Tuesday, October 15, 2013

दोलखामा शोकका बीच खड्ग जात्रा सम्पन्न

दोलखा २९, कात्तिक/बडा दशैँको शुरुमै दोलखाबासी चढेको बस दर्ुघटनामा परी केही स्थानीयको मृत्यु र केही गम्भीर घाइते भई दोलखा बजार शोकमा डुबे पनि परम्परागत रुपमा मनाइँदै आएको खड्ग जात्रा भने सम्पन्न भएको छ ।
फूलपातीको दिन दोलखाबासीले रिजर्भ गरेको बस दोलखाको लाकुरीडाँडामा दर्ुघटना भई चालक र स्थानीय नौ जनाको मृत्यु र ३७ जना घाइते भए पनि परम्परागत रुपमा मनाइँदै आएको खड्ग जात्रा

Monday, August 26, 2013

सम्झनामा भीम दाइका नेपाली लिपि

नेपाली राजनीतिका आदर्श पुरुष स्व. भीमबहादुर तामाङको अङ्ग्रेजी लिपि यसअघि मैले यसै blog मा post गरेको थिएँ । उनका ती रहरलाग्दा अक्षर र आदर्श विचारका पाठक निकै पाएको थिएँ । त्यसले मलाई उत्साही बनायो र यो पटक उनै आदर्श पुरुषको नेपाली लिपिको पत्र post गर्न मन लाग्यो, गरेँ । उनको नेपाली लिपि पनि उत्तिकै आकर्षक र ओजपर्ूण्ा विचारले भरिएको पाएँ । पढिदिन सबैलाई आग्रह ।

Monday, July 22, 2013

एकै परिवारका ५ जना पहिरोमा पुरिए

दोलखा, ७ साउन/अविरल वषर्ाका कारण दोलखाको उत्तरी दर्ुगम मार्वु गाविसमा गएको पहिरोले एकै परिवारका पाँच जना बेपत्ता भएका छन् ।
जिल्लाको मार्वु गाविस वडा नं. १ मा सोमवार बिहान करिब साढे ४ बजे गएको पहिरोले एकै परिवारका पाँचजना पुरेको हो । प्रहरीका अनुसार मार्वु १ का ८२ वषर्ीय पाले थामी, उनकी पत्नी ७५ वषर्ीय शिवलक्ष्मी, छोरी ४३ वर्षी जमुना थामी, जमुनाकी छोरी ११ वर्षी सञ्जु र जमुनाकी दिदीको छोरा विनोद बेपत्ता भएका छन् ।

सम्झनामा भीम दाइका अंग्रेजी लिपि

नेपाली राजनीतिका आदर्श पुरुष स्व. भीमबहादुर तामाङ सम्झनामा ताजै छन् । उनैले विसं २०१२ मा आफ्ना साथीलाई लेखेको पत्र मलाई प्राप्त भएको छ । पत्र हर्ेदा लाग्छ, उनको राजनीति मात्रै हैन व्यवहार पनि आदर्शवादी थियो र उनको अंग्रेजी अक्षर झनै झनै पछ्याइराखुँ जस्तो ........

Wednesday, July 17, 2013

जुँगाको लडाइँ


@ शम्भु गौतम
गौरवनाथलाई आफ्नो जुँगाप्रति ठुलै गर्व थियो । हुन पनि सरकारी सेवा, नेपाली सेनाबाट निवृत्त उनको जुँगा हर्ेन लायकको थियो । सेनामा रहँदा पनि जुँगाको समेत भत्ता खाएको कथा गाउँमा मात्रै हैन निक्कै परपरसम्म फैलिएको थियो ।
उनी गाउँका भद्रभलादमी पनि थिए, बुद्धिजीवी पनि थिए । सबैका न्यायकर्ता पनि थिए । सबैले मान्ने पनि गर्थे । यी सबैसँग उनलाई जुँगाको नाता गाँस्न मन लाग्थ्यो ।

Monday, July 8, 2013

माथिल्लो तामाकोशी आयोजना समयमै सपन्न हुने दावी

दोलखा, २४ असार/ऊर्जा मन्त्री उमाकान्त झाले स्वदेशी लगानीको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको समग्र प्रगतिबाट आफू उत्साही भएको बताएका छन् । उनले आयोजना समयमै र निर्धारित लागतमै सम्पन्न हुने दावी पनि गरेका छन् ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आकस्मिक निरीक्षण गरी फर्केका मन्त्री झाले सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गर्दै समग्रमा आयोजना उत्साहपर्ूण्ा ढंगले अगाडि बढको बताएका हुन् ।

Sunday, July 7, 2013

माथिल्लो तामाकोशी आयोजना तीन महिना ढिलो हुने

दोलखा, २३ असार/राष्ट्रिय प्राथमिकता प्राप्त माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कामको गुणस्तर र अनियमितताका बारेमा प्रश्न उठेपछि ऊर्जा मन्त्री उमाकान्त झाले आयोजनाको आकस्मिक निरीक्षण गरेका छन् ।
विद्युत गृहको सुरुङ चर्किएको र आयोजनामा अनियमितता भएको समाचार प्रकाशन प्रशारण भएपछि मन्त्री झाले आयोजनाको आकस्मिक निरीक्षण गरेका हुन् । सो क्रममा आयोजना निमित्त प्रमुख विज्ञानप्रसाद श्रेष्ठले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत गृहको सुरुङ चर्किएपछि आयोजना कम्तीमा तीन महिना ढिलो हुने