Saturday, January 24, 2015

शिकार खेल्न गएका युवक आफैँ शिकार

दोलखा, माघ १० । दोलखाको मिर्गे गाविसमा गए राति शिकार खेल्न गएका एक युवकको गोली लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाको अनुसार मिर्गे-९, यार्सर्ाा २५ वषर्ीय चन्द्रबहादुर खत्रीको भरुवा बन्दुकले पड्किएर मृत्यु भएको हो । कालिज मार्न भनी घर नजिकैको जंगलमा गएका खत्री राती अबेरसम्म नफर्किए पछि परिवार र स्थानीयले खोजी गर्दा गोली लागेर रुखको फेदमा मृत अवस्थामा भेटिएका थिए ।

घटनाको खबर आएपछि आज विहान प्रहरी नायव उपरीक्षक अजय केसी सहितको टोली घटनास्थल पुगेका थियो । प्रहरी नायव उपरीक्षक केसीका अनुसार मृतकको छातीमा गोली लागेर ढाडबाट निस्किएको अवस्थामा शव भेटिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिनुभयो ।
शवसँगै गुलेली समेत बरामद गरिएको प्रहरीले जनाएको छ । शवलाई पोष्ट मार्टमको लागि सदरमुकाम चरिकोटमा ल्याएको छ ।

No comments:

Post a Comment