दोलखा पुस २२/दोलखा जिल्लामा दर्ता भै बेलाबखत प्रकाशन हुँदै आएका पत्रपत्रिकाहरुलाई नियमित प्रकाशनका लागि सघाउ पुर्याउन सहयोग अनुरोध गर्दै लोकतान्त्रिक सम्पादक प्रकाशक समाज, दोलखा र नेपाल प्रेस युनियन दोलखा जिल्ला शाखाले जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गरेको छ
Tuesday, January 6, 2015
Friday, December 5, 2014
खण्डकाव्य 'आस्थाको गन्तव्य'बारे अन्तर्क्रिया
दोलखा महोत्सवको अवसर पारेर विमोचन गरिएको कृति आस्थाको गन्तव्य बारे अन्तर्क्रिया गरिएको छ । कवि प्रहृलाद पोखरेलद्वारा दोलखाको पर्यटकीय स्थल र विषयमा रचिएको खण्डकाव्य आस्थाको गन्तव्यबारे अन्तर्क्रियासँगै दोलखाली कविहरुले पनि आआफ्ना कविता सुनाउने अवसर जुराइएको छ । सो अवसरमा थुप्रै दोलखाली कविहरुले पर्यटन कविता सुनाए
| काव्यकार प्रहृलाद पोखरेल, सभासद् आनन्दप्रसाद पोखरेल र बरिष्ठ कलाकार एवं दोलखा श्रष्टा समाजका अध्यक्ष मदनदास श्रेष्ठ |
Wednesday, August 6, 2014
पहिरोले पावरहाउस बगाएपछि गाउैँ अन्धकार
दोलखा, २१ साउन/गए रातीको अविरल वर्षा कारण आएको पहिरोले जिल्लाको उत्तरी मार्बू गाविसको एउटा माइक्रोहाइड्रो बगाउँदा गाउँ नै अन्धकार भएको छ ।
मार्बु गाविस वडा नं. ४ मा रहेको कोरुङ घट्टेखोला लघु जलविद्युत आयोजनाको पावर हाउस बगाउँदा मार्बु गाविस अन्धकारमय भएको हो । ३० किलोवाट क्षमताको सो आयोजनाको पावरहाउस पहिरोले पुरेपछि मार्बूका २ सय ७० घर अन्धकारमा बस्न बाध्य भएका छन् ।
नेपाल सरकार, गाविस र जिविस सहित स्थानीयहरुको श्रमदानमा ४ वर्षघिदेखि आयोजना सञ्चालित थियो । आयोजनाबाट मार्बूका वडा नं. ३ देखि ९ सम्मका सम्पर्ूण्ा घरधुरीमा विद्युतीकरण भएको थियो । राती गएको पहिरो पावरहाउस र पाइपहरु बगाएको स्थानीय कोरुङ खोला लघु जलविद्युत आयोजनाका अध्यक्ष मिङ्मा शर्ेपाले जानकारी दिनुभयो । आयोजनाको पावरहाउस बगाएपछि पूरै गाउँ अन्धकार भएको उहाँले बताउनुभयो । आयोजनामा १ करोड ५ लाख बराबर क्षति भएको सामाजिक परिचालक लिलाबहादुर तामाङले बताउनुभयो ।
पहिरो र घट्टेखोलामा आएको बाढीले मार्बू ६ मा खानी खोला १ जलविद्युत आयोजनाले बनाएको बेलिब्रिज समेत बगाएको छ । सोही ठाउँमा निर्माणाधीन पक्की पुलका लागि तयार गरिएको दुवैतिरका जिप समेत बगाएको स्थानीय मिङ्गुर शर्ेपाले बताए । यसरी बेलिब्रिज बगाउँदा त्यसमाथि निर्माणाधीन दर्ुइवटा हाइड्रोपावर समेत प्रभावित भएका छन् । त्यसमाथि ३५ मेगावाटको खानीखोला जलविद्युत् आयोजना र ३४ मेगावाटको सासा जलविद्युत् आयोजना निर्माणाधीन छ । ती आयोजनामा करिब ४ सय मानिस कार्यरत छन् भने मार्बु गाविसका ३ वटा वडाका जनताको लागि समेत सडक बन्द भएको छ । खोनी खोला जलविद्युत आयोजनाका लागि प्रवेश मार्गको रुपमा सूरीको भोलर्ेर्ेेखि मार्बूको हनर्बूसम्मको ३२ किलोमिटर सडक ठाउँ ठाउँमा क्षतविक्षत भएपछि दर्ुइ तीन करोड बराबरको क्षति भएको स्थानीय मिङ्गुर शर्ेपाले बताउनुभयो ।

Subscribe to:
Posts (Atom)