दोलखा, माघ ७/स्वदेशी लगानीमा निर्माणाधीन सबैभन्दा ठुलो माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा कठिन तल्लो पेनस्टक साफ्ट सुरुङको ब्रेक थ्रु गरिएको छ ।
यसअघि अत्याधुनिक मेसिन रेजबोरिङबाट ६ पटकसम्म प्रयास गर्दा पनि सफलता प्राप्त गर्न नसकेको सो ठाडो सुरुङ मंगलवार ब्रेक थ्रु गरिएपछि
आयोजनाको कामले थप गति लिने निश्चित भएको छ । ३ सय ७३ मिटर गहिरो तल्लो पेनस्टक साफ्ट सुरुङ निर्माण गर्न लट नं १ का ठेकेदार सिनो हाइड्रो कर्पोरेसनले रेज बोरिङ प्रविधिबाट ६ पटकसम्म प्रयास गर्दा सफलता मिल्न सकेको थिएन । सो साफ्टको सफल ब्रेक थ्रुपछि आयोजना समयमै निर्माण गर्न बाटो खुला भएको आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले विश्वास व्उक्त गर्नुभयो ।
गत असार महिनामा पुरानै प्रविधि 'डाउन द होल' प्रविधि वा 'साफ्ट सिङ्कङि' प्रविधिबाट ४ दशमलव ४ मिटर व्यासको २ सय १५ मिटर सुरुङ निर्माण सम्पन्न गरेको छ । त्यसैगरी गत असोज महिना निर्माण थालिएको ३ सय ७३ मिटर सुरुङ मध्ये २ दशमलव २ मिटर व्यासको १ सय ५८ मिटर सुरुङ 'एलिम्याक' वा 'साफ्ट रेजिङ' प्रविधिबाट निर्माण गरिएको छ । अव २ दशमलव २ मिटर व्यासमा खनिएको ठाडो सुरुङलाई ४ दशमलव ४ व्यासमा खन्न थालिने आयोजनाले जनाएको छ ।
४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको तल्लो पेनस्टकको ठाडो सुरुङको निर्माण कार्य सम्पन्न भएपछि केही दिनपछि माथिल्लो पेनस्टक को ठाडो सुरुङ पनि खन्न थालिने आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो ।
आयोजनाले हेडवर्क्स र सुरुङ खनेको एक वर्षभत्र सम्पर्ूण्ा आयोजना पूरा गर्ने गरी विहान, दिउँसो र राती गरी ३ सिफ्टमा काम गरिरहेकेा छ । हेडवर्क्सको दायाँपटिको काम सम्पन्न गरी नदीलाई दायाँतर्फफकाई अहिले वायाँपटि काम भैरहेको छ । वायाँतर्फ३० मिटरको बाँध, दर्ुइसय मिटरको बालुवा थ्रि्राउने पोखरी निर्माण भैसकेको छ । आयोजनाको कुन कामको ७१ प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको छ । आयोजनाको १६ दशमलव ६ किलोमिटर सुरुङ मध्ये १४ दशमलव ६ किलोमिटर सुरुङ निर्माण सम्पन्न भैसकेकेा आयोजनाका प्रवक्ता डा. न्यौपानेले बताउनुभयो । उहाँका अनुसार २०७३ पुससम्म सिभिल, हाइड्रोमेकानिकल, इलेक्टि्रकल, प्रसारण लाइन र सवस्टेशनको काम सम्पन्न भैसक्नेछ । आयोजनाको सुरु अनुमानित लागत ३५ अर्व २९ करोड रुपैयाँ रहेको छ ।

No comments:
Post a Comment