Friday, June 5, 2015

राष्ट्रपतिसँग पनि दोलखालीको उही गुनासो

दोलखा, जेठ २२/विनासकारी भूकम्पले विध्वंस मच्चाएको झण्डै ६ सातापछि शुक्रवार राष्ट्रपति रामवरण यादवले क्षति ग्रस्त दोलखाको निरीक्षणका गरेका छन् ।
निरीक्षणका क्रममा दोलखा सदरमुकाम चरिकोट आएका राष्ट्रपति यादवसँग पनि स्थानीय प्रशासन र  दलहरुका स्थानीय प्रमुखहरुले उही गुनासो गरेका छन् जुन गुनासो यसअघि प्रधानमन्त्री लगायतलाई गर्ने गरेका थिए ।

Thursday, June 4, 2015

दोलखामा अझै १९ बेपत्ता, दुइ कंकालको सनाखत भएन

दोलखा, जेठ २१ । गत बैशाख २९ गतेको विनासकारी भूकम्पमा परी बेपत्ता भएका १९ जनाको अझै पत्तो लाग्न सकेको छैन भने त्यसको करिब दुइ सातापछि पहिरोबाट झिकिएका दुइ शवको सनाखत नै हुन सकेको छैन ।
बैशाख २९ को भूकम्पमा दोलखाको उत्तरी क्षेत्रको सिँगटी, सोरुङ, भोर्ले लगायतकेा क्षेत्रमा गएको सुख्खा पहिरोमा धेरै मानिसहरु पुरिएको स्थानीयले बताउँदै आए पनि जिल्ला प्रहरी कार्यालय दोलखामा १९ जना मात्रै हराएको उजुरी परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तकुमार लामाले बताए ।

Wednesday, June 3, 2015

उत्तरी दोलखाका अधिकांश विद्यालय खुलेनन्

दोलखा, जेठ १७/विनासकारी भूकम्पले दोलखाको उत्तरी क्षेत्रको यातायात सेवा अवरुद्ध हुँदा ती क्षेत्रका अधिकांश विद्यालयहरु खुल्न सकेनन् ।
सरकारले भूकम्पबाट अति प्रभावित जिल्लाहरुमा आइतवारदेखि विद्यालय सञ्चालन गर्न भने पनि यातायात र भौतिक पर्ूवाधारको अभावमा दोलखाको उत्तरी ९ गाविसका अधिकांश विद्यालय खुल्न नसकेको हो ।

सडक खोल्न र शव उठाउन निजीकै भएपनि साधन लिन मन्त्री निधिको आदेश

चरिकोट बीचबजार सडकको भग्नावशेष हटाउँदै मन्त्री निधि र उनको टोली । 
दोलखा, जेठ १५ । विनासकारी भूकम्पले अवरुद्ध भएको दोलखा जिल्लाभरको सडक सञ्चालन गर्न र जिल्लाको खासगरी उत्तरी क्षेत्रको पहिरोमा परी हराइरहेकाहरुको शव उत्खनन् गर्न जवरजस्ती भए पनि निजी क्षेत्रको हेभी इक्वीपमेन्ट उठाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले दोलखा प्रशासनलाई निर्देश गरेका छन् ।

दोलखामा भूकम्पपछि पहिरोको त्रास

पहिरोको जोखिममा रहेको सिँगटीमा झरेको सुख्खा पहिरो
दोलखा, जेठ १०। पटकपटकको महाभूकम्पले दोलखावासी घरवारबिहिन त बने नै, त्यसमाथि पनि आउँदो वर्षासँगै बाढी पहिरोको जोखिमको त्रासले समेत उनीहरुलाई सताउन थालेको छ ।
दोलखाको उत्तरी क्षेत्रका नदी किनारका वासिन्दाहरुलाई अहिले पनि सुख्खा पहिरोले सताइरहेको छ, त्यसैले पनि उनीहरु वर्षामा थप बाढी पहिरोको जोखिम हुने त्रासले उनीहरुलाई सताएको हो । उत्तरका दुर्गम १८ गाविस लगायत अन्य केही गाविसहरु समेत पहिरोको उच्च जोखिममा रहेकोले उनीहरु राति राम्रोसँग सुत्ने अवस्था नभएको बताउँछन् ।

अस्थाई आवास निर्माणमा नेता कार्यकर्ताहरु

भूकम्पले क्षतिग्रस्त भएको विद्यालय भवन भत्काउँदै
एमाओवादी नेता नारायणकाजी श्रेष्ठ र टोली
दोलखा जेठ ९/तीन पटकसम्म गएको शक्तिशाली भुकम्पले दोलखा जिल्लाका सबैजसो घरहरु क्षति भएपछि उनीहरु अहिले पालमा आश्रय लिइरहेका छन् । वर्षा लाग्दैगर्दा पालमा आश्रति उनीहरुलाई अस्थायी वास निर्माणमा विभिन्न दलका नेता कार्यकर्ताहरु सक्रिय भएका छन् ।
विनासकारी भूकम्पले क्षति ग्रस्त दोलखाका निजी घर तथा विद्यालयका कक्षाकोठा निर्माणमा उनीहरु अहिले लागिपरेका छन् । अस्थायी आवास निर्माणका साथै उनीहरुले गाउँलेहरुको

पालबाटै रेडियो प्रसारण, पत्रिका अझै बन्द

पालबाट प्रसारण गर्दै रेडियो भीमेश्वर
दोलखा, जेठ ८/महाभुकम्पले भवन र उपकरणमा क्षती पुर्‍याएपछि जिल्लाका सामुदायिक एफएमहरुले पालबाटै रेडियोको प्रसारण गरिरहका छन् ।
गत बैशाख १२ गतेको महाभुकम्प र २९ गतेको शक्तिशाली पराकम्पनले सदरमुकाम चरिकोटका ४ ओटै सामुदायिक रेडियोका भवनहरुमा क्षती पुगेपछि रेडियोहरुले पालबाट कठिन तरिकाले प्रसारण थालेका हुन् । जिल्लाबाट प्रकाशन हुने पत्रपत्रिकाले