Sunday, May 8, 2016

सरकारले गरेन पुनःनिर्माण, जनता आफैँ जागे

दोलखा,बैशाख/विनासकारी भूकम्प गएको एक वर्ष पूरा हुँदासम्म सरकारको तर्फाट स्थायी आवासको अत्तोपत्तो नभएपछि पीडितहरु आफैँ स्थायी आवास निर्माण गर्न थालेका छन् ।
भूकम्प पीडितलाई वर्षाअगाडि नै स्थायी आवास निर्माणको लागि सरकारले सहयोग गर्ने कुरा नारामै सीमित भएपछि सदरमुकाम वरपर र उत्तरी दुर्गम क्षेत्रका भूकम्प पीडितहरु समेत आफैँ स्थायी आवास निर्माणमा लागेका हुन् ।

'यिनका अगाडि भुइँचालोको कुरा नगरिदिनु है'


दोलखा/दोलखाको दक्षिणी गाउँ जफेको पुरानागाउँमा नरमाया महतको तीन तले घर थियो । गत बैशाख १२ गतेको भूकम्पले छिनभरमै उनको घरलाई एउटै थुप्रो बनाइदियो । त्यतिमात्रै हैन उनको परिवारका चारजना सदस्यहरुलाई समेत चुँडेर लग्यो ।
आफ्ना पति, छोराबुहारी र नातिनी गरी एकैदिन र एकछिनमै तीनवटा पुस्ता गुमाएकी ५३ वर्षी नरमाया अहिले दुइजना नाबालक नातिनातिनीमा आफ्नो भविष्य खोजेर बाँचीरहेकी छिन् ।

Thursday, April 28, 2016

सहकारीबाट विना प्रक्रिया ऋण लगानीको नालीबेली

कर्मचारी पक्राउ, ऋणी र सञ्चालक फरार
दोलखा, बैशाख।अध्यक्ष र सचिवको प्रत्यक्ष मिलेमतोमा बिना धितो विद्यमान हिकारी नियमित विपरीत ठूलो रकम लागानी गरेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु फरार भएका छन् भने कर्मचारीहरु प्रहरी नियन्त्रणमा छन् ।
सहकारी र त्यसका सदस्यहरुलाई प्रत्यक्ष हानी नोक्सानी पुर्‍याउने गरी ठगी गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेपछि प्रहरीले सो सहकारीको २ कर्मचारीलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार प्रहरीले सहकारीका व्यवस्थापक माधवप्रसाद दाहाल र ऋण फाँटकी कर्मचारी इन्दिरा कार्कीलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला अदालत दोलखाबाट १० दिनको म्याद समेत थप गरेको छ ।

सहकारीबाट विना प्रक्रियै ४ करोड ऋण लगानी

दोलखा, बैशाख/ग्रामीण जनताको खनखाँचो टार्ने र आर्थिक सामाजिक विकासको मेरुदण्ड बनेको सहकारी ठगीको माध्यम पनि बनेको खबर धेरैलाई विश्वास नलाग्न सक्छ तर दोलखाको एउटा सहकारीले विना धितो, विना प्रक्रिया ४ करोड लगानी गरेर त्यसको पुष्टि गरिदिएको छ ।
दोलखा जिल्ला काब्रे गाविसको मैनापोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले दुइ जनालाई दुइदुइ करोडको दरले ४ करोड विना धितो र विना प्रक्रिया ऋण लगानी गरेको पाइएको हो । संस्थाका अध्यक्ष र सचिव मिलेमतोमा विना प्रक्रिया ऋण लगानी भएको संस्थाका सदस्यहरुले बताएका छन् ।
ऋण लगानीको विषयमा लेखा समितिले आन्तरिक लेखा परीक्षण गर्दा उक्त तथ्य बाहिर आएको हो । बिना योजना यति ठूलो रकम एकै व्यक्तिलाई लगानी गरेपछि सहकारीका शेयरधनीहरुले चासो राखेका छन् । शेयर सदस्यहरुले लेखा समितिलाई तत्काल बिशेष साधारण सभा डाक्न दबाब दिएका छन् ।

Saturday, January 2, 2016

दोलखा भीमेश्वरमा पर्यटक बढे

दोलखा, पुस १८/ छ महिनाअघि गएको विनासकारी भूकम्पपछि शिथिल भएको दोलखाको पर्यटन क्षेत्रमा केही सुधार भएको छ । भूकम्पपछि प्रायः सुनसान देखिने जिल्लाका धार्मिक  स्थलहरुमा चहलपहल बढ्न थालेको छ ।
भूकम्पपछि भारतीय अघोषित नाकाबन्दीका कारण सुनसान हुने गरेको ऐतिहासिक तथा पौराणिक सहर दोलखामा अवस्थित दोलखा भीमेश्वरमा शनिवार विहान तीर्थारुहरुको भीड देखिन्थ्यो ।

Friday, January 1, 2016

मन्त्रीलाई गृहजिल्लामै कालो भण्डा, एक वर्षभत्रै गुरुयोजना बन्ने मन्त्रीको दावी

दोलखा, पुस १७/संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेललाई आफ्नै जिल्लामा कालो झण्डा देखाई अवरोध गरिएको छ ।
'जनताको संविधान जनताकै माझ' कार्यक्रम लिएर दोलखा पुगेका मन्त्री पोखरेललाई सदरमुकाम चरिकोटमा नेपाल विद्यार्थी संघ, तरुण दल लगायत नेपाली कांग्रेसका कार्यकर्ताहरुले कालो झण्डा देखाई अवरोध गरेका हुन् ।
दोलखाको लाकुरीडाँडास्थित डाङडुङे डाँडामा निर्माण गर्न लागिएको फिल्म सिटी अन्तै लैजाने षड्यन्त्र

Thursday, December 31, 2015

फिल्म सिटी दोलखामै बनाउन स्थानीय आन्दोलित

दोलखा, पुस १६/दोलखाको लाकुरीडाँडास्थित डाङडुङे डाँडामा निर्माण गर्न लागिएको फिल्म सिटी प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तै लैजान लागेको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् ।
बिहिवार फिल्म सिटी निर्माण हुने गाविस लाकुरीडाँडा र त्यहाँका स्थानीय संस्थाहरुले विरोध र्‍यालीको आयोजना गरेका छन् । लाकुरीडाँडा गाविसभरिका मानिसहरु जम्मा भई गरेको र्‍यालीमा नेपाली कांग्रेस दोलखा र दोलखा उद्योग वाणिज्य संघले पनि ऐक्यवद्धता जनाएका थिए ।

Tuesday, December 29, 2015

प्रधानमन्त्री विरुद्ध दोलखालीः सर्न्दर्भ चलचित्र नगरी

दोलखा, पुस १४/प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखाको लाकुरीडाँडास्थित डाँङ्डुङे डाँडामा निर्माण हुन लागेको नेपालकै पहिलो चलचित्र नगरी गोरखा लान लागेको भन्दै दोलखाबासी आन्दोलनमा उत्रिएका छन् ।
बुधवार दिउँसो नेपाली कांग्रेस दोलखाले चलचित्र नगरी गोरखा लैजान दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । सो क्रममा कोणसभाको आयोजना गरी हरेक हिसावले उपयुक्त रहेको डाँङ्डुङे डाँडामा नै चलचित्र नगरी निर्माण गर्न दवाव पनि दिइएको छ ।

Friday, June 5, 2015

राष्ट्रपतिसँग पनि दोलखालीको उही गुनासो

दोलखा, जेठ २२/विनासकारी भूकम्पले विध्वंस मच्चाएको झण्डै ६ सातापछि शुक्रवार राष्ट्रपति रामवरण यादवले क्षति ग्रस्त दोलखाको निरीक्षणका गरेका छन् ।
निरीक्षणका क्रममा दोलखा सदरमुकाम चरिकोट आएका राष्ट्रपति यादवसँग पनि स्थानीय प्रशासन र  दलहरुका स्थानीय प्रमुखहरुले उही गुनासो गरेका छन् जुन गुनासो यसअघि प्रधानमन्त्री लगायतलाई गर्ने गरेका थिए ।

Thursday, June 4, 2015

दोलखामा अझै १९ बेपत्ता, दुइ कंकालको सनाखत भएन

दोलखा, जेठ २१ । गत बैशाख २९ गतेको विनासकारी भूकम्पमा परी बेपत्ता भएका १९ जनाको अझै पत्तो लाग्न सकेको छैन भने त्यसको करिब दुइ सातापछि पहिरोबाट झिकिएका दुइ शवको सनाखत नै हुन सकेको छैन ।
बैशाख २९ को भूकम्पमा दोलखाको उत्तरी क्षेत्रको सिँगटी, सोरुङ, भोर्ले लगायतकेा क्षेत्रमा गएको सुख्खा पहिरोमा धेरै मानिसहरु पुरिएको स्थानीयले बताउँदै आए पनि जिल्ला प्रहरी कार्यालय दोलखामा १९ जना मात्रै हराएको उजुरी परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तकुमार लामाले बताए ।

Wednesday, June 3, 2015

उत्तरी दोलखाका अधिकांश विद्यालय खुलेनन्

दोलखा, जेठ १७/विनासकारी भूकम्पले दोलखाको उत्तरी क्षेत्रको यातायात सेवा अवरुद्ध हुँदा ती क्षेत्रका अधिकांश विद्यालयहरु खुल्न सकेनन् ।
सरकारले भूकम्पबाट अति प्रभावित जिल्लाहरुमा आइतवारदेखि विद्यालय सञ्चालन गर्न भने पनि यातायात र भौतिक पर्ूवाधारको अभावमा दोलखाको उत्तरी ९ गाविसका अधिकांश विद्यालय खुल्न नसकेको हो ।

सडक खोल्न र शव उठाउन निजीकै भएपनि साधन लिन मन्त्री निधिको आदेश

चरिकोट बीचबजार सडकको भग्नावशेष हटाउँदै मन्त्री निधि र उनको टोली । 
दोलखा, जेठ १५ । विनासकारी भूकम्पले अवरुद्ध भएको दोलखा जिल्लाभरको सडक सञ्चालन गर्न र जिल्लाको खासगरी उत्तरी क्षेत्रको पहिरोमा परी हराइरहेकाहरुको शव उत्खनन् गर्न जवरजस्ती भए पनि निजी क्षेत्रको हेभी इक्वीपमेन्ट उठाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले दोलखा प्रशासनलाई निर्देश गरेका छन् ।

दोलखामा भूकम्पपछि पहिरोको त्रास

पहिरोको जोखिममा रहेको सिँगटीमा झरेको सुख्खा पहिरो
दोलखा, जेठ १०। पटकपटकको महाभूकम्पले दोलखावासी घरवारबिहिन त बने नै, त्यसमाथि पनि आउँदो वर्षासँगै बाढी पहिरोको जोखिमको त्रासले समेत उनीहरुलाई सताउन थालेको छ ।
दोलखाको उत्तरी क्षेत्रका नदी किनारका वासिन्दाहरुलाई अहिले पनि सुख्खा पहिरोले सताइरहेको छ, त्यसैले पनि उनीहरु वर्षामा थप बाढी पहिरोको जोखिम हुने त्रासले उनीहरुलाई सताएको हो । उत्तरका दुर्गम १८ गाविस लगायत अन्य केही गाविसहरु समेत पहिरोको उच्च जोखिममा रहेकोले उनीहरु राति राम्रोसँग सुत्ने अवस्था नभएको बताउँछन् ।

अस्थाई आवास निर्माणमा नेता कार्यकर्ताहरु

भूकम्पले क्षतिग्रस्त भएको विद्यालय भवन भत्काउँदै
एमाओवादी नेता नारायणकाजी श्रेष्ठ र टोली
दोलखा जेठ ९/तीन पटकसम्म गएको शक्तिशाली भुकम्पले दोलखा जिल्लाका सबैजसो घरहरु क्षति भएपछि उनीहरु अहिले पालमा आश्रय लिइरहेका छन् । वर्षा लाग्दैगर्दा पालमा आश्रति उनीहरुलाई अस्थायी वास निर्माणमा विभिन्न दलका नेता कार्यकर्ताहरु सक्रिय भएका छन् ।
विनासकारी भूकम्पले क्षति ग्रस्त दोलखाका निजी घर तथा विद्यालयका कक्षाकोठा निर्माणमा उनीहरु अहिले लागिपरेका छन् । अस्थायी आवास निर्माणका साथै उनीहरुले गाउँलेहरुको

पालबाटै रेडियो प्रसारण, पत्रिका अझै बन्द

पालबाट प्रसारण गर्दै रेडियो भीमेश्वर
दोलखा, जेठ ८/महाभुकम्पले भवन र उपकरणमा क्षती पुर्‍याएपछि जिल्लाका सामुदायिक एफएमहरुले पालबाटै रेडियोको प्रसारण गरिरहका छन् ।
गत बैशाख १२ गतेको महाभुकम्प र २९ गतेको शक्तिशाली पराकम्पनले सदरमुकाम चरिकोटका ४ ओटै सामुदायिक रेडियोका भवनहरुमा क्षती पुगेपछि रेडियोहरुले पालबाट कठिन तरिकाले प्रसारण थालेका हुन् । जिल्लाबाट प्रकाशन हुने पत्रपत्रिकाले

छिमेकीको उद्धार

सदरमुकाम चरिकोट नजिकैको गौतमटोलमा एकल जेष्ठ महिलाको घर महाभूकम्पले ध्वस्त बनाएपछि स्थानीय युवाहरु उनको घरको भग्नावशेषबाट पुरिएका सामान निकाल्ने प्रयास गर्दै । 

निजी बैंक खुलेनन्, सरकारी प्यासेजमा

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु प्यासेजमै बैंकिङ कारोबार गर्दै
दोलखा, जेठ ६/महाभूकम्पले भवनहरु क्षत्रि्रस्त भएपछि बन्द भएको दोलखाको बैंकिङ सेवा करिब चार सातापछि बुधवारबाट पुनः सचालनमा आएको छ ।
सदरमुकामस्थित चरिकोट सातदोबाटोमा रहेको राष्ट्रिय वाणिज्य बैंकले बुधवारबाट कार्यालय भवनको प्यासेजमा बसेर कारोवार सुरु गरेको छ । यस्तै नेपाल बैंक लिमिटेड चरिकोट शाखाले कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रांगणमा बसेर कारोबार शुरु गरेको छ ।

हप्तौँदेखि बैंक बन्द, हातमा चेक छ, चिया पिउने पैसा छैन

बैशाख २९ को भूकम्पले ढलेको अरनिको विकास बैंक
दोलखा, जेठ ४/तीनपटकसम्म गएको विनासकारी भूकम्पका कारण दोलखा सदरमुकाम चरिकोटका अधिकांश भवनहरु क्षति ग्रस्त भएपछि बजारसँगै बैंकहरु पनि बन्द भएका छन् । निजी बैंकसँगै सरकारी बैंकहरु पनि बन्द भएपछि मानिसहरु चरम आर्थिक संकटमा परेका छन् ।
गत बैशाख १२ र १३ गते गएको भूकम्पपछि जनजीवन सामान्य बन्न थालेकै बेला अर्को विनासकारी भूकम्पले दोलखा सदरमुकाम चरिकोटलाई झनै अस्तव्यस्त बनायो ।

भवन क्षति भएपछि सडकमै उपचार

सातदोबाटो चोकमा च्छोरोल्पा जनरल अस्पताल सेवा दिँदै
ट्रमा र झाडापखालाका विरामी बढे 
दोलखा, ३ जेठ/तीनपटकसम्म गएको विनासकारी भूकम्पका कारण अस्पताल र स्वास्थ्य संस्थाहरुको भवन बस्न नमिल्ने गरी क्षति भएपछि उनीहरुले सडकमै स्वास्थ्य उपचार सेवा दिँदै आएका छन् ।
सदरमुकामस्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन क्षति भएपछि प्राङ्गणमै पाल टाँगेर स्वास्थ्य सेवा प्रदान गरिरहेकेा छ ।

तेस्रो भूकम्पपछिको सुनसान सिँगटी :

विनासकारी भूकम्पले सिँगटी भग्नावशेषमा परिणत भएपछि 
शवको सनाखत गर्ने मानिस पनि छैनन् 
दोलखा, २ जेठ/कुनै बेला ठुलै चहलपहल हुने गरेको दोलखाको उत्तरी क्षेत्रको व्यापारिक केन्द्र सिँगटी बजार यतिबेला निर्जन मात्रै बनेको छैन, उद्धार टोलीले खनेर निकालेको शव बुझने मानिस समेत छैनन्
उत्तरका १८ गाविसको केन्द्र सिँगटी बजारका घरहरु भत्किएर र पहिरो आएर कैयौँ मानिसलाई पुरेको छ