Wednesday, February 11, 2015

अन्तर जिल्ला फुटबलको उद्घाटन खेलमा दोलखाको जित

दोलखा, माघ २८ । नेपाल तरुण दल, दोलखाले आयोजना गरेको नारायणध्वज स्मृति अन्तर जिल्ला फुटबल प्रतियोगिता दोलखाको सदरमुकाम चरिकोटको टुँडिखेलमा आजबाट सुरु भएको छ ।
खेलको उद्घाटन नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष एवं पूर्व मन्त्री बालकृष्ण खाँड गर्नुभएको छ ।

Sunday, February 8, 2015

'झोला'बाट उठेको रकम गरिब र जेहेन्दार विद्यार्थीलाई

दोलखा /सामुदायिक विद्यालयमा अध्ययन गर्दैगरेका विद्यार्थीहरुको अध्ययन सहयोगका लागि कृष्ण धरावासीको चर्चित कथामा आधारित झोला चलचित्र दोलखा सदरमुकाम चरिकोटमा देखाइने भएको छ ।
सदरमुकाम चरिकोटस्थित अल्पाइन पव्लिक स्कुलका विद्यार्थीहरुको संस्था अल्पाइन चिल्ड्रेन्स क्लबको आयोजनामा

माथिल्लो तामाकोशीमा सबै दोलखालीलाई समान शेयर

दोलखा, माघ २५ । स्वदेशी लगानीमा निर्माण हुँदै गरेको नेपालको सबैभन्दा ठुलो माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखावासीलाई दिने भनिएको शेयर सबै दोलखालीलाई समान रुपमा वितरण गर्ने निर्णय भएको छ ।
आयोजनाले दोलखावासीका लागि छुट्याएको १० प्रतिशत शेयर सबै दोलखावासीलाई

Saturday, January 31, 2015

जन्ती बोकेको बस पल्टिँदा बालिकाको मृत्यु

दोलखा, माघ १७ । दोलखाको मिर्गेबाट रामेछापतर्फर्फकँदै गरेको बिहेको बस पल्टँदा एक बालिकाको मृत्यु भएको छ भने १९ जना जन्ती घाइते भएका छन् ।

Saturday, January 24, 2015

शिकार खेल्न गएका युवक आफैँ शिकार

दोलखा, माघ १० । दोलखाको मिर्गे गाविसमा गए राति शिकार खेल्न गएका एक युवकको गोली लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाको अनुसार मिर्गे-९, यार्सर्ाा २५ वषर्ीय चन्द्रबहादुर खत्रीको भरुवा बन्दुकले पड्किएर मृत्यु भएको हो । कालिज मार्न भनी घर नजिकैको जंगलमा गएका खत्री राती अबेरसम्म नफर्किए पछि परिवार र स्थानीयले खोजी गर्दा गोली लागेर रुखको फेदमा मृत अवस्थामा भेटिएका थिए ।

Wednesday, January 21, 2015

तल्लो पेनस्टक सुरुङको ब्रेकथ्रुसँगै माथिल्लो तामाकोशीलाई सफलता

दोलखा, माघ ७/स्वदेशी लगानीमा निर्माणाधीन सबैभन्दा ठुलो माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा कठिन तल्लो पेनस्टक साफ्ट सुरुङको ब्रेक थ्रु गरिएको छ ।
यसअघि अत्याधुनिक मेसिन रेजबोरिङबाट ६ पटकसम्म प्रयास गर्दा पनि सफलता प्राप्त गर्न नसकेको सो ठाडो सुरुङ मंगलवार ब्रेक थ्रु गरिएपछि

Monday, January 19, 2015

दोलखाको जिरीमा विमोचन भो 'जिरी सन्देश'

दोलखा, माघ ५ /पर्यटकीय नगरी जिरीका पत्रकारहरुको प्रयासमा प्रकाशित जिरी सन्देश साप्ताहिकको विमोचन नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव र जिरीका समाजसेवी लीलाबहादुर कार्कीले संयुक्त रुपमा गर्नुभएको छ ।
पत्रिका विमोचन गर्दै प्रमुख अतिथि नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले नवगठित जिरी नगरपालिकाले प्रशस्त सम्भावना बोकेकाले जिरी सन्देश साप्ताहिकको भविष्य उज्ज्वल रहेको बताउनुभयो ।