Wednesday, June 3, 2015

तराइको निम्तो लिएर दोलखा आए लक्ष्मण

लक्ष्मण ठाकुर
दोलखा, जेठ १  
पहाडमा जाडो बढे तराइले सेक्नुपर्छ
आँधी आए तराइमा पहाडले छेक्नुपर्छ ।
साँच्चि नै पटकपटकको भूकम्पबाट घरवार विहिन भएका पहाडी समुदायको चोट र पीडामा मलम लगाउन पहाड आएका छन् तराइवासी । गत बैशाख १२ गतेदेखि तीनपटक गएको विनासकारी भूकम्पले विस्थापित सबै दोलखावासीलाई आश्रयको निम्तो लिएर आएका हुन् तराइवासी लक्ष्मण ठाकुर । यसले तराइ र पहाडबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गरेको छ ।
 
विगत २६ वर्षदेखि दोलखा सदरमुकाम चरिकोटमा शैलुन व्यवसाय गर्दै आएका लक्ष्मण ठाकुरले भूकम्पबाट घरबारबिहिन भएका दोलखावासीहरुलाई तराइको आफ्नो गाउँमा अस्थायी बसोबासको व्यवस्था गरी गाउँलेहरुको समेत सहमती लिएर दोलखा आएका हुन् । उनले आश्रयविहिन भएका दोलखालीलाई तराइको महोत्तरी बयरागियालक्ष्मीनिया ९ मा अस्थायी बसोबासको व्यवस्था गरिएको पनि बताए । 
सो गाविसको करिब ६५ रोपनी जमिनमा गाउँलेहरु मिलेर दोलखाली भूकम्प पीडितहरुलाई गाँस वासको व्यवस्थाका लागि सहमती जुटाएर आएको बताए । उनले भने, 'सबै गाउँलेहरुले स्वस्फुर्त रुपमा हाम्रो गाउँ आउन चाहनेहरुलाई लिएर आउनु भनेका छन् ।' उनलाई दोलखावासीहरु कोही तराइ र्झन चाहे लिएर आउनु भनेर प्रतिनिधि बनाएर पठाएको बताए । मेरो कर्मस्थानलाई दुःख परेको छ भनेर गाउँलेहरुसँग कुरा चलाएपछि उनीहरु दोलखावासीका लागि गाँसवासको व्यवस्थ गर्न सहमत भएका छन् । 
दोलखावासीसँग उनले भने, 'कति बस्न चाहनुहुन्छ, त्यति राख्छौँ । गत बैशाख १२ र १३ गते गएको भुकम्पका कारण सिर्जना भएका विपत्तीमा राहत जुटाउन गाउँ छिर्दा महोत्तरीबासीको रुवावासी भएको उनले सुनाए । भीमेश्वर नगरपालिका ६ को एक परिवार तराइ र्झन तयार भएको ठाकुरले बताए ।
७ जनाको परिवार भएका ठाकुरले त्यस कामको लागि छिमेकी रामगोपालपुर गाविसका जनताहरुलाई पनि सहमत गराएका छन् । चारधाम वा काशी जानुभन्दा पनि भूकम्पपीडितलाई सहयोग गर्दा पुन्य प्राप्त हुने सोचेर तराइमा अस्थायी बसोबासको लागि आहृवान गरिएको उनले बताए ।
दोलखा सदरमुकाम चरिकोटमा २६ वर्षम्म कपाल काट्ने व्यवसाय गर्दा दोलखालीसँग अगाध माया बसेको र त्यही मायाका कारण अहिले दुःखमा दुःख साट्न उनी तराइ र पहाडबीचको पुल बनेका हुन् । ४४ वर्षीय लक्ष्मणको यो भावनाले तराइ र पहाडबीच एकार्कामा दुःख पर्दा साटासाट गर्नु पर्ने र घाउमा मलम गलाउनु पर्ने सन्देश दिएको छ । 


No comments:

Post a Comment