दोलखा, १९ बैशाख/विनासकारी भूकम्पले अधिकांशको घरवास उठाएको आठौँ दिन दोलखा जिल्ला दैवी प्रकोप उद्धार समितिले दोलखाको दर्ुगम गाउँहरुमा राहत पठाएको छ ।
शनिवार नेपाली सेना र भारतीय वायुसेनाको हेलिकप्टरले दोलखाका विभिन्न दुर्गम गाउँहरुमा पाल, चामल, विस्कुट, चाउचाउ लगायतका राहत सामग्री पठाएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।
राहत साम्रग्रीको अभावमा खुला आकाशमा भोकै बस्न बाध्य भएका उत्तरी दुर्गमका आलम्पु, विगु, सिमीगाउँ, ओराङ, लादुक, चङ्खु, मार्बु, खोपाचागु, खारे र दक्षिणका दूधपोखरी, डाँडाखर्कका पीडितहरुका लागि शनिवार राहत सामग्री पठाइएको हो ।
राहत सामग्री कम भएको भन्दै शुक्रवार पठाइएको राहत सामग्री वितरण गर्न नसकिएको बोच र लाकुरीडाँडा गाविसमा शनिवार सो राहत सामग्री वितरण गरिएको छ । तर दुइ हजार रुपैयाँका दरले वितरण गर्नुपर्ने राहतस्वरुपको रकम अपुग भएको भएका कारण वितरण गर्न नसकिएको बोच र लाकुरीडाँडाका सचिव रामु पौडेलले बताए । बोच गाविसमा करिब ९ सय घरधुरी भएकोमा अहिले १४ सय घरधुरी देखिएको र लाकुरीडाँडामा ११ सय ७१ घरधुरी भएकोमा अहिले ३ हजार धुरी देखिएको उनले बताए ।
दोलखाको उत्तरी लामाबगर र ओराङ क्षेत्रमा यार्सर्ााम्बा संकलनमा गएका मानिसहरुको अझै उद्धार हुन सकेको छैन । गौरीशंकर संरक्षण क्षेत्रले यार्सागुम्बा संकलन गर्न गएकाहरुको संख्या १३ सय बताए पनि लामावगर प्रहरीको तथ्यांकमा यो संख्या ३ हजार पाँच सय हरेको छ । तर ४५ सयभन्दा बढी मानिसहरु यार्सा संकलनमा गएको स्थानीयको अनुमान छ । ती मध्ये कति मानिस फर्किर र कति जंगलमै अलपत्र छन्, यकिन तथ्यांक छैन । प्रहरीलाई भने १० जना मानिस सर्म्पर्क बाहिर रहेको उजुरी टिपाइएको छ । लामावगरमा अलपत्र परेकाहरुमध्ये शनिवारसम्म ५ सय २८ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्त लामाले जानकारी दिए ।
लामाबगर-२ को भोटेकोसी नदी पहिरोमा परेको ४ शव अझै उठ्न सकेको छैन । घटनास्थल माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँधस्थलभन्दा करिब ५ सय मिटर माथि मात्रै भए पनि निरन्तर पहिरो बगिरहेकाले उद्धारमा समस्या भएको छ । माथिबाट ४ जनाको सव देखिए पनि घटनास्थल पुग्न नसकिएको बर्द्धबहादुर गण चरिकोटका प्रमुख सेनानी विश्वासबिक्रम राणाले जानकारी दिए ।
"हामी निरन्तर रुपमा पहिरोमा परेका शव निकाल्नका लागि प्रयासरत छौं" शनिबार घटनास्थल पुगेर फर्केपछि उनले भने "माथिबाट निरन्तर पहिरो आइरहेको छ, नदीको पुल पनि बगाएको छ जानसक्ने अवस्थै छैन ।" मृतकहरु मध्ये लप्चीबाट आएका लामाबगरका पेमानुर्बु शेर्पा -आङा), भीमेश्वर नगरपालिका-२ का शान्त जोशी, काभ्रेपलाञ्चोकका विनोद पौडेलको पहिचान भएको प्रहरीले जानकारी दिएको छ । विराटनगरका युवराज बस्नेत समेत सर्म्पर्क विहीन छन् ।
सोही घटनामा परि घाइते भएका सहयात्री इन्जिनियर विश्वनाथ त्रिपाठी, निमेश यादव र ३ भरियाको उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ । उनीहरुको टोली ९९ मेगावाट क्षमताको माथिल्लो लप्चीखोला जलविद्युत् आयोजनाको र्सर्भेको लागि गएर फर्केका थिए । प्रहरी नायव उपरीक्षक अजय केसीले बस्नेत समेत पहिरोमा नै परेको अनुमान गरे । एउटा शव नदीको पानीमा नचिनिने अवस्थामा छ । सहयात्री त्रिपाठीले भने र्सर्भे टोलीका १० जनै एउटै समूहमा हिडेको बताए ।
महाभूकम्पमा परी दोलखामा ६९ जनाले ज्यान गुमाएका छन् । तर प्रहरीले ६४ जनाको ज्यान गएको पुष्टि गरेको छ । त्यसैगरी १ सय ७६ जना घाइते भएका छन् ।
No comments:
Post a Comment