दोलखा, २१ असार/संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले चुनाव बहिस्कार गर्ने दलहरुलाई चनावमा आउन आउन आग्रह गरेका छन् । उनले अहिले संविधानसभाको निर्वाचन हुन नसके कहिल्यै हुन /
नसक्ने संकेत समेत गरेका छन् ।
नेपाल संगीत तथा नाट्य उत्सवको दोलखा सदरमुकाम चरिकोटमा उद्धाटन गर्दै मन्त्री श्रेष्ठले दलहरुलाई आगामी संविधानसभा निर्वाचनमा आउन आग्रह गरेका हुन् । मन्त्री श्रेष्ठले भने, 'नेपालमा चुनाव गर्ने अवसरको समस्या छ । चुनाव गर्ने यो अवसरलाई हामीले गुमायौँ भने फेरि चुनाव गर्ने अवसर कहिले आउँछ भन्न सकिन्न ।'