Wednesday, June 3, 2015

सडक खोल्न र शव उठाउन निजीकै भएपनि साधन लिन मन्त्री निधिको आदेश

चरिकोट बीचबजार सडकको भग्नावशेष हटाउँदै मन्त्री निधि र उनको टोली । 
दोलखा, जेठ १५ । विनासकारी भूकम्पले अवरुद्ध भएको दोलखा जिल्लाभरको सडक सञ्चालन गर्न र जिल्लाको खासगरी उत्तरी क्षेत्रको पहिरोमा परी हराइरहेकाहरुको शव उत्खनन् गर्न जवरजस्ती भए पनि निजी क्षेत्रको हेभी इक्वीपमेन्ट उठाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले दोलखा प्रशासनलाई निर्देश गरेका छन् ।

तीनपटकसम्म गएको ठुलो भूकम्पले दोलखाको उत्तरी क्षेत्रको सडक भत्किएर यातायात अवरुद्ध भएको छ भने पहिरोले सडक पुरिँदा त्यस क्षेत्रमा पैदक यात्रा गर्ने र सवारीमा आवतजावत गर्ने कैयौँ बेपत्ता भएको त्यस क्षेत्रका वासिन्दाले बताउँदै आएका छन् । यही कुरो स्थानीय राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुले मन्त्री निधिलाई गुनासो गरेपछि उनले त्यस्तो आदेश दिएका हुन् ।
विनासकारी भुकम्पपछि भौतिक पूर्वाधार, सडक तथा यातायातको अवस्था बुझ्न दोलखा आएका मन्त्री निधिले भाडा र तेलको सरकारले व्यवस्थापन गर्ने जनाउँदै जिल्लाको विकासको लागि प्रहरी र सेना लगाएर भए पनि निजी क्षेत्रको इक्वीपमेन्ट खोज्न उनले स्थानीय प्रशासनलाई निर्देशन दिएका हुन् । विनासकारी भुकम्पले जिल्लाको २९ सडकमध्ये अधिकांशमा सुख्खा पहिरोको कारण अवरोध पुगेपछि सवारी आवागमन बन्द भएको र पीडितलाई राहत लगायत सामग्री ढुवानी गर्न अर्समर्थ भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले समेत मन्त्री निधिलाई गुनासो गरेको थियो ।
मन्त्री निधिले भने, "कुनै विदेशी दातृ निकाय वा परियोजनासँग हेवी इक्वीपमेन्ट छ भने समन्वय गरेर त्यसलाई परिचालन गर्नुस् । त्यसको लागि सरकारको तर्फाट आदेश निर्देश के चाहिन्छ तत्काल दिन हामी तयार छौं ।" पहिले पहिले सडक विभागसँग उपकरण कम भएको र अहिले पनि कम नै रहेको उल्लेख गर्दै मन्त्री निधिले भने, 'र्सार्वजनिक खरिद ऐनले व्यवस्था गरेको फास्ट ट्रयाकबाट समेत खरिद कार्य अगाडि बढाइएको छ र मर्मत गरेर हुने उपकरणको मर्मत पनि भैरहेको छ ।' जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, सभासद् सिंगटीका स्थानीय लगायतले जिल्लाको सडक सञ्जाल सुचारु गर्न एक स्वरले आग्रह गरेका थिए ।
मन्त्री निधि र उनको टोलीले चरिकोट बीचबजारस्थित भग्नावशेषबाट अवरुद्ध गरेको सडकका ढुङ्गाहरु हर्टाई बाटो सफा गरेको थियो ।
हेभी इक्वीपमेन्टको अभावमा सिंगटी, भोर्ले, सोरुङखोला आसपासमा पुरिएकाहरुको उत्खनन् तथा सडक सफा गर्न चरम समस्या भई रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक प्रेमलाल लामिछानेले जनाएका छन् । सो क्षेत्रका साथै जिल्लाको अधिकांश सडकहरुमा पहिरो आएको, टेकावार भासिएको र सडकमा धाँजा फाटेको डिभिजन सडक कार्यालयले जनाएको छ । विभिन्न स्थानमा गरेर करिब ५ किलोमिटर सडक पुननिर्माण गर्नका लागि करिब ६ करोड बजेट माग गरिएको डिभिजन सडक कार्यालय दोलखाका कार्यालय प्रमुख कमलेश कर्णले जानकारी दिए ।

No comments:

Post a Comment