Thursday, December 19, 2013

भीमेश्वरमा क्षमापूजा, पूर्वराजाले पनि पठाए

दोलखा, पुस ४/दोलखा भीमेश्वरलाई पसिना आएपछि मुलुकमा संकट हुने जनविश्वासले आज क्षमापूजा गरिएको छ ।
राष्ट्रपतिले गृहमन्त्रालय मार्फ क्षमापूजाका लागि पूजासामान पठाएपछि दोलखा जिल्ला प्रशासन र भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिले आज विहान क्षमापूजा गरेको हो । गृहमन्त्रालयको प्रतिनिधिका रुपमा प्रमुख जिल्ला अधिकारी प्रहृलाद पोखरेल र भीमेश्वर पूजा व्यवस्थापन समितिले कालो बोकासहित पूजा गरेका हुन् । गृहमन्त्रालय मार्फ प्राप्त दर्ुइवटा कालो बोका, भक्तजनहरुको सामुहिक दर्ुइवटा बोका र भीमेश्वरलाई पसिना आएको देख्ने पहिलो व्यक्ति टहलुवा काशीनारायण श्रेष्ठले एउटा गरी पाँचवटा बोका बलि दिई क्षमापूजा गरिएको हो ।
एक शिला विविध अवतारको रुपमा पूजा गरिने भीमेश्वरलाई बलि दिई क्षमापूजा गर्ने बेला देवीको रुपमा पूजाआराधना गरिएको छ । भीमेश्वरको शिलामा दायाँपट्ट िविष्णु, वायाँपट्ट िब्रहृमा र शिरमा महेश्वर रहेको विश्वास गरिन्छ । आमरुपमा भीमश्वरको रुपमा पूजा गरिने शिलालाई बलि दिँदा देवीको रुपमा पूजा गरिन्छ ।
क्षमापूजाका लागि राष्ट्रपतिले २५ सय भेटी र फूलपाती पठाउनुभएको थियो भने गृहमन्त्रालयले २ हजार भेटी पठाएको थियो

Monday, December 16, 2013

भीमेश्वरको पसिना पुछेको कपासको माग बढ्यो, पसिना आउँदा कहिले के भयो ?

पसिना पुछेको कपास लिन प्रयास गर्दै स्थानीय
दोलखा, पुस १/भीमेश्वरको शिलामा पसिना आउनु अनिष्टको संकेत भए पनि पसिना पुछिएको कपास भने शुभ भएको विश्वास गरिन्छ । भीमेश्वरको शिलामा आएको पसिना पुछेको कपास साथमा राख्दा भलो हुने जनविश्वासका कारण त्यसको माग बढेको छ ।
दोलखा भीमेश्वरको शिलामा हिजो पसिना आएपछि पसिना पुछिएको कपासको माग बढेको हो । भीमेश्वरको पसिना पुछिएको कपास साथमा राख्दा कार्य सफल हुने र लिएर हिँड्दा यात्रा सफल हुने जनविश्वासका कारण कपासको माग बढेको

Sunday, December 15, 2013

भीमेश्वरलाई पसिना, दोलखावासी भयभीत


दोलखा, मंसिर ३०/दोलखा भीमेश्वरको शिलामा आइतवार दिउँसो करिब दर्ुइ घण्टासम्म पसिना आएको छ । भीमेश्वरलाई पसिना आउनुलाई देशमा कुनै अनिष्ट हुने संकेत मानिन्छ भने स्थानीयहरु भयभीत पनि भएका छन् ।
आइतवार दिउँसो करिब ३ बजे राजपूजा सकिनासाथ भीमेश्वरको शिलामा पसिना आएको गुठियार लक्ष्मीनारायण श्रेष्ठले बताए । सुरुमा लक्ष्मीनारायण श्रेष्ठ, टहलवा काशीनारायण श्रेष्ठ र पुजारी डेभिड जोशीले पसिना आएको देखेका थिए । दैनिक दिउँसो करिब २ बजे राजपूजा गर्ने प्रचलन छ । उनीहरुले शिलामा पसिना आएको देखेपछि घण्टा, नगरा बजाएर सबैलाई जानकारी गराएका थिए ।
शिलालाई पसिना आएपछि परम्परा अनुसार मन्दिर परिसरमा रहेको घण्टा, नगरा बजाई सबैलाई जानकारी गराएपछि पसिना आएको हर्ेन मानिसहरुको भीड बढेको स्थानीय भरतनारायण प्रधानले बताए । यसरी परम्पराअनुसार घण्टा, नगरा बजाएपछि
स्थानीय, अरु पूजारी तथा तान्त्रिकहरु मन्दिरमा आउने
र विधिपर्ूवक पूजाआजा गर्ने प्रचलन छ । तान्त्रिकले गोकुल धूप बालेर, चमर हम्किएर पसिना आउञ्जेल पूजा गर्नुपर्ने र घण्टा,  नगरा निरन्तर बजाउनुपर्ने प्रचलन रहेको भीमेश्वर गुठीका अध्यक्ष जीवन श्रेष्ठले बताए ।

Tuesday, December 3, 2013

Thursday, November 28, 2013

प्रत्यक्ष र समानुपातिक गरी कसलाई कति सिट, तालिकासहित

अर्को संविधानसभामा दलहरुले प्रत्यक्ष र समानुपातिकमा प्राप्त गरेको कूल सिट,

अर्को संविधानसभा निवार्वचन २०७० मा कुन दललाई कति मत ?

समानुपातिक निर्वाचनको मत गणनाको परिणाम
गणना भएको निर्वाचन क्षेत्र संख्या : २४०
गणना भएको जम्मा सदर मत : ९४५७८४४

१ नेपाली काँग्रेस  २४२१२५२
२ नेपाल कम्यूनिष्ट पार्टी ९ए। मा। ले० २२४३४७७
३ एकीकृत नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० १४३८६६६

Wednesday, October 23, 2013

मृतकको स्मृतिमा श्रद्धाञ्जली, घाइतेको उपचारमा चासो दिन माग

दोलखा, ६ कात्तिक/हिन्दूहरुको महान चाड बडादशैँको सुरु दिन बस दर्ुघटनामा परी दिवंगत हुनेहरुको स्मृतिमा बुद्धवार दोलखा बजारमा श्रद्धाञ्जली सभा गरिएको छ घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।।
असोज २५ गते फूलपातीको दिन दोलखा बजारका यात्रुहरु बोकेर आउँदै गरेका बस जिल्लाको लाँकुरीडाँडा गाविसको झिँगानेमा दर्ुघटना हुँदा चालकसहित १० जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २० महिनाको बालकदेखि ७३ वषर्ीया बृद्धासमेत थिए । दर्ुघटनाका कारण दोलखा