
श्रद्धाञ्जली सभामा राप्रपाका देवेन्द्रनारायण प्रधान, एमाओवादीका प्रेमकृष्ण जोशी, एमालेका अध्यक्षर् इश्वरचन्द्र पोखरेल, नेपाली कांग्रेसका उपसभापति कृष्णबहादुर खड्का, पत्रकार महासंघ दोलखाका अध्यक्ष राजेन्द्र मानन्धर, प्रमुख जिल्ला अधिकारी प्रहृलाद पोखरेलले अमरआत्माको चिर शान्तिको कामना गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

No comments:
Post a Comment