दोलखा सामुदायिक अस्पतालले आज आफ्नो स्थापना दिवसको अवसरमा 'स्वास्थ्य पत्रकारिता पुरस्कार'को घोषणा गरेको छ । ५ हजार राशिको पुरस्कार वाषिर्क रुपमा पत्रकार महासंघ दोलखाको समन्वयमा वितरण गरिने घोषणा भएको छ ।
त्यसैगरी पत्रकार महासंघको भवन निर्माणका लागि पनि रु २५००० दिने घोषणा गरेको छ । त्यस्तै गौरीशंकर बालगृहका बालकालिकाहरुका लागि १५० केजी चामल र २० केजी दाल उपलव्ध गराएको छ । यसबाट समस्याग्रस्त बालगृहका बालबालिकाहरुको सानै भए पनि समस्या समाधान हुने पक्का छ । उनीहरुलाई अस्पतालले निशुल्क स्वास्थ्य सेवा पनि उपलव्ध गराउने घोषणा भएको छ । दोलखा सामुदायिक अस्पतालले आफ्नो घोषणा चाँडै पूरा गरोस् । कल्याणकारी कामको कल्याणकारी शुभकामना !
No comments:
Post a Comment