Wednesday, June 3, 2015

हप्तौँदेखि बैंक बन्द, हातमा चेक छ, चिया पिउने पैसा छैन

बैशाख २९ को भूकम्पले ढलेको अरनिको विकास बैंक
दोलखा, जेठ ४/तीनपटकसम्म गएको विनासकारी भूकम्पका कारण दोलखा सदरमुकाम चरिकोटका अधिकांश भवनहरु क्षति ग्रस्त भएपछि बजारसँगै बैंकहरु पनि बन्द भएका छन् । निजी बैंकसँगै सरकारी बैंकहरु पनि बन्द भएपछि मानिसहरु चरम आर्थिक संकटमा परेका छन् ।
गत बैशाख १२ र १३ गते गएको भूकम्पपछि जनजीवन सामान्य बन्न थालेकै बेला अर्को विनासकारी भूकम्पले दोलखा सदरमुकाम चरिकोटलाई झनै अस्तव्यस्त बनायो ।

भवन क्षति भएपछि सडकमै उपचार

सातदोबाटो चोकमा च्छोरोल्पा जनरल अस्पताल सेवा दिँदै
ट्रमा र झाडापखालाका विरामी बढे 
दोलखा, ३ जेठ/तीनपटकसम्म गएको विनासकारी भूकम्पका कारण अस्पताल र स्वास्थ्य संस्थाहरुको भवन बस्न नमिल्ने गरी क्षति भएपछि उनीहरुले सडकमै स्वास्थ्य उपचार सेवा दिँदै आएका छन् ।
सदरमुकामस्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन क्षति भएपछि प्राङ्गणमै पाल टाँगेर स्वास्थ्य सेवा प्रदान गरिरहेकेा छ ।

तेस्रो भूकम्पपछिको सुनसान सिँगटी :

विनासकारी भूकम्पले सिँगटी भग्नावशेषमा परिणत भएपछि 
शवको सनाखत गर्ने मानिस पनि छैनन् 
दोलखा, २ जेठ/कुनै बेला ठुलै चहलपहल हुने गरेको दोलखाको उत्तरी क्षेत्रको व्यापारिक केन्द्र सिँगटी बजार यतिबेला निर्जन मात्रै बनेको छैन, उद्धार टोलीले खनेर निकालेको शव बुझने मानिस समेत छैनन्
उत्तरका १८ गाविसको केन्द्र सिँगटी बजारका घरहरु भत्किएर र पहिरो आएर कैयौँ मानिसलाई पुरेको छ

तराइको निम्तो लिएर दोलखा आए लक्ष्मण

लक्ष्मण ठाकुर
दोलखा, जेठ १  
पहाडमा जाडो बढे तराइले सेक्नुपर्छ
आँधी आए तराइमा पहाडले छेक्नुपर्छ ।
साँच्चि नै पटकपटकको भूकम्पबाट घरवार विहिन भएका पहाडी समुदायको चोट र पीडामा मलम लगाउन पहाड आएका छन् तराइवासी । गत बैशाख १२ गतेदेखि तीनपटक गएको विनासकारी भूकम्पले विस्थापित सबै दोलखावासीलाई आश्रयको निम्तो लिएर आएका हुन् तराइवासी लक्ष्मण ठाकुर । यसले तराइ र पहाडबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गरेको छ ।

भूकम्पका कारण चरिकोटका अधिकांश घरहरु धरासायी

बैशाख २९ को भूकम्पका कारण चरिघ्याङ क्षेत्रका होटलहरु
भत्किएको र ढल्किएको अवस्थामा
दोलखा, १ जेठ/बैशाख २९ गतेको शक्तिशाली भुकम्पपछि दोलखाका ९९ प्रतिशत घरहरु क्षति भएका छन् भने सदरमुकाम चरिकोटका ९० प्रतिशत ध्वस्त भएका छन् ।
भूकम्पबाट सदरमुकाम चरिकोटका पक्कीघरहरु मध्य एक दर्जन घरहरु पूर्ण रुपमा ध्वस्त भएका छन् भने बाहिरबाट हेर्दा ठाडो देखिएका अधिकांश घरहरु पनि बस्न नहुने अवस्थामा पुगेका छन् । बैशाख २९ गते गएको तेस्रो पटकको शक्तिशाली भूकम्पपछि अहिले सदरमुकाम चरिकोट सुनसान भएको छ ।

Monday, June 1, 2015

दोलखामा तेस्रो भूकम्पबाट मर्नेको संख्या ७६ पुग्यो

होटल प्याराडाइज भत्किएर पुरिएकी १९ वर्षकी एन्जिला पौडेलको शव निकाल्नै नेपाली सेना
दोलखा, बैशाख ३१/बैशाख २९ गते तेस्रो पटक गएको विनासकारी भूकम्पबाट मर्नेको संख्या ७६ पुगेको छ भने तीनसय बढी घाइते भएका छन् । तर प्रहरीले ५६ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
दोलखाको उत्तरी क्षेत्रको सिँगटीबाट साङवा जाने बाटोमा पहिरोमा बस र ट्रक परेको र सिँगटी बजारलाई समेत पहिरोले पुरेका कारण मृतकको

महाभूकम्पको तीन सातापछि प्रधानमन्त्री र शीर्षनेताहरु दोलखामा

चरिकोटको चरिघ्याङस्थित भत्किएका र ढल्किएका भवनहरुको
अवलोकन गर्दै प्रधानमन्त्री सुशील कोइराला, प्रमुख प्रतिपक्षी दलका नेता
पुष्पकमल दाहाल तथा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका
विजयकुमार गच्छेदार लगायत
 दोलखा, ३१ बैशाख/महाभूकम्प गएको तीन सातापछि प्रधानमन्त्री लगायत शीर्ष नेताहरुले महाभूकम्पले तहसनहस बनाएको दोलखाको निरीक्षण गरेका छन् ।
तेस्रो पटक विनासकारी भूकम्प गएको तीन दिनपछि बल्ल प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र वामदेव गौतम, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल, मधेशी जनअधिकारी फोरम लोकतान्त्रिकका विजयकुमार गच्छेदारले भूकम्पले तहसनहस बनाएको दोलखा जिल्लाको एकसाथ अवलोकन गरेका हुन् ।