Wednesday, June 3, 2015

निजी बैंक खुलेनन्, सरकारी प्यासेजमा

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु प्यासेजमै बैंकिङ कारोबार गर्दै
दोलखा, जेठ ६/महाभूकम्पले भवनहरु क्षत्रि्रस्त भएपछि बन्द भएको दोलखाको बैंकिङ सेवा करिब चार सातापछि बुधवारबाट पुनः सचालनमा आएको छ ।
सदरमुकामस्थित चरिकोट सातदोबाटोमा रहेको राष्ट्रिय वाणिज्य बैंकले बुधवारबाट कार्यालय भवनको प्यासेजमा बसेर कारोवार सुरु गरेको छ । यस्तै नेपाल बैंक लिमिटेड चरिकोट शाखाले कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रांगणमा बसेर कारोबार शुरु गरेको छ ।

विनासकारी भूकम्पको कारण सबै बैंकहरुको भवनमा क्षति भएपछि चार साता देखी दोलखामा बैंकिङ सेवा बन्द थियो । नेपाल बैंक लिमिटेडको सदरमुकाम चरिकोटको चरिघ्याङ रोडमा भाडामा बसेको घर भुकम्पले ढालेपछि बैंक लामो समय सम्म बन्द भएको थियो । बैंकले सदरमुकाम स्थित नेपाली सेनाको बर्दबहादुर गणको ब्यारेक नजिक रहेको कोलेनिका प्रांगणमा अस्थायी रुपमा कारोबार सचालन शुरु गरिसकेको बैंकका शाखा प्रबन्धक बालकृष्ण चौलागाईले जानकारी दिए । यस्तै राष्ट्रिय बाणिज्य बैंक चरिकोट शाखाले सातदोबाटो चोक स्थित आफ्नै कार्यालय बसेको घरको प्यासेजमा काउण्टर राखेर कारोबार शुरु गरेको छ । भुकम्पले शाखा कार्यालय रहेको सातदोबाटो चोक स्थित घरमा क्षती पुगेपछि केही दिन कारोबार बन्द गरेर हाल कार्यालय बसेको घरको प्यासेजबाट चेक सटही सेवा शुरु गरिएको बैंकका शाखा प्रबन्धक प्रल्हाद केसीले जानकारी दिए । सरकारी बैंकहरु कठिनाईका बाबजुत खुलेपनि निजी बैंकहरु बुधबार साँझ सम्म खुलेका छैनन् । गत बैशाख २९ गतेको दोश्रो ठुलो भुकम्पले सदरमुकाम चरिकोटको अरनिको विकास बैंक रहेको भवन ध्वस्त हुँदा बैंकमा कार्यरत २ कर्मचारी र १ जना ग्राहकको मृत्यु भएपछि दोलखाका बैंकर्सहरुले रातो स्टिकर टासिएको भवनमा जर्बजस्ती कर्मचारी राखेर कार्यालय सञ्चालन गरिएको भन्दै मृतक परिवारलाई राहत र उचित क्षतिपुर्ती दिन माग गरेका थिए ।  
सदरमुकाम चरिकोट र आसपासको बजार आंशिक रुपमा खुल्न थाले पनि किनमेलको लागि जिल्लामा नगदको अभाव हुन थालेको थियो । लगातार चार सातादेखि बन्द भएको बैंकहरुमध्ये वाणिज्य बैंकले चरिकोट शाखाले जोखिम मोलेर सेवा दिएकोमा खुशी लागेको सञ्चारकर्मी रमेश खतिवडाले  बताए । अत्यन्त जोखिम मोलेर व्यवसाय गरेको पैसा बैंकमा राख्न पाउँदा अत्यन्त खुशी लागेको विजुलीका सामान व्यवसायी ऋषिप्रसाद न्यौपानेले बताए ।
बैंकले कारोबार सुरु गरेपछि दैनिक उपभोग्य सामान, टहरो, कटेरो निर्माणका लागि आवश्यक पर्ने जस्तापाता, काँटी, वाइन्डिङ तार, पाइप, विजुलीका सामान लगायतका सामग्री खरिद गर्न सहज भएको नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवी मास्केले बताए ।
वाणिज्य बैंक चरिकोट शाखाले बुधबारमात्र ४० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ लाख ९ हजार चेकमार्फ भुक्तानी गरिएको शाखा प्रवन्धक केसीले जानकारी दिए ।
सदरमुकाममा रहेका बैंकहरुले बैंकिङ कारोबार सुरु नगर्दा दैनिक उपभोग्य वस्तुहरु खरिद गर्न समस्या भएसँगै मानिसहरुलाई रकम जम्मा गर्न समेत समस्या भएको थियो । गत बैशाख २९ गते गएको दोश्रो ठुलो भुकम्पले सदरमुकाम चरिकोटको अरनिको डेभलप्मेण्ट बैंक रहेको भवन भत्कीदा त्यहाँ रहेका बैंकका २ कर्मचारी र एक ग्राहकको चेपिएर मृत्यु भएपछि त्रसित बनेका दोलखाका बैंकर्सहरुले भुकम्प लगतै बैंक बन्द गरेका थिए । बैंकमा कार्यरत सहकर्मी कर्मचारीको मृत्यु भएपछि शोकमा डुबेका बैंकर्सहरुले प्राविधिकले रातो स्टिकर टासेको भवनमा समेत ब्यबस्थापनले जर्बजस्ती कार्यालय सचालन गराएको भन्दै स्थानिय प्रशासनमा बिरोध पत्र बुझाएका थिए । उनिहरुले रातो स्टिकर टासिएको भवनमा जर्बजस्ती कार्यालय सञ्चालन गर्न बाध्य पार्ने बैंक ब्यबस्थापनलाई कार्बाही र मृतक परिवारलाइ राहत र मृतकका छोराछोरीलाई उचित शिक्षा दिक्षा दिलाउन माग गरेका थिए ।

No comments:

Post a Comment