Saturday, January 2, 2016

दोलखा भीमेश्वरमा पर्यटक बढे

दोलखा, पुस १८/ छ महिनाअघि गएको विनासकारी भूकम्पपछि शिथिल भएको दोलखाको पर्यटन क्षेत्रमा केही सुधार भएको छ । भूकम्पपछि प्रायः सुनसान देखिने जिल्लाका धार्मिक  स्थलहरुमा चहलपहल बढ्न थालेको छ ।
भूकम्पपछि भारतीय अघोषित नाकाबन्दीका कारण सुनसान हुने गरेको ऐतिहासिक तथा पौराणिक सहर दोलखामा अवस्थित दोलखा भीमेश्वरमा शनिवार विहान तीर्थारुहरुको भीड देखिन्थ्यो ।
बलि पूजा गर्नेहरुको भीडका कारण रुद्री गर्न आएकोहरु निकै बेरदेखि कुरिरहेको पुरोहित काशीनाथ सापकोटाले बताए । अघिल्लो शनिवार केही तीर्थारुहरु आएकोमा यो शनिवार उल्लेख्य पर्यटकहरु आएको भीमेश्वर गुठी एवं पूजा व्यवस्थापन समितिका कोषाध्यक्ष भरत श्रेष्ठले जानकारी दिए । विनासकारी भूकम्पपछि सबैभन्दा बढी बलिपूजा यही शनिवार आएको पनि कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
शुक्रवार बेलुका सदरमुकाम चरिकोट र दोलखा बजारका होटलहरु खचाखच भरिएका थिए । सदरमुकाम चरिकोटमा राति अबेरसम्म तर्ीथारुहरु बस्नका लागि होटल खोजिरहेका थिए भने कतिपय तीर्थारुहरु एउटै होटलको एउटै कोठामा बस्न बाध्य भएको होटल व्यवसायीहरुले बताएका छन् ।
गत वैशाख १२, १३ र २९ गते गएको विनासकारी भूकम्पले सबैभन्दा कम क्षति दोलखा भीमेश्वर र कालिन्चोकमा भएको छ भने जिल्लाका अधिकांश धार्मिक सम्पदाहरुमा क्षति पुर्‍याएको छ । भूकम्पले दोलखा भीमेश्वर परिसरमा रहेको एउटा घण्टा मात्र झरेको थियो भने कालिन्चोक मन्दिर टाकुरामा केही चिराहरुमात्रै परेको थियो ।
यसैगरी प्रसिद्ध कालिन्चोक भगवती मन्दिरमा पनि पर्यटकहरुको आवागमन बढ्न थालेको कालिन्चोक नजिकको कुरीका वासिन्दाले बताएका छन् । भूकम्पका कारण कालिन्चोक नजिकैको घ्याङडाँडादेखि मन्दिरसम्म जाने बाटो विग्रिएकोमा अहिले सो पैदल बाटो मर्मत समेत गरिएको छ । सदरमुकामदेखि १७ किलोमिटरमा रहेको कुरी तथा घ्याङडाँडासम्म मोटरमा जान सकिन्छ भने त्यसपछि करिब एक घण्टाको हिँडाइपछि कालिन्चोक भगवती मन्दिर पुग्न सकिन्छ ।
दोलखा सहरकै अर्को प्रसिद्ध त्रिपुरासुन्दरीको मन्दिर विनासकारी भूकम्पका कारण पर्ूण्ा रुपमा भत्किएको छ भने नेपालकै पुरानामध्येका मानिने विगु गाविसस्थित टसी छिमे गछल गुम्बा र लामावगर गाविसस्थित लप्ची गुम्बा पनि पर्ूण्ा रुपमा क्षति भएको छन् । यस्ता नयाँ पुराना गरी दोलखामा ५० भन्दा बढी गुम्बाहरु छन् । 

No comments:

Post a Comment