Monday, June 1, 2015

एकीकृत पुनर्वासका लागि एक ढिक्का हुन भट्र्टाईको आग्रह


दोलखा, २८ बैशाख । पूर्व प्रधानमन्त्री एवम् एकीकृत माओवादीका बरिष्ठ उपाध्यक्ष बाबुराम भट्र्राईले महाभुकम्पका पीडितहरुलाई तत्काल पुनर्वासको ब्यबस्था गर्न सबै राजनीतिक दल एक हुनुपर्ने बताएका छन् ।
महाभूकम्पपछि दोलखाको अवस्था बुझ्न आएका पूर्वप्रधानमन्त्री भट्टर्राईले महाभुकम्पका बेला सबै एकजुट भएर पीडितहरुको पुनर्वासको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।
उनले दोलखा जिल्ला पूर्णरुपमा क्षतबिक्षत भएकोले राज्यले दिने भनेको २५ हजार राहतको कुनै अर्थ नभएको बताए । उनले भने, 'सरकारले घोषणा गरेको रकम जुनसुकै स्रोत प्रयोग गरेर भए पनि जनतालाई एकमुष्ट दिनुपर्छ ।'
'हाम्रो जीवनकालको महात्रसित भूकम्प आएको छ । खरबौँ ध्वस्त भएको छ । हजारौँ नेपाली आमाका सन्ततीले ज्यान गुमाएका छन् ।' उनले भने, 'हामीले विदेशीसँग हात फिँजाएका छौँ । सहयोगको सदुपयोग गरी ग्रामीण भेगमा एकीकृत बस्ती बनाउन राज्यले हिाच्किचाउनुपर्ने अवस्था छैन ।'
अहिले पनि  दुर्गम  भेगमा खाद्यान्न पुराउन नसकिरहेको अवस्था दोलखामा पनि रहेको उनले जिकिर गरे । बस्न योग्य नभएका घरका नागरिकलाई तत्काल नीजि वा सरकारी तबरबाट भए पनि पुनर्वासको व्यवस्था गर्न सरकारलाई दबाब दिने उनले बताए । सबै दलहरु मिलेर राष्ट्रिय सहमतीको सरकार बनाएर अगाडि बढ्न सरकारलाई दबाब दिइरहेको उनले सुनाए ।
भुकम्पबाट दोलखामा ७६ जनाले ज्यान गुमाएका छन् भने ३ सय ४ जना घाइतेको उपचार गरिएको छ । त्यसैगरी ६ सय ८ जनालाई उद्धार गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक प्रेमलाल लामिछानेले जानकारी दिए । दोलखामा भुकम्पले ५६ हजार घरमध्ये ५२ हजार भन्दा बढी घरमा बस्न नहुने गरी क्षति भएको छ भने करिव २ लाख जनता प्रभावित बनेका छन् ।

No comments:

Post a Comment