Thursday, April 23, 2015

दुइ सातादेखि दुइवटा जलविद्युत् आयोजना ठप्प

दोलखा, १० बैशाख/दोलखाको उत्तरपूर्वी क्षेत्रमा निर्माण हुँदै गरेको दुइवटा जलविद्युत आयोजना दुइ सातादेखि बन्द भएका छन् ।
मार्बु गाविस ७ मा निर्माण हुँदै गरेको ४० मेगावाटको खानी खोला १ जलविद्युत आयोजना र सोही स्थानमा निर्माण भैरहेको ३० मेगावाटको खानीखोला जलविद्युत आयोजनामा स्थानीयले प्रिm शेयर, १० प्रतिशत लगानी शेयर, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसारको काम र रोजगारीको माग गर्दै बन्द गराएको हुन् ।

Monday, April 20, 2015

एमाओवादीको घर माओवादीद्वारा कव्जा

दोलखा, ७ बैशाख/एमाओवादीका नेता जितवीर लामाको घर नेकपा माओवादी विप्लव समूहले कव्जा गरेको छ । 
दोलखाको लादुक गाविस ८ सिँगटीस्थित लामाको घर नेकपा माओवादीको विप्लव समूहले आज कव्जा गरेको हो । नेकपा माओवादी विप्लव समूहका सेक्रेटरी संजीव नेपालीले आज प्रेस विज्ञप्ति प्रकाशित गरी लामाको घर कव्जा गरेको जानकारी दिएका हुन् । 

Sunday, April 12, 2015

छलिमायालाइ छल्यो भाग्यले................

दोलखा, चैत्र २९ । मिर्गे ५ चिलाउनेखर्ककी छलिमाया दाहाल जिल्ला प्रशासन कार्यलयमा निन्याउरो अनुहार लिएर बसिरहेकी थिइन् । उनी जिल्ला प्रशासन आउनुको कारण अरु केही नभएर श्रीमान्लाई प्रहरीद्वारा नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नु थियो । श्रीमान्ले गाँउमा छिमेकीहरुलाई दुख दिन लागेपछि उनी चरिकोट आएकी थिइन् । सबै कुरा सुनिसकेपछि प्रमुख जिल्ला अधिकारीले श्रीमान्लाई पक्राउ गर्न नसकिने बताए । 'गाँउलेहरु मैसँग कराउँछन्, यहाँ हुँदैन भन्छन् । कस्तो आपत आइलाग्यो', जिल्ला प्रशासन कार्यालयबाट बाहिरिँदै गर्दा उनले भनिन् ।

Sunday, April 5, 2015

दोलखामा मच्छिन्द्रनाथको रथ आजदेखि तानिने


दोलखा, चैत २३/ देशमा खडेरी नपरोस्, देश र जनतामा कुनै विपत्ति नपरोस् भन्ने कामना सहित दोलखा जिल्लाको ऐतिहासिक दोलखा सहरमा यस वर्षो मच्छिन्द्रनाथको रथजात्रा सुरु भएको छ ।

अभयपुरको नाममा कुनै बेला छुट्टै राज्यको अस्तित्व बोकेको दोलखा सहरमा परम्परागत रुपमा मनाईँदै आएको मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ । 

Tuesday, March 31, 2015

२०७२ सालका सरकारी विदाहरु

नेपाल सरकारले विसं २०७२ साल बैशाख १ गतेदेखि २०७२ चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालयलाई देहाय बमोजिमको सार्वजनिक, पर्व तथा सट्टा विदा र कार्यालय समय निर्धारण गरेको छ। (विदाको सूचिसहित, हेर्नुहोस् ........)

Monday, March 30, 2015

तामाकोशीको शेयर दोलखाका १४८६ कर्मचारीबाट ३३ करोड संकलन

दोलखा, चैत १७ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका लागि कर्मचारी सञ्चय कोषका दोलखा जिल्लामा कार्यरत १४ सय ८६ सञ्चयकर्ताहरुबाट करिब ३३ करोड रुपैयाँ संकलन भएको कुरा राष्ट्रिय बाणिज्य बैंक, चरिकोट शाखाले र्सार्वजनिक गरेको छ ।
शेयर संकलन गर्ने मिति सकिएपछि बैंकले र्सार्वजनिक गरेको जानकारी अनुसार दोलखाका १४ सय ८६ सञ्चयकर्ताहरुले ३२ करोड ९६ लाख ८८ हजार रुपैयाँ बराबरको शेयर माग गरेका छन् ।

चट्याङबाट दुइको मृत्यु

दोलखा, चैत १६/सोमवार दिनभरको अविरल वर्षापछि परेको चट्याङका कारण दोलखाको मागापौवा गाविका एकै परिवारका दुइजनाको मृत्यु भएको छ ।